काठमाडौं– प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठनका गरिएको छ। प्रतिनिधि सभाको मंगलबार बसेकको बैठकले १५ दिन कार्यावधि दिएर मस्यौदा समिति गठन गरेको हो।
माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले उक्त प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावमा नेपाली कांग्रेसकका सांसद रामकृष्ण यादव, ऋषिकेस पोखरेलले समर्थन गरेका छन्।
मस्यौदा समितिमा संविधान सभा अध्यक्ष तथा सांसद सुवास नेम्वाङ, सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सीता गुरुङ, शक्ति बस्नेत, सर्वेन्द्र शुक्ला, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही छन्।
समितिको सभापति सदस्यहरुले सहमतिमा बनाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।