तस्बिर : विष्णु फडेरा
जुम्ला– जुम्लामा हिमपात भएको छ। सोमबार रातिबाटै नै हिउँ पर्न थालेको हो। ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्।
यसपालीको हिउँदको यो पहिलो हिमपात हो। तल्लो क्षेत्रमा चार इन्चजति हिउँ जमे पनि उच्च भेगमा भने भारी हिमपात भएको स्थानीयले बताएका छन्।
सोमबार मध्यराति १२ बजेदेखि हिउँ पर्न थालेको कामको शिलशिलामा जुम्ला बस्दै आएका विष्णु फडेराले जानकारी दिए।
माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने चिन्तामा थिए किसान। तर जौ, गहुँ बाली लगाएका किसान भने यो हिउँले उत्साहित भएका छन्।
साथै स्याउ र ओखरका विरुवा रोप्ने सिजन आएका कारण पनि हिउँले सहज हुने स्थानीयको भनाइ छ। हिउँ पर्न भने अहिले जारी रहेको फडेराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।