काठमाडौं– प्रहरी निरीक्षकमा भर्ना हुँदा आफूलाई आधारभूत तालिम गराएका ‘गुरुबा’ कोमल बहादुर थापालाई सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) राजु अर्यालले सम्मान गरेका छन्।
२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा आईजी अर्यालले ‘गुरुबा’ तथा सशस्त्र प्रहरीका पूर्वइन्सपेक्टर थापालाई सम्मान गरेका हुन्। २०५४ सालमा इन्सपेक्टरमा भर्ना हुँदा अर्याललाई थापाले तालिम दिएका थिए।
उनै थापालाई सोमबार सशस्त्र हेडक्वार्टर हल्चोकमा सम्मान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।