• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कहिले होला राष्ट्रपतिको निर्वाचन?

64x64
ईश्वर बराल सोमबार, माघ ९, २०७९  ११:२०
1140x725

काठमाडौं– राज्यशक्तिका करिब ३ दर्जन प्रमुख पदहरुको बाँडफाँट गरिसकेको वर्तमान सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रपति पदका लागि भने ‘संघर्ष’ हुने देखिएको छ। 

तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्तासझेदारी गरेका वर्तमान प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति एमालेलाई दिन सहमति गरेको भन्ने समचार सार्वजनिक भए पनि विश्वासको मत लिँदा कांग्रेसले पनि मत दिएकोले उक्त पद एमालेले नै पाउने–नपाउनेमा विमर्शहरु सुरु भएका छन्। मुख्य गरी माओवादीका नेता तथा स्वयम् प्रधानमन्त्री दोधारमा रहेका देखिन्छ। 

सत्ता साझेदार दल भित्र र सरकारलाई विश्वासको मत दिएको, तर आफूलाई विपक्षी दल भनेर दाबी गर्दै आएको नेपाली कांग्रेसमा समेत राष्ट्रपति कसलाई बनाउने भन्ने बहस सुरु भएको छ। यद्यपि निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मिति भने घोषणा गरिसकेको छैन। 

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदै छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा १ महिना अघि निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था गरेको छ। उक्त ऐनअनुसार आसन्न माघ २९ गते अघि निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर नेपाल सरकारललाई जानकारी दिनुपर्ने हुन्छ। 

राष्ट्रपति निर्वाचनको मिति तोक्ने समय आउनै लाग्दा पनि निर्वाचन आयोगमा भने यस विषयमा कुनै छलफल सुरु नभएको आयोगका कर्मचारी बताउँछन्।  कानुन शाखाका उपन्यायाधिवक्ता तथा सहप्रवक्ता गुरु वाग्लेका अनुसार आयोगमा राष्ट्रपतिको निर्वाचन मिति कहिले तोक्ने भन्नेबारे अहिलेसम्म छलफल भएको छैन। 

‘आयोगका आयुक्त ज्यूहरुबीच छलफल भए थाहा छैन। तर हामी पदाधिकारी र कर्मचारीसँग राष्ट्रपतिको निर्वाचन कहिले गर्ने भन्ने छलफल भएको छैन,’ नेपाल लाइभसँग कुरा गर्दै वाग्लेले भने। 

यस्तै, आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेल भने आयोगले संविधान र ऐन अनुसारै मिति तोक्ने बताउँछन्। ‘राष्ट्रपतिको निर्वाचन कुन मितिमा गर्ने विषयमा आयोगमा छलफल सुरु नभए पनि संविधान र कानुनअनुसार ‘ओभरल्यापिङ’ नहुने गरी आयोगले निर्वाचनको मिति तोक्छ,’ प्रवक्ता पौडेलले नेपाल लाइभलाई भने। 

निर्वाचनको मिति तोक्ने समय नजिकिँदै गर्दा नेपाली कांग्रेसले भने राष्ट्रपति निर्वाचनको सम्बन्धमा कानुनी अस्पष्टता रहेकोले त्यसलाई सच्चयाएर मात्र निर्वाचन गर्नुपर्ने माग गरेको छ। कांग्रेस संसदीय दलका सचेतक रमेश लेखकले संविधान र ऐनले फरक–फरक व्यवस्था गरेकाले राष्ट्रपतिको निर्वाचन मिति तोकिने विषयमा प्रश्न उठाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको संविधान धारा ६३ को उपधारा (१) मा राष्ट्रपतिको पदावधि निर्वाचन भएको मितिले ५ बर्षको हुने व्यवस्था गरेको छ। ऐनका अनुसार माघ २९ गते अघि मिति तोक्नु पर्ने, तर संविधान अनुसार फागुन २९ गतेसम्म राष्ट्रपतिको कार्यकाल हुने भन्दै उक्त कानुनी अस्पष्टता सच्याउनु पर्ने लेखकको माग रहेको छ। यस विषयमा अन्य दलका नेता तथा सांसदहरुले सार्वजनिक रुपमा केही भनेका छैनन्। 

राष्ट्रपतिको निर्वाचनका लागि संघीय सांसद र प्रदेश सांसदहरुको मतभार गणना गरिन्छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनका अनुसार संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ। 

कुन दलको कति मत भार?
संघीय संसद् र प्रदेश सभाका कूल ८८३ सांसदको कूल मतभार ५२ हजार ७०७ हुन्छ। राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३५४ मतभार आवश्यक हुन्छ। 

वर्तमान संसद्को ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सहित संघीय सांसद्‌मा ९९ सांसद रहेका छन्। यस्तै, ७ वटै प्रदेश सभामा गरी १७५ सांसद रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसको कूल मतभार १६ हजार २२१ हुन्छ। 

त्यस्तै, प्रतिनिधि सभामा ७९ सांसद र राष्ट्रिय सभामा १६ र प्रदेश सभामा १६१ सांसद रहेको नेकपा एमालेको मतभार १५ हजार २३३ रहेको छ। 

माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८४ सांसदको मतभार गणना गर्दा ७ हजार ७४५ रहेको छ। 

यस्तै, प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद रहेका छन्। प्रदेश सभामा कुनै उम्मेदवार नउठाएको रास्वपाको कूल मतभार १ हजार ५८० रहेको छ। त्यस्तै, प्रतिनिधि सभामा १२, राष्ट्रिय सभामा ३, र प्रदेश सभामा २० सांसद रहेको जसपाको २ हजार १४५ मतभार रहेको छ। 

प्रतिनिधि सभामा १०, राष्ट्रिय सभामा ८, र प्रेदश सभामा २४ सांसद रहेको एकीकृत समाजवादीको कूल मतभार २ हजार ५७४ रहेको छ। 

यस्तै, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति, अन्य साना दल र स्वतन्त्र सांसदको कूल मतभार ४ हजार ७५९ रहेको छ। वर्तमान सत्ता साझेदारको मतभारले सत्ता साझेदारको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिन्छ। 

तर, राष्ट्रपति पाउने सम्भावना देखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस र सत्ता गठन गर्दा राष्ट्रपति पद आफ्नो ‘भागमा पारेको’ एमाले बीचको दाबीले सत्ताको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टीले बढी दबाब महसुस गरेको देखिन्छ। 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ११:२०
  • #राष्ट्रपतिको–निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्