काठमाडौं– उपसभामुख इन्दिरा रानाले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। एक विज्ञप्ति जारी गर्दै रानाले आफू पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।
माघ ७ गते भएको उपसभामुखको निर्वाचनमा राना सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्दै निर्वाचित भएकी थिइन्।
उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि उक्त पदमा रहुन्जेल उनी पार्टीको सबै राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्। मतदानका क्रममा उनी १९७ मत प्राप्त गरी उपसभामुखमा निर्वाचित भएकी थिइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।