काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उपाध्यक्ष आरसी लामिछानेले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उपाध्यक्ष लामिछानेले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आफू अध्यक्ष बन्ने दौडको अग्र भागमा रहेको बताउँदै सहयोगका लागि अपिल गरेका छन्। उनले आफू योग्यता र अनुभवका आधारमा अध्यक्ष पदको उम्मेदवार भएको बताए।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेकपा एमाले समानुपातिक सांसदमा निर्वाचित भइसकेपश्चात अनेरास्ववियुले २३औं राष्ट्रिय महाधिवेशन गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।