काठमाडौं– सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ।
अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख पाँच हजार तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार पाँच सय छ। यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो।
त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ७५ कायम रहेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।