काठमाडौं– मेक्सिकन क्लब पुमासले यौन दुव्र्यवहारको आरोप लागेका ब्राजिलियन भेट्रान डिफेन्डर डानी अल्भेससँगको सम्झौता रद्द गरेको छ।
स्पेनमा एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा अल्भेस शुक्रबार पक्राउ परेका थिए। यससँगै पुमासले अल्भेससँगको सम्झौता तोडेको हो। ‘तत्कालबाट लागु हुनेगरी अल्भेससँगको सम्झौता रद्द गरिएको छ,’ क्लबले भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बार्सिलोनाका पूर्वडिफेन्डर ३९ वर्षीय अल्भेसमाथि गत डिसेम्बरमा नाइट क्लबमा एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोप छ। सो घटना २०२२ को डिसेम्बर ३० मा भएको बताइएको छ।
यद्यपि, शुक्रबार स्पेनिस प्रहरीसामु उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन्।
अल्भेसले स्पेनिस क्लब सेभिल्लाबाट समेत खेलेका थिए। उनी विश्वकै उत्कृष्ट राइट ब्याक मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।