काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन्। शनिबार राति भएको खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुवै टोलीले पाएका केही अवसर गुमाएका थिए। खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गरेको गोलले मान्यता पाएन। त्यसलाई भीएआरले अफसाइड दियो।
यस बराबरीसँगै लिभरपुलले १९ खेलमा २९ अंक जोडेको छ। लिभरपुल लिगको आठौं स्थानमा रहेको छ।
यसैगरी, २० खेलबाट २९ अंक जोडेको चेल्सी १० औं स्थानमा मात्र रहेको छ।
दुवै टोली उपाधि दौडमा धेरै पछि छन्। अहिलेको अवस्थाले अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट हुन पनि गाह्रो देखिन्छ। किनकि, च्याम्पियन्स लिगमा छनोट हुन शीर्ष चारमा लिग सकाउनु पर्ने हुन्छ।
लिगको शीर्ष स्थानमा आर्सनल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।