काठमाडौं– शनिबार सम्पन्न प्रतिनिधि सभाको सभामुख पदका लागि भएको निर्वाचनमा ११ जना सांसदले मतदान गरेनन्।
११ मध्ये माओवादी केन्द्रका सांसद वर्षमान पुन बिरामी भएका कारण अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, एमालेका लक्ष्मी महतो कोइरी फरार सूचीमा रहेका छन् भने कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्।
कोइरीमाथि हत्याको आरोप लागेको छ। उनलाई अहिले प्रहरीले खोजी गरिहेको छ। त्यस्तै, गुरुङ भ्रष्टाचार प्रकरणमा मुछिएपछि निलम्बनमा परेका हुन्।
यसैगरी, मतदानमा सभामुख देवराज घिमिरे सहभागी भएनन्। मत बराबरी रहेको अवस्थामा मात्र सभामुखले मतदान गर्न पाइने प्रावधान छ।
अन्य सांसदहरू भने व्यक्तिगत तथा अन्य विभिन्न कारणले मतदानमा अनुपस्थित रहे।
यी हुन् ११ सांसद :
१. वर्षमान पुन (बिरामी)
२. कृष्णकुमार श्रेष्ठ
३. धनबहादुर बुढा
४. धवलशमशेर जबरा
५. बिनाकुमारी थनैत
६. मनोरमा शेरचन
७. राजेन्द्र प्रसाद पाण्डे
८. सपना राज भण्डारी
९. लक्ष्मी महतो कोइरी (फरार)
१०. टेकबहादुर गुरूङ (निलम्बित)
११. देवराज घिमिरे (सभामुख)
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित भएकी छिन्।
रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत परेको थियो। उनको विपक्षमा ९७ मत परेको थियो।
मत दिन्न भन्नेमा १ मत परेको थियो। मतदानमा उपस्थित सांसदको संख्या २६४ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।