काठमाडौं– एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा पनि संविधान ध्वस्त पार्न सक्ने आरोप लगाएका छन्।
प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा सर्मथन गर्न रोष्टम पुगेका उनले ओली ‘बकुल्लाले माछा ढुके झै संविधान च्यात्न ढुकिरहेको’ दाबी गरे।
उनले ओलीप्रति लक्षित गर्दै आफूलाई सबैभन्दा माथि राख्ने प्रयास गर्दै संविधान मिच्ने कार्य भइरहेको बताए।
उनले भने, ‘झुटलाई सत्य सावित गर्न हजारौं पटक प्रयास भइरहेको छ’, ओलीप्रति लक्षित गर्दै उनले भने, ‘संविधान नजान्नेहरुले कोचिङ लिन जरुरी छ। प्रतिनिधि सभामा कोचिङ क्लासको व्यवस्था छैन होला तर आफ्नो तलब वा सेवा सुविधाबाट कटौती गरेर पठाउन आग्रह गर्दछु।’
उनले थपे, ‘दुMखका साथ भन्छु आज पनि नेपालको संविधान खतरामा छ।’ यो संस्था र संविधान अन्तिम हुन पनि सक्ने उनको दाबी छ। उनले एक–पटक शिकार गरेकाले फेरि गर्न ढुकिरहेको हुने उनको भनाइ छ।
नेपालको संविधान नष्ट पार्न पूर्व प्रधानमन्त्री ढुकेर बसेको उनले आरोप लगाए। उनले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाई मतदान गर्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।