काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको टोलीले शनिबार पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ ।
पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबारबाट चीन भ्रमणमा जाँदैछ ।
यही सन्दर्भमा टोलीले लामिछानेसँग उनकै निवासमा छलफल गरेको रास्वपाले जनाएको छ ।
यसअघि शुक्रबार टोलीले प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग छलफल गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।