चितवन– कालिगण्डकी साहित्य परिषद, कालिका चितवनले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरेको छ। कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए।
कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट केदारनाथ खनाल, लकाश पौडेल, पूर्णप्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल र सामना पहाडलाई सम्मान पत्र र उपहार प्रदान गरियो। समारोहमा सम्मानित प्रतिभाहरूको जीवनी र व्यक्तित्वमाथि पनि प्रकाश पारिएको थियो।
कार्यक्रममा कविहरू धनराज गिरी, ईश्वरी ओझा, यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित, नम्रता, होमनाथ घिमिरे, श्यामजी अतिथिलगायतले आ-आफ्नो कविता वाचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।