• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारले तलबमान तोक्दा अपमान गरेको भन्दै बहालवाला न्यायाधीशहरूको चेतावनी : तलब अस्वीकार गर्छौं 

64x64
नेपाल लाइभ शुक्रबार, माघ ६, २०७९  १८:४२
1140x725

काठमाडौं– देशभर अदालतमा कार्यरत रहेका न्यायाधीशहरुले सरकारले तोकेको तलबमान अस्वीकार गर्ने चेतावनी दिएका छन्। सरकारले माघ ५ गते राजत्रपमा सूचना प्रकाशित गर्दै तोकेको तलबमान अस्वीकार गर्ने उनीहरुले चेतावनी दिएका हुन्। वहालवाला न्यायाधीशहरुको संस्था न्यायाधीश समाजले ११ बुँदासहितको विज्ञप्ति जारी गर्दै सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुलाई तलब अस्वीकार गर्न आग्रह गरेको छ। 

न्यायाधीश समाजका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले न्यायाधीशहरुलाई अपमान र लज्जा आउनेगरी आएकाले आफूहरु त्यसलाई अस्वीकार गर्ने पक्षमा पुगेको बताए। सर्वोच्च अदालतका न्यायाधीश खतिवडाको अध्यक्षतामा बसेको समाजको वैठकपछि सरकारले कुनै सल्लाह नै नगरी तलवमान तोकेको र तोकिएको तलवले जीविकासमेत चल्न समस्या हुने ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो। 

‘न्यायाधीश समाज नेपालको यो धारणालाई गम्भीरतापूर्वक मनन गरी न्यायाधीशहरुको हक–हितको संरक्षण गरी न्यायिक स्वतन्त्रताको जगेर्नामा सदाझै पहलकदमी लिन सर्वोच्चको पूर्ण बैठकसँग समेत न्यायाधीश समाज नेपाल हार्दिक अनुरोध गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको तलबमानसम्बन्धी नेपाल सरकारको २०७९ माघ ५ गतेको राजपत्रमा प्रकाशित स्वेच्छाचारी र आपत्तिजनक निर्णय सच्चिएर नआएसम्मको लागि हाल अमर्यादित रुपमा कायम गरिएको तलबमानलाई अस्वीकार गरी पारिश्रमिक र सुविधा मात्र ग्रहण गर्न न्यायाधीश समाज नेपाल देशभरका उच्च अदालत तथा जिल्ला अदालतका माननीय न्यायाधीशहरुलाई हार्दिकतापूर्वक अपील गर्दछ।’

न्यायाधीशहरुको पारिश्रमिक र सुविधा स्वतन्त्र न्यायपालिकाको एक महत्वपूर्ण तत्वको रुपमा रहेकाले कार्यपालिकाको स्वेच्छाचारिताको अधीनमा राख्न नमिल्ने टिप्पणी समाजले गरेको छ। 

स्वतन्त्र न्यायपालिकाको जगेर्ना गर्नको लागि विधायिकाले प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७४ र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७४ जारी भई कार्यान्वयनमा रहेको कुरालाई तलबमान तोक्दा अनदेखा गरेको उनीहरुको भनाइ छ। 

‘उल्लिखित ऐनहरुको क्रमशः दफा ३५ र दफा ३७ मा नेपाल सरकारले सर्वोच्चसँग परामर्श गरी प्रत्येक तीन वर्षमा न्यायाधीशहरुको पारिश्रमिकमा पुनरावलोकन गर्नेछ भन्ने बाध्यात्मक कानूनी कर्तव्य तोकेकोमा उक्त कानूनी कर्तव्यलाई नेपाल सरकारले निरन्तर वेवास्ता गरी आएको बिडम्वनापूर्ण स्थिति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रसेवक कर्मचारीहरुको पारिश्रमिकमा वृद्धि भएको वर्षमा सर्वोच्चसँग सामान्य परामर्शसम्म पनि नगरीसरकारले स्वेच्छाचारी र अमर्यादित रुपमा न्यायाधीशहरुको पारिश्रमिकमा समेत केही अंक बृद्धि गर्ने तदर्थवादी रबैयालाई निरन्तरता दिदै आएको छ भन्ने हामीलाई महशुस भएको छ।’ 

न्यायाधीशहरुको पारिश्रमिक र सुविधा निर्धारण गर्न र समयानुकुल पुनरावलोकन गर्नका लागि अलग्गै न्यायिक तलब–सुविधा आयोग गठन गर्न उनीहरुले माग गरेका छन्। 

‘न्यायाधीशको तलबमान सर्वोच्चको पूर्ण बैठकबाट पटक–पटक गरिएको अनुरोधलाई अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कर्मचारीतन्त्रले विवेकहीन र गैरजिम्मेवार तबरबाट बेवास्ता गरी आएको हुनाले यस वर्षको गत साउन ६ गते बसेको यस समाजको प्रबन्ध समितिको बैठकको निर्णयबाट न्यायाधीशहरुको मर्यादाक्रम र तलबमानमा रहेको त्रुटी परिमार्जन गर्नका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सर्वोच्चमार्फत सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आधार र कारण सहित सुझाव लेखि पठाइएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर त्यसलाई बेवास्ता गर्दै तलब तोक्ने कार्य भएको देखिएको छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

न्यायाधीशरुले गरेको शिष्ट र मर्यादित अनुरोधलाई गम्भीरतापूर्वक मनन् गरी मन्त्रिपरिषद्बाट समुचित परिमार्जनसहित न्यायाधीशहरुको उपयुक्त मर्यादाक्रम र तलबमान निर्धारण हुने कुरामा देशभरका समस्त न्यायाधीशहरु प्रतिक्षारत रहेको अवस्थामा त्यसको विपरित भएको विज्ञप्तिमा भनिएको छ। 

‘सरकारी स्वेच्छाचारिताको पराकाष्टा तथा देशभरका समग्र न्यायाधीशहरुको स्वाभिमान र मर्यादामा सरकारले गरेको निर्मम प्रहारको रुपमा लिन बाध्य भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘२०४८ सालदेखि २०७२ सालसम्म जिल्ला न्यायाधीशको तलबमान निजामती सेवाको राप प्रथम श्रेणीको पदको लागि निर्धारित अन्तिम तलबमानभन्दा बढी हुने गरी तलबमान कायम गरिएको थियो।’ 

२०७२-०७३ मा जिल्ला न्यायाधीशको तलबमान ३६ हजार ८९० र राप प्रथम श्रेणीको पदको ग्रेडसहितको अन्तिम तलबमान ३६ हजार ७२० रही जिल्ला न्यायाधीशको तलबमान १७० रुपैयाँले बढी रहेको तथ्य अर्थ मन्त्रालयको अभिलेखले उल्लेख गरेको न्यायाधीश समाजले जनाएको छ। 

२०४८ सालदेखि २०७२ सालसम्म तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशको तलबमान निजामती सेवाको विशिष्ट श्रेणीको पदको लागि निर्धारित अन्तिम तलबमानभन्दा बढी हुने गरी कायम गरिएको उनीहरुले दाबी गरेका छन्। 
‘सार्क राष्ट्रका न्यायाधीशहरुको तलबमान लगायतका सुविधाको तुलनामा नेपालका न्यायाधीशहरु अत्यन्त न्यून मात्राको सुविधा पाउने वर्गमा रहेको छ,’  विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको लागि कुनै थप वा विशेष तलब वा सुविधा बृद्धिको माग गरेको होइन र छैन महत्वपूर्ण प्रश्न कति रकम प्राप्त गर्ने भन्ने पनि होइन। हामीले चाहेको न्यायाधीशप्रतिको राज्यको जिम्मेवारी र मर्यादापूर्ण व्यवहार मात्र हो।’ 

विगत २०४८ सालदेखि न्यायाधीशहरुको तलबमान कायम गर्दा अबलम्बन गरिएको प्रणालीलाई स्वेच्छाचारी र हचुवा तबरबाट किन अमर्यादित रुपमा उल्टाउने कुचेष्टा गरिएको दाबी उनीहरुले गरेका छन्। 

‘न्यायाधीश समाज यस विषयमा सरकारका कुनै पनि पदाधिकारीसँग सम्वादमा बस्न तयार छ,’ विज्ञप्तिमा भनिएको छ,‘ तर हाम्रो शिष्ट र मर्यादित अनुरोधलाई निरन्तर बेवास्ता गर्ने र आपत्तिजनक रुपमा तलबमान कायम गर्ने स्वेच्छाचारी सरकारी रवैया हामीलाई अब स्वीकार्य हुन सक्दैन।’
 

No description available.

No description available.No description available.No description available.No description available.यो पनि पढ्नुहोस

सरकारले तोक्यो न्यायाधीशहरुको तलब : प्रधानन्यायाधीशको १ लाख २ हजार, न्यायाधीशको ८५ हजार

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ
सम्बन्धित सामग्री
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा क... मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि बताए। मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा दालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाब... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ मंगलबार, जेठ १२, २०८३
मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिँदै मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्