• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारले तलबमान तोक्दा अपमान गरेको भन्दै बहालवाला न्यायाधीशहरूको चेतावनी : तलब अस्वीकार गर्छौं 

64x64
नेपाल लाइभ शुक्रबार, माघ ६, २०७९  १८:४२
1140x725

काठमाडौं– देशभर अदालतमा कार्यरत रहेका न्यायाधीशहरुले सरकारले तोकेको तलबमान अस्वीकार गर्ने चेतावनी दिएका छन्। सरकारले माघ ५ गते राजत्रपमा सूचना प्रकाशित गर्दै तोकेको तलबमान अस्वीकार गर्ने उनीहरुले चेतावनी दिएका हुन्। वहालवाला न्यायाधीशहरुको संस्था न्यायाधीश समाजले ११ बुँदासहितको विज्ञप्ति जारी गर्दै सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुलाई तलब अस्वीकार गर्न आग्रह गरेको छ। 

न्यायाधीश समाजका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले न्यायाधीशहरुलाई अपमान र लज्जा आउनेगरी आएकाले आफूहरु त्यसलाई अस्वीकार गर्ने पक्षमा पुगेको बताए। सर्वोच्च अदालतका न्यायाधीश खतिवडाको अध्यक्षतामा बसेको समाजको वैठकपछि सरकारले कुनै सल्लाह नै नगरी तलवमान तोकेको र तोकिएको तलवले जीविकासमेत चल्न समस्या हुने ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो। 

‘न्यायाधीश समाज नेपालको यो धारणालाई गम्भीरतापूर्वक मनन गरी न्यायाधीशहरुको हक–हितको संरक्षण गरी न्यायिक स्वतन्त्रताको जगेर्नामा सदाझै पहलकदमी लिन सर्वोच्चको पूर्ण बैठकसँग समेत न्यायाधीश समाज नेपाल हार्दिक अनुरोध गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको तलबमानसम्बन्धी नेपाल सरकारको २०७९ माघ ५ गतेको राजपत्रमा प्रकाशित स्वेच्छाचारी र आपत्तिजनक निर्णय सच्चिएर नआएसम्मको लागि हाल अमर्यादित रुपमा कायम गरिएको तलबमानलाई अस्वीकार गरी पारिश्रमिक र सुविधा मात्र ग्रहण गर्न न्यायाधीश समाज नेपाल देशभरका उच्च अदालत तथा जिल्ला अदालतका माननीय न्यायाधीशहरुलाई हार्दिकतापूर्वक अपील गर्दछ।’

न्यायाधीशहरुको पारिश्रमिक र सुविधा स्वतन्त्र न्यायपालिकाको एक महत्वपूर्ण तत्वको रुपमा रहेकाले कार्यपालिकाको स्वेच्छाचारिताको अधीनमा राख्न नमिल्ने टिप्पणी समाजले गरेको छ। 

स्वतन्त्र न्यायपालिकाको जगेर्ना गर्नको लागि विधायिकाले प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७४ र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७४ जारी भई कार्यान्वयनमा रहेको कुरालाई तलबमान तोक्दा अनदेखा गरेको उनीहरुको भनाइ छ। 

‘उल्लिखित ऐनहरुको क्रमशः दफा ३५ र दफा ३७ मा नेपाल सरकारले सर्वोच्चसँग परामर्श गरी प्रत्येक तीन वर्षमा न्यायाधीशहरुको पारिश्रमिकमा पुनरावलोकन गर्नेछ भन्ने बाध्यात्मक कानूनी कर्तव्य तोकेकोमा उक्त कानूनी कर्तव्यलाई नेपाल सरकारले निरन्तर वेवास्ता गरी आएको बिडम्वनापूर्ण स्थिति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रसेवक कर्मचारीहरुको पारिश्रमिकमा वृद्धि भएको वर्षमा सर्वोच्चसँग सामान्य परामर्शसम्म पनि नगरीसरकारले स्वेच्छाचारी र अमर्यादित रुपमा न्यायाधीशहरुको पारिश्रमिकमा समेत केही अंक बृद्धि गर्ने तदर्थवादी रबैयालाई निरन्तरता दिदै आएको छ भन्ने हामीलाई महशुस भएको छ।’ 

न्यायाधीशहरुको पारिश्रमिक र सुविधा निर्धारण गर्न र समयानुकुल पुनरावलोकन गर्नका लागि अलग्गै न्यायिक तलब–सुविधा आयोग गठन गर्न उनीहरुले माग गरेका छन्। 

‘न्यायाधीशको तलबमान सर्वोच्चको पूर्ण बैठकबाट पटक–पटक गरिएको अनुरोधलाई अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कर्मचारीतन्त्रले विवेकहीन र गैरजिम्मेवार तबरबाट बेवास्ता गरी आएको हुनाले यस वर्षको गत साउन ६ गते बसेको यस समाजको प्रबन्ध समितिको बैठकको निर्णयबाट न्यायाधीशहरुको मर्यादाक्रम र तलबमानमा रहेको त्रुटी परिमार्जन गर्नका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सर्वोच्चमार्फत सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आधार र कारण सहित सुझाव लेखि पठाइएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर त्यसलाई बेवास्ता गर्दै तलब तोक्ने कार्य भएको देखिएको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

न्यायाधीशरुले गरेको शिष्ट र मर्यादित अनुरोधलाई गम्भीरतापूर्वक मनन् गरी मन्त्रिपरिषद्बाट समुचित परिमार्जनसहित न्यायाधीशहरुको उपयुक्त मर्यादाक्रम र तलबमान निर्धारण हुने कुरामा देशभरका समस्त न्यायाधीशहरु प्रतिक्षारत रहेको अवस्थामा त्यसको विपरित भएको विज्ञप्तिमा भनिएको छ। 

‘सरकारी स्वेच्छाचारिताको पराकाष्टा तथा देशभरका समग्र न्यायाधीशहरुको स्वाभिमान र मर्यादामा सरकारले गरेको निर्मम प्रहारको रुपमा लिन बाध्य भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘२०४८ सालदेखि २०७२ सालसम्म जिल्ला न्यायाधीशको तलबमान निजामती सेवाको राप प्रथम श्रेणीको पदको लागि निर्धारित अन्तिम तलबमानभन्दा बढी हुने गरी तलबमान कायम गरिएको थियो।’ 

२०७२-०७३ मा जिल्ला न्यायाधीशको तलबमान ३६ हजार ८९० र राप प्रथम श्रेणीको पदको ग्रेडसहितको अन्तिम तलबमान ३६ हजार ७२० रही जिल्ला न्यायाधीशको तलबमान १७० रुपैयाँले बढी रहेको तथ्य अर्थ मन्त्रालयको अभिलेखले उल्लेख गरेको न्यायाधीश समाजले जनाएको छ। 

२०४८ सालदेखि २०७२ सालसम्म तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशको तलबमान निजामती सेवाको विशिष्ट श्रेणीको पदको लागि निर्धारित अन्तिम तलबमानभन्दा बढी हुने गरी कायम गरिएको उनीहरुले दाबी गरेका छन्। 
‘सार्क राष्ट्रका न्यायाधीशहरुको तलबमान लगायतका सुविधाको तुलनामा नेपालका न्यायाधीशहरु अत्यन्त न्यून मात्राको सुविधा पाउने वर्गमा रहेको छ,’  विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको लागि कुनै थप वा विशेष तलब वा सुविधा बृद्धिको माग गरेको होइन र छैन महत्वपूर्ण प्रश्न कति रकम प्राप्त गर्ने भन्ने पनि होइन। हामीले चाहेको न्यायाधीशप्रतिको राज्यको जिम्मेवारी र मर्यादापूर्ण व्यवहार मात्र हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विगत २०४८ सालदेखि न्यायाधीशहरुको तलबमान कायम गर्दा अबलम्बन गरिएको प्रणालीलाई स्वेच्छाचारी र हचुवा तबरबाट किन अमर्यादित रुपमा उल्टाउने कुचेष्टा गरिएको दाबी उनीहरुले गरेका छन्। 

‘न्यायाधीश समाज यस विषयमा सरकारका कुनै पनि पदाधिकारीसँग सम्वादमा बस्न तयार छ,’ विज्ञप्तिमा भनिएको छ,‘ तर हाम्रो शिष्ट र मर्यादित अनुरोधलाई निरन्तर बेवास्ता गर्ने र आपत्तिजनक रुपमा तलबमान कायम गर्ने स्वेच्छाचारी सरकारी रवैया हामीलाई अब स्वीकार्य हुन सक्दैन।’
 

No description available.

No description available.No description available.No description available.No description available.यो पनि पढ्नुहोस

सरकारले तोक्यो न्यायाधीशहरुको तलब : प्रधानन्यायाधीशको १ लाख २ हजार, न्यायाधीशको ८५ हजार

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्