काठमाडौं– नेपाल सरकारले न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवा तोकेको छ। बढेको तलबमान साउन १ गते देखि लागू हुने गरि सरकारले माघ ५ गतेको राजपत्रमा सूचना प्रकाशन गरेको हो।
सरकारले निर्धारण गरेको पारिश्रमिक अनुसार प्रधानन्यायाधीशको तलब १ लाख २ हजार २९३ रहेको छ। त्यस्तै, सर्वोच्चका न्यायाधीशको ८५ हजार ०४३, उच्च अदालतका मुख्य न्यायाधीशको ८० हजार ७०७, उच्च अदालतका न्यायाधीशको ७६ हजार ३८३ र जिल्ला न्यायाधीशको ६४ हजार ८९५ तलबमान रहेको छ।
यस्तै, महान्यायाधिवक्ताको ८५ हजार ०४३, न्याया परिषद्का सदस्यको पनि ८५ हजार ०४३, राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ७९ हजार ३८५ र सदस्यहरुको ७७ हजार ६६० रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।