काठमाडौं– शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी मेला सुरु भएको छ।
उक्त प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी रहेको आयोजकको दाबी छ।
उक्त प्रर्शनी मेलामा इलेक्ट्रोनिक सामग्रीदेखि अस्पतालमा आवश्यक पर्ने विभिन्न औषधिहरु प्रदर्शनीमा राखिएका छन्। मेलामा नेपाल र भारतका विभिन्न कम्पनीहरु सहभागी रहेका मेलाका संयोजक श्रीजल भट्टराईले बताए।
जुन मिडिया स्पेस सोलुसन्स (एमएसएस)का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल)तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना भएको हो।
स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ।
मेलामा भान्सामा प्रयोग हुने इन्डक्सन चुल्हो, इलेक्ट्रिक जग, फ्यान हिटर, आइरन, औषधि प्रोसेसिङ मेसिन, सोलार ब्याट्री, इन्भर्टर, विभिन्न एलइडी लाइट जस्ता विद्युतीय सामग्री र अस्पतालमा आवश्यक औषधि, औषधिमा प्रयोग गरिने रङ राखिएका छन्। उक्त पदर्शनी माघ ८ गतेसम्म सञ्चालन रहने छ।
मेलाको उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका थिए।
तस्बिरहरू :
1674213971.jpg)
1674213972.jpg)
1674213974.jpg)
1674213974.jpg)
1674213976.jpg)
1674213981.jpeg)
1674213978.jpg)
1674213976.jpg)
1674213983.jpeg)
1674213980.jpeg)
1674213981.jpeg)
1674213979.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।