काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले सरकारको हिस्सेदारको विरोध गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘मानव समाज विभिन्न अदृश्य बन्धनबाट बाँधिएको हुन्छ। फुक्काफाल मन पराउने, जसो गरे पनि हुने। कार्यकारीमा मत दिन मिल्ने, पार्टी छानीछानी मत दिन मिल्ने। अर्को पार्टी छानेर विरोध गर्ने, सरकारलाई समर्थन गर्ने, सरकारको हिस्सेदारको विरोध गर्ने,’ ओलीले भनेका छन्।
नेपाली कांग्रेसले वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुष २६ गते विश्वासको मत दिएको थियो। तर बिहीबार प्रतिनिधि सभाको सभामुख पदका लागि कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
जसमा एमाले उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।