काठमाडौं- लामो समयदेखि चीन, भारत लगायतका मुलुकमा सामान निर्यात गर्दै आएको सिल्क एक्स्पोर्ट र क्लासिक ग्रुपबीच व्यापारिक सम्झौता भएको छ।
यो सम्झौतापश्चात् क्लासिक ग्रुपले उत्पादन गरेका म्याट्रेस, सिरक, बेड जस्ता सामान सिल्क एक्स्पोर्टले चीनको तिब्बतमा बजारीकरण तथा प्रवर्द्धन गर्ने क्लासिक इण्डस्ट्रिज प्रालिद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ।
यो सम्झौताले हाल देशले भोगिरहेको व्यापार घाटालाई केही हदसम्म कम गर्न मद्दत गर्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।