काठमाडौं– अनमोल केसी स्टारर सिनेमा 'जेरी २'मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन्। हेमराज बिसीले निर्देशन गर्ने सिनेमाको लागि मंगलबार बेलुका आना र निर्माण पक्षबीच कागजी सम्झौता भएको हो।
८ वर्षअघि आनाले 'जेरी'बाटै डेब्यु गरेकी थिइन्। सिनेमाको लागि अर्को प्रमुख अभिनेत्रीको रुपमा यसअघि नै पूर्णिका सिँजापति फाइनल भइसकेकी छन्।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन्। अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरेको छ।
एक महिनापछि छायाङ्कन सुरु हुने सिनेमाको लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशनको लागि तय गरिएको छ। सगरमाथा क्षेत्रमा यसअघि अनमोल र सुहाना थापा स्टारर 'ए मेरो हजुर ३' छायांकन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।