• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बढुवाको मुखमा सरुवा, अब डीआईजीबाटै आईजी

64x64
नेपाल लाइभ शुक्रबार, माघ ६, २०७९  ०७:१०
1140x725

काठमाडौं– बढुवाको मुखमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरिएको छ। पद रिक्त हुँदा बढुवा गर्नुपर्नेमा उनीहरुलाई सरुवा गर्दै विभिन्न प्रदेश तथा विभागहरुमा पठाइएको छ।
 
बढुवाको मुखमा डीआईजीहरुको सरुवा गरिँदा तत्कालै बढुवा नहुने र अब डीआईजीबाटै सोझै महानिरीक्षक (आईजी) बन्नुपर्ने अवस्थासमेत आउने देखिन्छ। अतिरिक्त महानिरीक्षक (एआईजी)को अनुभव नै नभएकाहरु अब सोझै डीआईजीबाट आईजी हुने अवस्था देखिएको हो। किनकि आउँदो चैतको दोस्रो साता हालका आईजी धिरजप्रताप सिंह अनिवार्य अकाशमा जाने हुँदा त्यतिबेला सरकारले आईजीमा बढुवा गर्नुपर्ने हुन्छ।

अहिलेसम्म एआईजीमा बढुवा नगरी प्रतिस्पर्धीहरुलाई समेत सरुवा गरेर नयाँ जिम्मेवारी दिइएका कारण डीआईजबाटै आईजी बन्ने अवस्था आउने देखिएको हो। 

गत साउनदेखि खाली हुँदै आएको एआईजी पदमा अहिलेसम्म आइपुग्दा रिक्त पदको संख्या ४ पुगिसकेको छ। एआईजी रिक्त भएको ५ महिना पुगिसक्नै लाग्दा समेत बढुवा प्रक्रिया अघि नबढाइ डीआईजीकै सरुवा गरिएको हो।

गत साउन २० गतेबाट एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका थिए। त्यसयता कात्तिक २५ गतेसम्म गरेर ४ एआईजीहरु अवकाशमा गइसकेका छन्। कात्तिक २५ गते रवीन्द्र धानुक अवकाशमा जाँदा देश चुनावी माहोलमा गइसकेकाले बढुवाका लागि निर्वाचन आयोगसको स्वीकृत लिनुपर्ने भन्दै निर्वाचन सकिएपछि एआईजी बढुवा प्रक्रिया अघि बढाउने बताइएको थियो।

निर्वाचन सकिएलगत्तै एआईजी बढुवाका लागि आयोगसँग स्वीकृति समेत लिइसकिएको थियो। तर त्यसपछि नयाँ सरकार गठन भएपछि एआईजी बढुवाको विषय भने गौण बन्यो। बढुवा हुनुको साटो डीआईजीहरुकै सरुवा गरियो। बढुवाका लागि पुराना टोली र नयाँ टोली को छिर्ने भन्ने चर्को लबिइङ र प्रतिस्पर्धाका कारण बढुवा प्रक्रिया लम्बिएको थियो। त्यतिबेला बालुवाटार निकटहरुले तत्काल बढुवा गर्न तीव्र लबिइङ गरेका थिए। तर दुई टोलीबीच कडा प्रतिस्पर्धा हुँदा लम्बिएको बढुवा अहिले भने झनै अन्योलमा परेको छ।

Ncell 2
Ncell 2

रिक्त ४ एआईजीका लागि दर्जन डीआईजीहरु लबिइङमा लागेका छन्। अहिले बढुवा हुने ४ एआईजी मध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा यो पटकको एआईजी बढुवा निकै पेचिलो बन्ने देखिन्छ। त्यही कारण पनि बढुवा नगरी सोझै डीआईजीबाटै आईजी बनाउने तयारी गरिएको पनि हुनसक्ने बताइन्छ। 

एआईजी बढुवा नहुँदा एआईजीले नेतृत्व गर्ने चार विभागहरु अहिले नेतृत्वविहीन छन्। अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग, कार्य विभाग र प्रशासन विभाग गरी ४ विभाग अहिले नेतृत्वविहीन छन्।

अहिले बढुवा भएका एआईजीहरु नै आगामी चैतमा आईजी बन्ने थिए। जसकारण बढुवाका लागि दौडधुप गरेका डीआईजीहरुलाई भने अहिले काठमाडौं उपत्यकाबाट विभिन्न ठाउँमा पठाइएको छ।

बढुवाको टप ‘थ्री’मा रहेका डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य एआईजीमा बढुवा भए पनि उनीहरु आईजीको प्रतिस्पर्धामा रहने छैनन्। उनीहरु यही चैत ११ गते हालका आईजी सिंहसँगै अवकाशमा जाँदैछन्।

डीआईजी भएको ९ महिनामै आईजी बन्ने रेसमा रहेकाहरु
अब चैत ११ मा आईजी बन्नेहरु डीआईजी भएको ९ महिनामै आईजी हुन्छन्। एआईजी तथा आईजीको प्रतिस्पर्धामा रहेकाहरु गत असारमा मात्रै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीमा बढुवा भएका थिए।

गत असारमा डीआईजी भएकाहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी तथा आईजी बढुवाको प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धीहरुलाई भर्खर सरुवा गरिएको छ। प्रदेश १ मा डीआईजी श्यामलाल ज्ञवालीलाई पठाइएको छ। मधेस प्रदेशमा वसन्त कुँवर गएका छन्। बागमती प्रदेशमा भने दीपक थापाको सरुवा भएको छ। गण्डकीमा बुद्धिराज गुरुङ तथा लुम्बिनीमा टेकप्रसाद राईको सरुवा गरिएको छ भने सुदूरपश्चिममा अशोक सिंह र कर्णालीमा भीम प्रसाद ढकाल खटाइएका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०७:१०
  • #नेपाल-प्रहरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्