काठमाडौं– नेपाल नागरिक प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले विमानस्थलको इन्टरनेसनल एराइभलतर्फका एक यात्रुले ब्यागेज ट्रली अड्किएर सामानसहित खुट्टामा लागेको भनेर सामाजिक सञ्जालमा भिडियो राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यो क्षेत्रमा पात्रुको सहजताका लागि आवश्यक संख्यामा सुरक्षाकर्मी व्यवस्था गरिएकोले त्यो भिडियोमा सत्यता नभएको घुमाउरो पारामा संकेत गरेको छ।
यात्रु व्यवस्थापनका लागि नियमित अनुगमन भइरहेको जनाउँदै कार्यालयले कुनै कमजोरी कमी–कमजोरी देखिए ड्युटीमा रहेका सुरक्षा गार्ड तथा विमानस्थल कार्यालयको फोन नम्बर ०१–४११३१६३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
यस्तो छ विज्ञप्ति :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।