इस्लामावाद– पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन्। गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो।
सुरक्षा बल र नागरिकमाथि गोली प्रहार गर्ने घटना बाहेक दूर नियन्त्रित विष्फोटक पदार्थ विष्फोट गराउने उपकरण बिछ्याउनेलगायत आतङ्कवादी गतिविधि सञ्चालन गर्नेविरुद्ध भएको कारबाहीमा उनीहरू मारिएका सेनाको सञ्चार शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)ले एक विज्ञप्ति निकालेर बताएको छ।
विष्फोटनमा प्रयोग हुने उपकरण, हातहतियार र विष्फोटक पदार्थ पनि सेनाले आतङ्कवादीबाट बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।