लस एन्जलस– अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि छ जनाको ज्यान गएको छ। अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन्। अमेरिकाको क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको गोली प्रहारमा परेर एकजना १७ वर्षीया युवती र उनकी ६ महिनाकी छोरीको ज्यान गएको छ।
त्यस्तै सोही काउन्टीमा अर्का चार जनालाई घरमै बोलाएर हत्या गरिएको बताइएको छ। एक व्यक्तिको घरमा सो हत्याकाण्ड भएको छ। त्यसमा परेर अर्का एकजना घाइते भएका छन् र उनलाई अस्पताल पु¥याइएको छ।
ती हत्याकाण्डमा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरु कुनै समूहसँग सम्बन्धित रहेका र समूहका बीचको सम्पर्कका कारण यो हत्या भएको अनुमान गरिएको अनुसन्धानदाताहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।