काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो।
तोलामा १०० रुपैयाँ घटेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ। सोमबार भने चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।