• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

खर्च विवरण पेस नगर्ने जनप्रतिनिधिले तिरेका छैनन् जरिवाना

64x64
ईश्वर बराल शुक्रबार, माघ ६, २०७९  १३:२०
1140x725

काठमाडौं- वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनपछि समयमै निर्वाचन खर्च विवरण पेस नगर्ने निर्वाचित जनप्रतिनिधिहरुले समय सकिनै लाग्दा पनि जरिवाना दाखिल गरेका छैनन्।

निर्वाचन भएको ३० दिनभित्र खर्च विवरण पेस नगरेको भन्दै निर्वाचित तथा प्रतिस्पर्धी उम्मेदवार गरी १ लाख २३ हजार ६२४ उम्मेदवारलाई आयोगले जरिवाना तोकेको हो।

निर्वाचन आयोगले भदौ ३१ गते विज्ञप्ति जारी गर्दै वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनका उम्मेदवारहरुले समयमै खर्च विवरण नबुझाएको भन्दै ती उम्मेदवारलाई जरिवाना बुझाउन ६ महिनाको समय दिँएको हो। 

निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा १ बमोजिम आयोगले जरिवाना तोकेको हो। उक्त ऐन अनुसार उम्मेदवारहरुले कम्तीमा १ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म जरिवाना बुझाउनुपर्ने छ। 

उक्त प्रावधान अनुसार खर्च विवरण पेस नगर्ने गाउँपालिकाका वडाध्यक्षका र सदस्यकाक उम्मेदवारहरुले १ लाख ५० हजार,नगरपालिकाका वडाध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाख, उपमहनागरपालिकाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरुले २ लाख ५० हजार, महानगरपालिका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरुले ३ लाख जरिवाना बुझाउनु पर्नेछ। 

त्यस्तै, गाउँपालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार र नगरपालिकाका मेयर–उपमेयर उम्मेदवारले ४ लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारले ५ लाख ५० हजार र महानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारले ७ लाख ५० हजार जरिवाना बुझाउनुपर्ने व्यवस्था छ। 

साथै ६ महिना भित्र जरिवाना नबुझाउनेलाई सोही ऐनको दफा ३ अनुसार ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना दाखिल नभएमा आर्थिक कार्यविधि तथा वित्तीय ऐन २०७६ बमोजिम जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल-उपर गर्न विवरण तयार गर्ने आयोगले भदौ ३१ मा जारी गरेको विज्ञप्तिमा जनाएको छ। 

आयोगले उक्त निर्णय गरेपछि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न करिब सय जनाले जरिवाना दाखिल गरेर उम्मेदवार बनेको आयोगले बताएको छ। जरिवाना स्वरुप आयोगले ३ करोड ५५ लाख राजस्व संकलन गरेको थियो। 

nimb
nimb

यता निर्वाचित बनेका स्थानीय सरकारका पदाधिकारीले भने जरिवाना बुझाएका छैनन्। बाँकी रहेको २ महिनामा पनि जरिवाना नबुझाए स्वत: पद खारेजीमा पर्ने आयोगले बताएको छ। 

‘प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार बन्नका लागि स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेकाले जरिवाना तिरेर उम्मेदवारी दिनुभयो तर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले जरिवाना तिरेको भन्ने विवरण आयोगको प्राप्त भएको छैन,’ आयोगका एक प्रवक्ताले भने। 

वैशाख ३० को निर्वाचनमा निर्वाचित ठूला नगरका अधिकांश प्रमुख-उपप्रमुखले नै खर्च विवरण नबुझाएकाले जरिवानामा परेका छन्। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, पोखराका प्रमुख धनराज आचार्यले ३० दिनपछि खर्च विवरण बुझाएकाले जरिवानामा परेका छन्। निर्वाचन सम्पन्न भएको ३० दिन भित्र खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। 

यस्तै, खर्च विवरण नबुझाएर जरिवाना तिर्नुपर्नेमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, विराटनगर महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा कार्की, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल रहेका छन्। 

त्यस्तै, धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले पनि खर्च विवरण पेस गर्न ढिला गरेकोले जरिवाना तिर्नुपर्नेछ। इटहरी उपमहानगरका उपप्रमुख संगीताकुमारी चौधरी, जितपुर–सिमराका प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारी, कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साह र उपप्रमुख रौशन परविन, जनकपुरका प्रमुख मनोजकुमार साह सुडी र उपप्रमुख किशोरी साहले पनि जरिवाना बुझाउनु पर्नेछ। 

यी बाहेक कति निर्वाचित उम्मेदवारले खर्च विवरण नबुझाएर जरिवाना तिर्नुपर्ने भन्ने विवरण भने आयोगले तयार नपारेको आयोगले जनाएको छ। ऐन अनुसार जरिवाना बुझाउने समय अझै २ महिना बाँकी रहेकोले आयोगले अब छिट्टै निर्वाचित उम्मेदवारको विवरण तयार पार्ने आयोगले बताएको छ। 

जरिवाना तिर्ने समय आउनै लाग्दा मेयर बालेन सर्वोच्चमा 
यता, काठमाडौं महानगरपालिकाका मयेर बालेन्द्र शाह बालेन भने निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालत पुगेका छन्। जरिवाना बुझाउने समय २ महिना बाँकी रहँदा बालेन सर्वोच्च पुगेका हुन्। 

निर्वाचन आयोगले लगाएको जरिवानाविरुद्ध असन्तुष्टि जनाउँदै मेयर बालेनले १९ पुसमा सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

बालेनले कानुनले तोकेको अवधिभित्रै खर्च विवरण पेस गरेको दावी गर्दै सर्वोच्चमा रिट हालेका हुन्। निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचन खर्च पेस गर्नुपर्ने नियमअनुसार ३०औं दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट आफूले निर्वाचन खर्च आयोगसमक्ष पेस गरेको भन्दै बालेनले सर्वोच्च गएको बताएका छन्। 

बालेनको रिट निवेदनको सन्दर्भमा सर्वोच्चले कुनै सुनवाइ गरेको छैन।

समयमै जरिवाना दाखिल हुन्छः आयोग 
निर्वाचन आयोगका सहप्रवक्ता गुरु वाग्ले भने बाँकी रहेको २ महिनाको समयमा निर्वाचित जनप्रतिनिधिले जरिवाना बुझाउनेमा विश्वस्त छन्। जरिवाना बुझाउने समय फागुन अन्तिमसम्म रहेको छ। 

नेपाल लाइभसँग कुरा गर्दै वाग्लेले भने, ‘निर्वाचित जनप्रतिनिधिहरुलाई ऐनले व्याख्या गरे अनुसारको जरिवाना बुझाउनु पर्नेबारे जानकारी नै छ। ऐनले व्यवस्था गरे अनुसारको ६ महिनामा अझै दुई महिना बाँकी छ। त्यसैले निर्वाचित हुनुभएका उम्मेदवारहरुले ऐनले तोके अनुसारको जरिवाना तिर्नुहुन्छ भन्ने आयोगको विश्वास छ।’

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो महासचिव शंकर पोखरेलसहितको टोलीले नुवाकोट, रसुवालगायतका स्थानको स्थलगत अवलोकनपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले... आइतबार, भदौ १४, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ। आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षे... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो आइतबार, भदौ १४, २०८३
त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पस्ने प्रयास हुँदै आइतबार, भदौ १४, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै आइतबार, भदौ १४, २०८३
‘विपदमा आफन्त गुमाएकालाई मनोसामाजिक सहयोग आवश्यक’ : मन्त्री वादी आइतबार, भदौ १४, २०८३
त्रिशूली थ्री–ए सुरुङमा उद्धार प्रयास तीव्र, हावा पठाउन पाँच ठाउँमा ड्रिल आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्