काठमाडौं- हलेसी तुवाचुङ नगरपालिका-७, महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान मृत फेला परेकी छन्। आइतबार दिउँसो विद्यालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिका मृत भेटिएकी हुन्।
खोजीको क्रममा खन्युको फेदमा पासो चुँडिएर खसेको अवस्थामा सोमबार बिहान मृत फेला परेको खोटाङ जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपनिरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए।
माघ ३ गते विद्यालयमा हुने कार्यक्रमको तयारीका लागि आइतबार साथीसँग विद्यालय गएर फर्किने क्रममा उनी हराएकी थिइन्। घट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको वडाध्यक्ष कमल गिरीले बताए।
ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद हुनसक्ने वडाध्यक्ष गिरीले बताए।
बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएर घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपनिरीक्षक मुकारुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।