काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङको भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले भेट गरेका हुन्।
भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने उनले बताएको निजी सचिव रमेश मल्लले जनाएका छन्।
भेटबारे जानकारी दिँदै मल्लले उल्लेख गरेका छन्, ‘प्रधानमन्त्रीज्यूले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।