काठमाडौं– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसको यस्तै चाल रहे अर्को चुनावसम्म नयाँ प्रजातान्त्रिक पार्टीले प्रतिस्पर्धा गर्ने चेतावनी दिएका छन्।
उपचारपछि अस्पतालबाट फर्किएका नेता घिमिरेले ट्विट गर्दै यस्तो चेतावनी दिएका हुन्। कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरको अभिव्यक्तिप्रति इंगित गर्दै नेता घिमिरेले कांग्रेसका नेता कार्यकर्ता सुध्रिन आवश्यक रहेको बताए।
केही दिनअघि कांग्रेस नेता बलायरले पार्टी नेतृत्वको आलोचना गर्ने नेता कार्यकर्तालाई नयाँ पार्टी खोलेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए।
सोही अभिव्यक्तिप्रति इंगित गर्दै नेता घिमिरेले भने, ‘अस्पतालबाट भर्खरै घर फर्किएँ। केही दिनदेखि सामाजिक सञ्जालमा नियमित थिइन, फाट्टफुट्ट बाहेक। एकजना नेताकोअशोभनीय अभिव्यक्ति पढेँ, पार्टी खोलेर गए हुन्छ भन्ने। हामी सुध्रौं! कांग्रेसको यस्तै चाला भए पार्टी त खुल्छ नै,खुलेकै छन्। आगामी चुनावमा नयाँ प्रजातान्त्रिक पार्टिले प्रतिस्पर्धा गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।