काठमाडौं– आइतबार दिउँसो प्रदेश नम्बर १, मधेस प्रदेशलगायत बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बाँकी भू–भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान छ।
‘प्रदेश नम्बर १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले आइतबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।