• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

तारानाथ रानाभाटको अन्तर्वार्ता: कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदा राष्ट्रलाई के हानी भयो?

64x64
नेपाल लाइभ बिहीबार, पुस २८, २०७९  १७:१४
1140x725

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामार्फत् विश्वासको मत प्राप्त गरे। कांग्रेसले सहमति पालना नगरेको भनेर तत्कालीन गठबन्धन त्यागेर नेकपा (एमाले) सँग मिलेर १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डलाई अन्ततः कांग्रेसले समेत विश्वासको मत दियो। प्रतिनिधि सभामा उपस्थित कूल २७० जना सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गरे। उनको विपक्षमा २ वटा मात्र मत पर्‍यो। कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै राजनीतिक वृत्तमा कांग्रेसप्रति अनेक टिकाटिप्पणी भएका छन्। विश्वासको मत पनि दिने प्रतिपक्ष पनि भन्ने? अब कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष? जस्ता सवालहरुबारे पूर्व सभामुख तारानाथ रानाभाटसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी:

प्रचण्डलाई विश्वासको मत दिएसँगै कांग्रेस अब सत्तापक्ष कि प्रतिपक्ष?
प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिए पनि उ प्रतिपक्षमै रहन्छ। कांग्रेसले एउटा ‘इस्यू’ बेसमा मात्रै प्रचण्डलाई विश्वासको मत दिएको हो। मुलुकमा राष्ट्रिय रुपमा अनेक किसिमका संकटहरु पैदा हुन्छन्। राष्ट्रिय समस्याहरुअन्तर्गत मुलुकमा राजनीतिक अस्थिरता, अनिकाल, प्राकृतिक प्रकोप होला। बाह्य हस्तक्षेप होला। त्यतिबेला सबै दलहरु मिलेर संकटको सम्बोधन गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा संसद्‌भित्र र बाहिर पनि दलहरु मिलेर सम्बोधन गर्नुपर्ने हुन्छ।

अन्तर्राष्ट्रिय समस्या आइपर्छ। छिमेकीहरु, दातृ निकायहरु, अन्य मित्रराष्ट्रहरुसँग समस्या पर्ला। तीनलाई सम्बोधन गर्न वा उनीहरुको ध्यान आकर्षित गर्नका लागि एकताको सन्देश दिने उद्देश्यसहित छिमेकी राष्ट्रको सहयोग लिन र राष्ट्रिय सहमतिको सन्देश दिन पनि मिल्नुपर्छ। 

तपाईंले सोध्नु भएको प्रश्न पक्ष र विपक्ष भन्ने कुरा होइन। त्यसकारण कांग्रेसले गरेको सहयोग भनेको राष्ट्रिय समझदारी, राष्ट्रिय एकता, राष्ट्रिय सद्भाव देखाएको भन्ने बुझ्नुपर्छ। 

संसारभरी प्रचलित नजिरहरु पनि छन्। मूल्यमान्यता पनि त्यही हो। कानुनले पनि सम्मति दिन्छ। प्रतिपक्ष त छँदैछ। विपक्षीले पनि तत्कालका केही सवालहरुमा सत्तापक्षलाई सहयोग गर्नु, मिलेर जानु भनेको समस्याहरुको समाधान गरे भन्ने कुरा बुझ्नु पर्दछ।

कांग्रेससँगै गठबन्धनमा गरेर निर्वाचन लडेका प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगर्ने कांग्रेसलाई विश्वासको मत दिन के बाध्यता आइपर्‍यो?
यदि पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएनन् भने त अन्तर्राष्ट्रिय स्तरमा असर पर्छ। अन्तर्राष्ट्रिय स्तरको प्रभावमा नेपाल त बाझिएको देखिने भयो नि। सर्टेन ‘इस्यू’मा पनि यिनीहरु एक आपसमा मिल्दैनन् भन्ने देखिने भयो। अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको छवि धमिलिने भयो। 

फुटेकालाई त कसैले मान्यता दिँदैन। देश बनाउने भनेको त मिलेर गर्ने हो। हामी कहिले शासन गर्ने? कुन पार्टी अहिले शासन गर्ने? कुन पार्टी बहुमतमा जाने? जनताको मत कहिले जित्ने भन्ने कुरा त प्रतिस्पर्धा त चुनावको बेलामा हुन्छ।  तर जब निर्माणको बेला आउँछ, समस्या समाधानको बेला आउँछ। त्यस्तो बेलामा सबैले मिलेर काम गर्ने हो। यस्तो कुरालाई नकारात्मक रुपमा लिनुहुँदैन। सकारात्मक बुझ्नुपर्छ। 

सत्ताको लोभले कांग्रेसले सरकारलाई विश्वासको मत दिँदा प्रतिपक्षको भूमिका गुमाएको भन्ने चर्चा चलिरहेको छ। यसबारे के भन्नुहुन्छ?
त्यस्तो अनर्थ लगाइनु हुँदैन। त्यस्तो त हुँदैन, होइन। संसारभरीका प्रावधानहरु हेर्नुहोस् न? त्यत्रा युद्धरत मुलुकहरु समावेश भएका हुन्छन्। आफूसँग नमिल्ने शक्तिहरु पनि विपक्षीसँग मिलेको देखिन्छन्। अन्तर्राष्ट्रिय नजिर पनि हेर्नुपर्‍यो। त्यस कारण कांग्रेसको समर्थनलाई गलत रुपमा व्याख्या गरिनुहुँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारलाई विश्वासको मत पनि दिने, तर सरकारमा नजाने भनेपछि यसको सन्देश चाहिँ के हो त?
तत्कालीन अवस्था नियाल्दै ‘सर्टेन इस्यू’हरुमा, राष्ट्रिय संकटको बेलामा, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सवालहरुमा एक आपसमा मिलेर काम गर्छन् भन्ने सन्देशको रुपमा बुझ्नुपर्छ। 

कांग्रेसको समर्थनपछि माओवादी नेतृत्वको सरकार स्थिर भएको भन्न मिल्छ? 
त्यो त हुँदै हो नि। संविधानमै २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भन्ने प्रष्ट छ। त्यही स्थायीत्वको लागि त हो नि। त्यसैमा प्रचण्डले विश्वासको मतको सन्देश त स्थायी र स्थिर नै हो। 

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर संवैधानिक परिषद्को जिम्मेवारीबाट पन्छियो भन्ने आरोप छ नि? 
एउटा घटनाबाट उसको सम्पूर्ण कुरा सिद्धियो भनेर अर्थ लगाउन मिल्दैन। त्यो त राजनीतिक विश्लेषणका आधारमा भन्ने कुरा भयो। जस्तै म कांग्रेसकोबाट विश्लेषक भएँ। तपाईंले कम्युनिस्टको गर्ने, अर्काेले राप्रपाको गर्ने। त्यो भनेको कसलाई होच्याउने भन्ने रणनीतिका कुरा मात्र हुन्। 

तर, राष्ट्रिय रुपमा गम्भीर भएर सोच्यो भने कांग्रेसले दिएको विश्वासको मतलाई कसैले गल्ती देख्नु हुँदैन। गल्ती छँदैछैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसमा पनि युवा सांसदहरुले विश्वासको मत दिनुहुँदैन भन्ने आवाज उठाएका थिए। यस्तो अवस्थामा कांग्रेसको पार्टी राजनीतिलाई कसरी बुझ्न सकिन्छ?
राष्ट्रिय सवालहरुमा, ठूला–ठूला संकटहरुमा चाहे त्यो राष्ट्रभित्रका कारणबाट उत्पन्न भएको होस्, चाहे अन्तर्राष्ट्रिय परिस्थितिका कारणले होस्। त्यस्तो अवस्थामा कांग्रेस विपक्षीसँग पनि हात मिलाएर संकटको समाधान गर्छ भन्ने बुझ्नुपर्छ। राष्ट्रको जर्गेना गर्न, राष्ट्रको संरक्षण गर्नको लागि अन्य कुराहरुलाई तपशीलमा राखेर कांग्रेस अघि बढ्छ भन्ने प्रजातान्त्रिक र सांस्कृतिक मूल्यमान्यतालाई आत्मसाथ गरेको छ। यो त प्रजातान्त्रिक अभ्यास भित्रै पर्‍यो। यसलाई सकारात्मक रुपमा लिनुपर्छ।

प्रचण्ड बाहिरी रुपमा एमालेसँग देखिए पनि भित्रि रुपमा देउवासँग साँठगाँठ गर्न खोजेका हुन्?
तपाईंले नेपालको राजनीतिलाई राम्रोसँग बुझ्नुपर्छ। भित्रको गुदी कुरो के हो भन्ने। बाहिरी आवरण के हुन्छ? क–कसको चाहना के हुन्छ? नेपाली जनताको मात्रै निर्णय, नेपालका पार्टीहरुको मात्रै निर्णय नेपालमा चल्दैन। कुनै पनि देशमा चल्दैन। अमेरिकामा त त्यो सम्भव छैन। नेपालका कुरा त छोड्नुहोस्। सम्पन्न, शक्तिशाली देशहरुमध्ये संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका होइन? अमेरिका त एक्लै चल्न सक्दैन। उसलाई पनि सहयोगी चाहिन्छ। साथी चाहिन्छ भनेपछि यहाँ त हाम्रो आन्तरिक कारणले मिलेर देश बनाउने अर्थमा नबङ्ग्याइने किसिममा काम गर्नुपर्छ। 

२०५१ सालको तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारलाई मत दिएर प्रतिपक्षमा बसेको कांग्रेसले गलत नजिर स्थापित गर्न खोजेको आरोपबारे के भन्नुहुन्छ?
यो गलत नजिर होइन। प्रतिपक्ष भनेको सरकारलाई समर्थन गर्दै नगर्ने, राष्ट्रका विपतहरुमा, राष्ट्रका समस्याहरुमा, जनताका चाहना विपरीत गइरहनुपर्छ भन्ने मान्यता कहिलेसम्म लिनुहुन्छ? त्यो त कुनै पनि राजनीतिशास्त्री, राजनीतिज्ञहरु र कुनै पनि स्टेट्सम्यानहरुले भन्ने कुरा नै होइन। गलत अर्थ लगाउनेहरुले त अनेक किसिमका अर्थ लगाउँछन्।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदा त्यसले राष्ट्रलाई कुनै हानी भएको छ? हानी हुने कुरामा मिल्यो भने, कांग्रेस कम्युनिस्टसँग मिल्यो भनेर शंका गर्नुपर्छ। मुलुकलाई हानी नहुने कुरामा त मिल्न दिऔं न!

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १७:१४
  • #कांग्रेस
  • #तारानाथ रानाभाट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्