• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
जब अन्तिम संस्कारस्थल विरुद्धको मुद्दा सर्वोच्च पुग्यो अदालतले दियो तीन बुँदे निर्देशनात्मक आदेश- गंगाहिटीको शवदाहस्थल उपयुक्त स्थानमा सार्नु 
64x64
दुर्गा दुलाल बुधबार, पुस २७, २०७९  १६:५१
1140x725

काठमाडौं- न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा एउटा अनौठो मुद्दा पेसी पर्‍यो। अन्यायमा परेकालाई न्याय दिन बसेका यी दुई न्यायाधीशको इजलासमा मृत्युपछि जलाउने घाट नै हटाउन माग गर्ने रिट आउला भन्ने कल्पना पनि थिएन।

२०७९ जेठ ३ गते उनीहरुले एउटा त्यस्तै मुद्दामा फैसला नै सुनाउनुपर्ने भयो। रिट निवेदकहरु विमला ढुङ्गेल, जयराम सिंखडा, नर्बदा ढकाल, फलेन्द्रविक्रम शाहसहित २ जना अन्तिम संस्कार गर्ने घाट विरुद्ध सर्वोच्च पुगेका थिए। उनीहरु २०७७ मंसिर ११ गते सर्वोच्च अदालतको ढोकामा न्याय माग्दै पुगेका थिए।

यो विवाद थियो, काठमाडौं महानगरपालि वडा नम्बर ७, चाबहिलमा रहेको गंगाहिटी घाटको। उक्त घाटमा अन्तिम संस्कार गर्दा आफूहरुको बाँच्न पाउने अधिकार हनन भएको भन्दै उनीहरु सर्वोच्च पुगेका थिए।

उक्त विवाद आफ्नो इजलासमा परेपछि न्यायाधीशद्वयले अन्तर्राष्ट्रिय अभ्यास, बाँच्न पाउने अधिकार अन्तर्गतका महासन्धि र वातावरण सम्बन्धी विभिन्न देशका अभ्यासहरुको अध्ययन गर्दै फैसला सुनाएका थिए। उनीहरुले निवेदकको पक्षमा रिट जारी हुने फैसला सुनाउँदै तीन बुँदे निर्देशनात्मक आदेश पनि जारी गरे। 

के थियो विवाद? 
काठमाडौं महानगरपालिकाको ७ नम्बर बडामा रहेको गंगाहिटीमा वर्षौंदेखि शवदहनको कार्य हुँदै आएको थियो। स्थानीय र महानगरका बीचमा विवाद चलिरहँदा २०७६ फागुन २० गते महानगरपालिकाले शवदाहगृह निर्माणका लागि कंक्रिटको संरचना बनाउन बोलपत्र आह्वानन गर्‍यो।

उक्त बोलपत्र अनुसार राउचुली कन्स्ट्रक्सनसँग २०७७ असार ११ गते सम्झौता भयो। आफ्नो घर, दैलो, आँगनमा पक्की शवदहनस्थल निर्माण हुन थालेपछि स्थानीयवासी आन्दोलित भए। उनीहरुले ठेक्कामा काम गर्न नदिने भन्दै महानगरदेखि वडासम्म आन्दोलन गरे। तर ठेक्का भइसकेका कारण उनीहरुको केही लागेन।

अन्तत: उनीहरु घाट हटाउन माग गर्दै सर्वोच्च अदालत पुगे। सर्वोच्चले सुरुमा अन्तरिम आदेश जारी गरेन। अन्तिममा फैसला गर्दा उनीहरुको पक्षमा सुनायो तर सर्वोच्चले धेरै ब्याख्या गरेर मात्र आदेश जारी गरेको छ। सर्वोच्चले उक्त फैसलाको पूर्णपाठ हालै मात्र सार्वजनिक गरेको छ। 

के छ सर्वोच्चको तीन बुँदे निर्देशनात्मक आदेशमा? 
- माथि उल्लिखित शवदहनस्थलमा लास जलाउने कार्य गर्न उपयुक्त नदेखिएकाले सो देखि बाहेकको स्थानमा प्रत्यर्थीमध्येका काठमाडौं महानगरपालिका ७ नम्बर वडा समितिले सम्बन्धित सरोकारवालाहरु समेतको सहभागिता र सहमतिमा अन्य प्रत्यर्थीहरुसँग समेत आवश्यक समन्वय र सहकार्य गरी शवदहनका लागि उपयुक्त स्थलको पहिचान गरी सम्बन्धित समुदायलाई उपलब्ध गराउने। 

Ncell 2
Ncell 2

- काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित गंगाहिटीमा रहेको उल्लिखित शवदहनस्थल तथा शवदाहगृहसँग भावनात्मक रुपले जोडिएका सम्बन्धित समुदायको आस्था र भावनाको कदरका लागि काठमाडौं महानगरपालिका ७ नम्बर वडा समितिले सम्बन्धित समुदाय वा सरोकारवालाहरुसँग आवश्यक समन्वय गरी सो स्थानको समुचित संरक्षण गर्न आवश्यक व्यवस्था मिलाउने। 

- प्रत्यर्थीमध्येका काठमाडौं महानगरपालिकाले दाहसंस्कार कार्यलाई वातावरणमैत्री बनाउनका लागि नेपाल सरकारसँग समेत आवश्यक समन्वय गरी नगर क्षेत्रमा रहेका परम्परागत शवदहन स्थलहरुको संख्या र अवस्थाको बारेdf विस्तृत अध्ययन अनुसन्धान समुचित संरक्षण गर्न आवश्यक व्यवस्था मिलाउन। 

- प्रत्यर्थीमध्येका काठमाडौं महानगरपालिकाले दाह संस्कार कार्यलाई वातावरणमैत्री बनाउनका लागि नेपाल सरकारसँग समेत आवश्यक समन्वय गरी नगर क्षेत्रमा रहेका परम्परागत शवदहन स्थलहरुको संख्या र अवस्थाका बारेमा विस्तृत अध्ययन अनुसन्धान गरी काठ, दाउरा वा इन्धन खपत कमी हुने वा कम प्रदूषणयुक्त धुँवा उत्सर्जन हुने प्रविधियुक्त शवदाहगृह स्थापना गर्ने सम्बन्धमा सम्बन्धित समुदाय र सरोकारवालाहरुसँग आवश्यक छलफल र समन्वय गरी उपयुक्त निर्णय गरी कार्यान्वयन गर्ने गराउने।

सर्वोच्चको ब्याख्या ‘धार्मिक आस्था र विश्वासको अधिकार व्यक्ति वा समुदायको विशुद्धः निजी मामिला’ 
सर्वोच्चले लास जलाउने र कसरी जलाउने भन्ने कुरा धार्मिक आस्था र विश्वासको कुरा भएको व्याख्या आफ्नो पूर्णपाठमा गरेको छ। त्यस्तै धार्मिक आस्था र विश्वासको अधिकार व्यक्ति वा समुदायको विशुद्ध निजी मामिला हुने भन्दै त्यसका कसैले निर्देशन गर्न नमिल्ने पनि भनेको छ।  

‘धर्मको हक अन्तर्गत धार्मिक मान्यता अनुरुपका खानपिन र पोसाक सम्बन्धी नियम, भाषागत संस्कार र गर्भावस्थादेखि जीवनोपरान्त गरिने मृत्यु संस्कारसम्मका सामाजिक जीवनका विभिन्न चरणमा गरिने सामाजिक, सांस्कृतिक संस्कार र परम्परा समेटिन्छन्,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कुनै पनि जात जाति वा समुदायले परम्परादेखि गर्दै आएको अन्त्येष्टि संस्कारलाई सोही रुपमा अवलम्बन गर्न पाउने अधिकार समेत धार्मिक तथा सांस्कृतिक अभ्यास र अवलम्बनको अधिकार अन्तर्गत निहित हुने देखिन्छ।’ 

शवदहनस्थलमा आफ्नो धार्मिक-सांस्कृतिक आस्था र प्रचलन अनुरुप शवदहन सम्बन्धी अन्त्येष्टि क्रिया गर्न पाउने सम्बन्धित समुदायको अधिकार रहेको अवस्था भएको भन्दै सर्वोच्चको पूर्णपाठमा  शवदहनस्थलसँगै घर आँगन जोडिएको टोल बस्तीका बासिन्दाहरुले प्रदूषण र कोलाहलमुक्त वातावरणमा जीवनयापन गर्न पाउने हकको प्रश्न देखिएको भनेको छ। 

‘बिहान दिउँसो वा रात-साँझ कुनै पनि बेला टोल बस्तीको बीचको- आफ्नै घर अगाडिको शवदहनस्थलमा हुने शवदहन दृश्यबाट उत्पन्न मनोसामाजिक त्रासदी सामान्य मानिसले परिकल्पना र सहन गर्न सक्ने क्षमताभन्दा बाहिरको विषय हो,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यो कुरा यस इजलासले सहज अनुमान गरेको छ। त्यस्तो अकल्पनीय असहज वातावरणबाट मुक्त भै सामान्य र स्वभाविक रुपमा जिउन पाउने स्थानीयवासीको हकको प्रत्याभूति हुनुपर्ने अवस्था पनि त्यतिकै टडकारो देखिन्छ।’ 

सांस्कृतिक अभ्यासलाई निरन्तरता दिँदा स्थानीयबासीका स्वास्थ्य र स्वच्छ वा बाँच्न पाउने हकमा निरन्तर असर पर्न जाने अवस्था देखिन आएको फैसलामा भनिएको छ। 

‘संविधानले नै सार्वजनिक स्वास्थ्य, नैतिकता र शिष्टाचारमा प्रतिकुल प्रभाव पार्ने धार्मिक-सामाजिक कृत्यलाई राज्यले सीमा बन्देज लगाउन सक्ने प्रावधान राखेको र उक्त मान्यतालाई अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानुनले समेत स्वीकार गरेको सन्दर्भमा धार्मिक-सामाजिक-सांस्कृतिक हकको अभ्यास गर्दा सार्वजनिक स्वास्थ्य र शिष्टाचारमा प्रतिकुल प्रभाव नपर्ने गरी गर्नुपर्ने स्पष्ट हुन आउँछ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘आफ्नो हक अधिकारको प्रयोग अन्य व्यक्ति वा समुदायको हक अधिकारमा प्रतिकुल असर नपर्ने गरी गर्नु मानवअधिकार विधिशास्त्रको स्वीकार्य मान्यता पनि हो।’ 

शवदहनस्थलको विभिन्न कोणबाट लिइएका फोटोहरु हेर्दा शवदहनस्थलको चारैतर्फ सो सबै जोडिएका अग्ला ठूला घर रहेका र सो शवदहनस्थल घनाबस्तीयुक्त टोल-बस्तीको बीच भागमा रहेको देखिन आएको फैसलामा उल्लेख छ। 

अस्पतालको छेउमै शवदहनस्थल रहनु एक सामान्य पर्यवेक्षकको दृष्टिमा पनि बिरामीहरुको स्वास्थ्य र मनोविज्ञानको दृष्टिले जायज नभएको फैसलामा भनिएको छ। 

‘अस्पताल नजिकै शवदाह गर्दा वातावरणमा प्रतिकुल असर पर्न जाने तथा अस्पतालमा उपचाररत बिरामीहरुलाई मनोवैज्ञानिक असर पर्ने, लास जलाउँदा उत्पन्न हुने रसायनहरुले यस अस्पतालमा काम गर्ने कर्मचारी लगायत स्थानीय बासिन्दाहरुलाई समेत दीर्घकालीन रुपमा स्वास्थ्यमा समस्याहरु देखिने हुन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘अस्पताल र बस्तीका बीचमा रहेको शवदहनस्थलमा लास जलाउँदा अस्पतालका बिरामी तथा स्थानीय बासिन्दालाई नकारात्मक असर पर्ने तथ्य देखिन्छ।’ 

‘नेपालको संवैधानिक तथा कानूनी व्यवस्था, अन्तर्राष्ट्रिय कानुन तथा तुलनात्मक विधिशास्त्रका विकसित मान्यता समेतका आधारमा कुनै पनि समुदायले परम्परादेखि अभ्यास गर्दै आएको शवदहनस्थल अव्यवस्थित शहरीकरणको परिणाम स्वरुप मानव बस्ती बीचमा पर्न गएको अवस्थामा त्यसबाट उत्सर्जित धुवाँ, दुर्गन्ध तथा अन्य समवेदनाजन्य चित्कारबाट वातावरण तथा मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्न त्यस्तो शवदाह स्थललाई मानव बस्तीभन्दा अलग कुनै उपयुक्त स्थानमा स्थानान्तरण वा व्यवस्थापन गर्न नसकिने भन्ने देखिन आएन,’ फैसलामा भनिएको छ, ‘यसबाट सम्बन्धित समुदायको धार्मिक स्वतन्त्रता वा साँस्कृतिक अभ्यासमा बाधा पुर्याएको भनी मान्न मिल्ने देखिएन। यस स्थितिमा निवेदन दावी बमोजिम गंगाहिटीमा रहेको शवदहनस्थलमा शवदाह कार्य रोकी उक्त शवदाह स्थल मानव बस्ती भन्दा अलग कुनै उपयुक्त स्थानमा स्थानान्तरण गर्न आवश्यक र उपयुक्त देखियो।’

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्