• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

यी ९ खेलाडीले मात्र जित्न सकेका छन् फुटबलमा महत्त्वपूर्ण मानिने ‘ट्रिपल क्राउन’

64x64
नेपाल लाइभ शनिबार, पुस २३, २०७९  १४:५७
1140x725

काठमाडौं– गत डिसेम्बर १८ मा कतारमा विश्वकप जितेसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसी फुटबलमा सबैभन्दा महत्वपूर्ण मानिने तीनवटै उपाधि वा पुरस्कार जित्ने दुर्लभ खेलाडीमा दर्ज भएका छन्।

फुटबलमा विश्वकप, युरोपियन च्याम्पियन्स लिगको उपाधि र व्यक्तिगत अवार्ड बालोन डि‘ओरलाई महत्वपूर्ण मानिन्छ। यी तीनवटै उपाधिलाई एउटै भाषामा ‘ट्रिपल क्राउन क्लब’ भनिन्छ।  ट्रिपल क्राउन जित्नु फुटबलमा दुर्लभ मानिन्छ। किनकि, हालसम्म यी तीन उपाधि जित्ने जम्मा नौजना मात्र खेलाडी छन्। 

डिएगो म्याराडोनाजस्ता सर्वकालीन महान भनिने र अहिलेका क्रिस्टियानो रोनाल्डो र केलियन एम्बाप्पेजस्ता खेलाडीले समेत ‘ट्रिपल क्राउन’ जितेका छैनन्।

यद्यपि, अर्जेन्टिनाका मेसीसँगै इंग्ल्याण्डका बबी चार्लटन, जर्मनीका फ्रान्ज बेकनबाउर, जर्मनीकै गर्ड मुलर, इटालीका पाब्लो रोसी, फ्रान्सका जिनेदिन जिदान तथा ब्राजिलका, रिभाल्डो, रोनाल्डिन्हो र काकाले भने महत्त्वपूर्ण तीनवटै उपाधि जितेका छन्। अब यसबारे चर्चा गरौंः

१. बबी चाल्टन (इंग्ल्याण्ड)

बबी चाल्टन सन् १९६६ मा इंग्ल्याण्डले पहिलो र एकमात्र विश्वकपको उपाधि जित्दा महत्वपूर्ण सदस्य थिए। सो विश्वकपमा तीन गोल गरेका चाल्टनले त्यसैवर्षको बालोन डि‘ओरको उपाधिसमेत जितेका थिए। यस्तै, उनले १९६८ मा च्याम्पियन्स लिगको उपाधि जित्दै ट्रिपल क्राउनमा आफूलाई उभ्याउने पहिलो खेलाडी बने। चाल्टनले यो उपाधि म्यानचेस्टर युनाइटेडबाट जितेका थिए।

२. फ्रान्ज बेकनबाउर (जर्मनी)

Ncell 2
Ncell 2
nimb
nimb

जर्मनीका फ्रान्ज बेकनबाउरले पनि फुटबलका महत्वपूर्ण तीन उपाधि जितेका छन्। उनले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीबाट आफ्नै कप्तानीमा विश्वकपको उपाधि जितेका थिए। साथै, उनले बायर्न म्युनिखबाट १९७४, ७५ र ७६ गरी तीनवटा  च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यस्तै, उनले १९७२ र ७६ गरी दुईपटक बालोन डि‘ओर हात पारेका छन्।

३. गर्ड मुलर (जर्मनी)

बेकनबाउरसँगै गर्ड मुलरले पनि सन् १९७४ मा पश्चिम जर्मनीको तर्फबाट विश्वकपको उपाधि जितेका थिए। साथै, उनले सोही वर्ष अर्थात १९७४ र ७६ मा च्याम्पियन्स लिग जितेका थिए। यसैगरी, उनले १९७० मा बालोन डि‘ओरको उपाधि जित्न सफल भए।

Xtrem

Xtrem

४. पाब्लो रोसी (इटाली)

इटालीका पाब्लो रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए। साथै, उनले त्यसै वषर्ए बालोन डि‘ओर पनि जिते। यस्तै, उनले १९८५ मा च्याम्पियन्स लिगको उपाधि जित्न सफल भए।

५. जिनेदिन जिदान (फ्रान्स)

फ्रान्सका अट्याकिङ मिडफिल्डर जिनेदिन जिदानले सन् १९९८ ले विश्वकप जितेका थिए। फाइनलमा उनले दुई गोल गरेका थिए। उनले त्यसै वर्ष बालोन डि‘ओर पनि जिते। यस्तै, जिदानले २००२ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका थिए।

६. रिभाल्डो (ब्राजिल)

रिभाल्डोले सन् २००२ मा ब्राजिलका लागि विश्वकप जितेका थिए। उनले सो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच गोलसमेत गरेका थिए। उनले २००३ मा इटालियन क्लब एसी मिलानबाट च्याम्पियन्स लिग जितेका थिए।

७. रोनाल्डिन्हो (ब्राजिल)

रोनाल्डिन्हो पनि रिभाल्डोजस्तै सन् १९९५ मा विश्वकप जित्दाका ब्राजिली टोलीका सदस्य हुन्। सो विश्वकपमा उनले दुई गोल गरेका थिए। साथै, उनले २००५ मा बालोन डि‘ओर पनि जितेका छन्। यसैगरी, उनले २००६ मा स्पेनिस क्लब बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जित्न सफल भए।

८. काका (ब्राजिल)

रिभाल्डो र रोनाल्डिन्होसँगै काकाले पनि सन् २००२ मा विश्वकपको उपाधि उचाले। उनले २००७ मा एसी मिलानबाट च्याम्पियन्स लिगको उपाधि उचालेर बालोन डि‘ओरसमेत जिते।

९. लियोनल मेसी (अर्जेन्टिना)

यसअघि चारपटक च्याम्पियन्स लिग र सर्वाधिक सातपटक बालोन डि‘ओर जितिसकेका लियोनल मेसी कतारमा भर्खरै सम्पन्न विश्वकपको उपाधि जितेसँगै ट्रिपल क्राउन क्लबमा नाम लेखाउने अन्तिम तथा नवौं खेलाडी भएका छन्। अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउँदा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सात गोल र तीन असिस्ट गर्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले जित्ने गोल्डेन बलसमेत प्राप्त गरे।

मेसीले सन् २००६, ९, ११ र १५ मा गरी चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका हुन्। उनले यी सबै उपाधि बार्सिलोनाबाट जितेका हुन्। 

यसैगरी, मेसीले २००९, १०, ११, १२, १५, १९ र २१ गरी सातपटक बालोन डि‘ओरको उपाधि जितेका छन्। उनी सबैभन्दा धेरै बालोन डि‘ओर जित्ने खेलाडीसमेत हुन्। विश्वकप जितेसँगै यो वर्ष पनि उनले नै बालोन डि‘ओर जित्नसक्ने विश्लेषण गरिएको छ।    
   
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स नेदरल्यान्ड्सका कोडी गाक्पोले इन्जुरी टाइममा गोल गरेपछि नेदरल्यान्ड्सले नेसन्स लिगको समूह ‘ए२’ को पहिलो खेलमा जर्मनीसँग १–१ को बराबर... शुक्रबार, असोज ९, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्