• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गठन भएको २० वर्षपछि बल्ल नियमावली पाउँदै विशेष अदालत

64x64
नेपाल लाइभ सोमबार, पुस २५, २०७९  १२:०४
1140x725

काठमाडौं- कुनै पनि कानुनी निकाय निर्माण भएपछि त्यसका लागि आवश्यक नियमावली वा नियमहरु निर्माण हुन कति समयमा लाग्ला?, सहजै अनुमान गर्न सकिन्छ- बढीमा केही महिना, ढिलोमा एक वर्ष।

तर, अदालतकै नियमावली बन्न २०औं वर्ष लागेको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। पत्याउनै मुस्किल पर्ने यो तथ्य हो, विशेष अदालत काठमाडौंको। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र केही पुनरावेदन निवेदन सुनुवाइका लागि गठन भएको विशेष अदालतकै हालसम्म नियमावली छैन। 

तत्कालीन समयमा भ्रष्टाचार, राज्य विरुद्धको अपराध र लागुऔषधका कतिपय मुद्दा हेर्न विशेष अदालत गठन गरिएको थियो। विशेष अदालत ऐन २०५९ मार्फत् यो अदालत गठन भएको थियो।

यस्ता मुद्दा तत्कालीन पुनरावेदन अदालतले सुनुवाइ गर्ने गरेको थियो। उक्त अदालतमा मुद्दा धेरै हुने अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाको सुनुवाइका लागि पालो नै नआउने भएपछि विशेष अदालत गठन गरिएको थियो। विशेषले सम्पत्ति शुद्धीकरण ऐन आएपछि त्यस अन्तर्गतका मुद्दा पनि सुनुवाइ गर्ने अधिकार पाएको थियो। 

हाल नियमित अदालतअन्तर्गत ३ तहका अदालत रहेका छन्। नेपालको संविधानले धारा १५२(१) मा विशिष्टीकृत अदालतको व्यवस्था गरी खास किसिम र प्रकृतिका मुद्दाहरुको कारबाही र किनारा गर्न संघीय कानुन बमोजिम अन्य विशिष्टीकृत अदालत, न्यायिक निकाय वा न्यायाधिकरणहरुको स्थापना गर्न सकिने व्यवस्था गरिएको छ। विशेष अदालत संविधानको यही व्यवस्था अन्तर्गत रहँदै आएको छ। 

विशेष अदालत ऐन, २०५९ को दफा ३ ले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास किसिमका मुद्दाहरुको कारबाही र किनारा छिटो-छरितो तथा प्रभावकारी ढंगले गराउन न्याय परिषदको परामर्शमा आवश्यक सदस्य रहेको विशेष अदालतको गठन गर्न सक्ने भनिएको छ। 

लामो समयदेखि संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको सुनुवाइका लागि पनि विशेष अदालत गठन हुने कुरा चलिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप ऐनमा पनि विशेष अदालत गठन गरिने उल्लेख छ। 

२०५९ असार ५ गते राजपत्रमा सूचना प्रकाशित गर्दै २०५९ साल भदौ ६ गते विशेष अदालतको स्थापना भएको थियो। 
२०५७ सालमा अध्यादेशमार्फत लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतका मुद्दा, राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६, जिउ मास्ने, बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ र पछि २०५९ सालदेखि कानुन बनाई विशेष अदालतको स्थापना गरिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

राजपत्रमा प्रकाशित सूचनाबमोजिम राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, भ्रष्टाचार निवारण ऐन २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ अन्तर्गतका मुद्दा दायर हुने गरी विशेष अदालतको सुरुको क्षेत्राधिकार तोकिएको थियो। 

सर्वोच्च अदालतको फुलकोर्ट पुग्दै नियमावली 
सर्वोच्च अदालतका अनुसार विशेष अदालत स्थापना भएको लामो समयसम्म पनि नियमावली निर्माण नहुँदा समस्या भएको गुनासो आएपछि एक कमिटी गठन गरेर नियमावली मस्यौदा गरेको थियो। सुरुमा विशेष अदालतलाई नै यस्तो मस्यौदा बनाउन जिम्मा दिइएको थियो। विशेषले निर्माण गरेको मस्यौदामा अहिले  सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा अन्तिम रुप दिने कार्य भइरहेको छ।

उक्त समितिमा न्यायाधीशहरु नहकुल सुवेदी र प्रकाश ढुंगाना सदस्य रहेका छन्। उक्त समितिमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र मुख्य रजिष्ट्रार लालबहादुर कुँवर पनि छन्। 

उक्त समितिले विशेष अदालतको नियमावलीलाई अन्तिम रुप  दिँदै फुलकोर्टमा पेस गर्ने तयारी गरेको छ। फुलकोर्टमा छलफल भएर पारित भएसँगै यसले पूर्णता पाउनेछ। अनि विशेष अदालतले २० वर्षपछि आफ्नो नियमावली पाउनेछ।

Xtrem

Xtrem

विशेष अदालतका रजिष्ट्रार अशोकुमार क्षेत्रीले आफू विशेष अदालतको रजिष्ट्रारको रुपमा जिम्मेवारी लिएर आउँदा नियमावली नै नभएको पाएपछि यसका लागि पटकपटक आग्रह गरेको र अब मात्र त्यसले सार्थकता पाउन लागेको बताए।  

विशेष अदालतमा  भ्रष्टाचारका ठूलाठूला मुद्दाहरु सुनुवाइ गर्ने भएकाले सबैको ध्यानाकर्षण भएको तर नियमावली बनाउने कुरामा लामो समय कसैको पनि ध्यान नगएका कारण लामो समयसम्म यस्तो भएको देखिएको उनको बुझाइ छ। 

विशेष अदालतको मुद्दाको चापको अनुपात र संकुचित पूर्वाधार एवं मनोबलमा सीमित न्यायिक जनशक्तिका अतिरिक्त यथोचित साधन र स्रोतमा पुनरावलोकन पनि अब नियमावली आएपछि सहज हुने उनले बताए। सबै कुरा ऐनमा समेट्न सम्भव नहुने र नियमावली नहुँदा विभिन्न रुपमा काम चलाइरहेका कारण धेरै कामहरु गर्न सहज हुने विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले बताए। 

‘कतिपय काम नियमावली अनुसार गर्नुपर्ने हुन्छ तर नियमावली नै छैन। निर्णयकै भरमा गर्नुपर्ने वा नगर्नु पर्ने समस्या भइरहेको थियो,’ उनले भने, ‘नियमावली बनेपछि यस्तो समस्या समाधान हुन्छ। कतिपय प्रशासनिक कार्यमा पनि सहज हुन्छ।’

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते
सम्बन्धित सामग्री
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो। सोमबार, असोज २६, २०८३
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा थप मर्मतसम्भार गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्