• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

हेल्मेट लगाउँ, जीवन बचाउँ 

भगवती सेढाईं/पुष्प राज पन्त आइतबार, पुस १७, २०७९  १६:४८
1140x725

रौतहटमा शनिबार (पुस १६ गते) साँझ एउटा जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भयो। गौर-चन्द्रपुर सडकखण्डअन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी अस्ट्रेलियामा समेत नेपालीले साथीको मोटरसाइकल चलाउँदा दुर्घटनामा परेर ज्यान गुमाएका दु:खद् समाचार पनि आएको छ।

प्राप्त समाचारहरुका अनुसार मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक तथा पछाडि बस्ने दुवै जनाले हेल्मेट लगाएको वा न लगाएको समाचारमा खुलेको छैन। प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेको मानिसले समात्ने वा टेक्ने दरिलो भर नहुँदा हुत्तिएर चालकभन्दा पहिले सडकको सतहमा बजारिने उच्च सम्भावना हुन्छ र अधिकांशले हेल्मेट नलाउने भएकोले तुरून्तै टाउको र मस्तिष्कमा गम्भीर चोट लाग्छ। यस्तो खतरा बालबालिकालाई अझै बढी छ। तर प्राय: सडक दुर्घटनाहरुमा हेल्मेट लगाउने चालक घाइते भए पनि उनको ज्यान बच्ने सम्भावना धेरै हुन्छ।

‘अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) को अध्ययन अनुसार हेल्मेट मोटरसाइकल दुर्घटनाबाट मस्तिष्कमा चोटपटक लाग्नबाट रोक्न ६७ प्रतिशत र त्यसबाट हुने मृत्युलाई रोक्न ३७ प्रतिशत प्रभावकारी रहेको देखाएको छ।

नेपालको संसद्‌बाट सडक सुरक्षा विधेयकको मस्यौदा अहिलेसम्म पनि अनुमोदन भएको छैन। यस विधेयकको घोषणा हुन अझ कति धेरै समय लाग्ने हो थाहा छैन, तर यसमा भएको ढिलाइले गर्दा नेपालको सडक सुरक्षा व्यवस्थापन सवारी तथा यातायात व्यवस्थापन ऐन र त्यसबाट निर्दिष्ट ढाँचामा निर्भर छ। प्रचलित सवारी साधन यातायात व्यवस्थापन ऐन र यसका मातहतका नियम, कानुनहरूले सडक प्रयोगकर्ताहरूको सुरक्षासँग धेरै सरोकार राख्दैनन्।

हेल्मेट लगाउनाले मोटरसाइकल प्रयोगकर्तालाई दुर्घटनामा पर्दा टाउकोमा गम्भीर चोट लाग्ने वा मृत्यु हुनबाट जोगाउँछ भन्ने तथ्य प्रमाणित कुरा हो। त्यसैले मोटरसाइकलका बाल यात्रुका लागि हेल्मेट प्रयोगको बारेमा कुनैं प्रावधानहरु उल्लेख नगरे पनि सवारी साधन यातायात व्यवस्था ऐन (२०४९) को दफा १३०(२) ले पनि मोटरसाइकल चालक र पछाडि सवार दुबैले सुरक्षाका लागि हेल्मेट अनिवार्य प्रयोग गर्ने व्यवस्था गरेको हो। तर पछाडि सवार वयस्क व्यक्तिले पनि हेलमेटको प्रयोग नगण्य छ। यस प्रावधानको कार्यान्वयनका लागि जिम्मेवार निकायहरू नियमबारे राम्ररी सचेत नभएको र त्यसको सहज कार्यान्वयनका लागि तयार नभएको सामान्य अवलोकनले पनि देखाउँछ। राजनीतिक इच्छाशक्ति, स्रोत क्षमता, सार्वजनिक मनोवृत्ति र मोटरसाइकल हेल्मेट प्रयोगसम्बन्धी प्रावधानहरूलाई प्रभाव पार्ने तत्वहरू हुन् र यी पक्षहरुमा सकारात्मक परिवर्तन ल्याउने कार्य एक ठूलो चुनौती भएको छ। अपर्याप्त संस्थागत संरचना र जनशक्तिको कारणले अन्य विद्यमान कानुनी प्रावधानहरू कार्यान्वयन र लागु गर्ने नेपालको प्रयासमा पनि ठूलो बाधा पुगेको छ। यी सबै समस्याहरूका लागि कमजोर स्रोत र व्यवस्थापनको योजनालाई दोष दिन सक्छौं। ट्राफिक नियम पालना गराउने जिम्मा भएको नेपाल प्रहरीमा कार्यरत जनशक्तिको संख्या पनि अपुग छ भने हेल्मेट प्रयोग कार्यान्वयन गराउने ठोस रणनीतिको पनि अभाव छ।

अचेल मोटरसाइकल पारिवारिक (निजी) आवतजावतको साधन मात्र नभइ सार्वजनिक यातायात (राइड सेयर) को माध्यम पनि बनेको छ। जसको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्य ह्वात्तै बढिरहेको छ। यसर्थ, मोटरसाइकल पछाडि सवार व्यक्तिका लागि पनि अनिवार्य हेल्मेट प्रयोगलाई प्रवर्द्धन गर्ने समय आएको छ। यसको लागी प्रयोगकर्तालाई सहज हुने गरी मोटरसाइकलमा दोस्रो हेल्मेट राख्ने व्यवस्था गर्ने उपायको खोजी गर्न सकिन्छ।

विश्वका अन्य देशमा जस्तै नेपालमा पनि सडक र ट्राफिक सुरक्षा नियम पालना गराउँदा उठ्ने रकमले राजस्व वृद्धि हुन्छ। आर्थिक वर्ष २०७८/७९ मा मात्रै जरिवानाबाट डेढ अर्ब रूपैयाँ बराबरको राजस्व संकलन गर्न भएको रहेछ, जुन रकम राज्यले सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूको तलब र सुविधामा खर्च गरेको रकमको झण्डै बराबर हो। यद्यपि ट्राफिक नियम उल्लंघन गर्ने सबैलाई पक्राउ गर्न नसकेको कुरा अधिकारीहरूले नैं स्वीकार गर्दछन्। जसले गर्दा दण्डहीनता र सडकमा हुने त्रासदी कम गर्न सकिएको छैन। देशमा बढ्दो बेरोजगारी र ट्राफिक नियम पालना गराउने जनशक्ति अभावलाई परिपूर्ति गर्न हामी सम्बन्धित निकायलाई वैदेशिक रोजगारीमा जान तयार हजारौं युवा मध्येबाट ५ हजार जति योग्य व्यक्ति छनोट गरी रोजगारीको व्यवस्था गर्ने सुझाव दिन चाहन्छौं।

राज्यले कुनै समयमा मोटरसाइकलको पछाडि बस्ने व्यक्तिहरूलाई हेल्मेट लगाउन निषेध गरेको हुनाले हामी मोटरसाइकलमा यात्रुको रूपमा यात्रा गर्दा हेल्मेटको प्रयोग नहुँदा सर्वसाधारणलाई यसको जिम्मेवार ठहराउन सक्दैनौं। नियम र कार्यविधिले पदाधिकारीहरूको कर्तव्य स्पष्ट रूपमा उल्लेख गरेता पनि, यी कुनै पनि कागजातहरूले हेल्मेट नियम लागू गर्ने रणनीतिहरू सही रूपमा वर्णन नगर्ने हुनाले यसले स्थितिलाई थप चुनौतीपूर्ण बनाएको देख्न सकिन्छ।

nimb
nimb

हेल्मेटको सही प्रयोग प्रवर्द्धन किन?
गुणस्तरीय मापदण्डको हेल्मेटको सही प्रयोग प्रवर्द्धनको सन्दर्भमा ‘हेलमेट प्रयोग नगर्ने मोटरसाइकल प्रयोगकर्ताहरूलाई सधैं टाउकोमा घातक वा गम्भीर चोटपटक लाग्ने जोखिम हुन्छ’ भन्ने निष्कर्षमा पुग्न रकेट विज्ञानको ज्ञान नै आवश्यक रहेको जस्तो भने हामीलाई लाग्दैन। अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) को अध्ययनका अनुसार हेल्मेटले मोटरसाइकल दुर्घटनाबाट मस्तिष्कमा चोटपटक लाग्नबाट रोक्न ६७ प्रतिशत र त्यसबाट हुने मृत्युलाई रोक्न ३७ प्रतिशत प्रभावकारी रहेको देखाएको छ। त्यसैगरी, नासा फाउन्डेसन नेपालले हालै अस्पतालका बिरामीहरूमा गरेको अध्ययनका अनुसार सडक दुर्घटनाका घाइतेमध्ये टाउकोमा चोटपटक लाग्ने चालकको संख्या १३ प्रतिशत रहेको र पछाडि सवार यात्रुमा यो संख्या ३७ प्रतिशत रहेको पाएको छ। यसले सतप्रतिशत चालकले हेल्मेट प्रयोग गरेको हुनाले चालकको तुलनामा ‘पिलियन राइडर’हरूको टाउकोमा चोटपटक लाग्ने सम्भावना तीन गुणा बढी हुने रहेको देखाउँछ, जबकि ३ प्रतिशत पिलियन राइडरले मात्रै हेल्मेटको प्रयोग गर्ने गरेको पाइन्छ। मोटरसाइकल प्रयोग गर्ने र हाम्रो अध्ययनको विषय भएका ३०५ बिरामीहरूमध्ये, २३२ (७६ प्रतशित) चालक थिए भने ७३ (२४ प्रतिशत) पछाडि सवार यात्रु रहेका थिए। यसबाट पनि हेल्मेट नलगाउने, तर दुर्घटनामा सबैभन्दा बढी टाउकोमा चोटपटकको सिकार हुनेमा मोटरसाइकल पछाडि सवार यात्रुको संख्या ठूलो रहेको देख्न सकिन्छ।

संयुक्त राष्ट्र संघको नेतृत्वमा र विश्व स्वास्थ्य संगठनको समन्वयमा अन्तर्राष्ट्रिय सडक सुरक्षा समुदायले मोटरसाइकल हेल्मेट प्रयोग बारे अनुसन्धान, प्रमाणहरू र निर्देशिकाहरू तयार पारेको छ। विश्व स्वास्थ्य संगठन , एफआईए फाउन्डेसन, ग्लोबल रोड सेफ्टी पार्टनरसिप (जीआरएसपी), र विश्व बैंकद्वारा विकसित निर्णय निर्माताहरूका लागि हालै प्रकाशितसडक सुरक्षा गाइडबुकले अनिवार्य हेलमेटको प्रयोग नियम, आईएसओ गुणस्तरीय हेलमेटको प्रयोग र ठूलो मात्रामा जरिवाना गर्ने उपायहरू मोटरसाइकल प्रयोगकर्ताहरुका लागि सबैभन्दा प्रभावकारी हुन्छन् भनेर देखाउँछ। 

सडक दुर्घटना र सुरक्षाको लागि हेल्मेट प्रयोग विषयमा जनसङ्ख्याको एक सानो भागले विरोध व्यक्त गरेको देखिन्छ, जुन एकदम उपयुक्त पनि छ, किनकि यसले सडकमा भएका अन्य जोखिमहरू हटाएर सडकलाई सुरक्षित बनाउन नसके मानिसहरूलाई किन हेल्मेट मात्र लगाउन बाध्य पारिन्छ? भन्ने महत्त्वपूर्ण प्रश्न उठाएको छ, र हेल्मेट आफैंले सवारी दुर्घटना रोक्न सक्दैन भन्ने पनि सत्य हो। 

यसर्थ, मोटरसाइकल हेल्मेटको कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राज्यले मोटरसाइकल सवारहरूलाई उचित मूल्यमा, सुरक्षित ड्राइभिङ वातावरणमा र दुर्घटना पछिको प्रतिक्रिया दिने सक्षम सेवाहरू उपलब्ध गराउन तयार हुनुपर्दछ। त्यसो गर्नु सडक सुरक्षाको लागि हामी सबैको साझा जिम्मेवारी पनि हो। यी सुरक्षाका प्राबधानहरू लागू भए भने राज्यले व्यक्तिलाई थप नियमहरू पालना गर्न बाध्य पार्न सक्दछ। मोटरसाइकलको प्रयोग र दुर्घटनाहरू पहिलेको तुलनामा धेरै र बारम्बार हुने भएकाले अब धेरै मानिसको जीवन बचाउनको लागि गुणस्तरीय हेलमेट लगाउनु पहिलेभन्दा धेरै नै महत्त्वपूर्ण रहेको छ। यसका लागि विश्वव्यापी उत्कृष्ट हेल्मेट प्रयोगका अभ्यासहरू अनुकूलन गरेर, हेलमेट सुरक्षा कार्य योजनाहरू विकास गरेर र राजनीतिक नेताहरूलाई समर्थन गर्न र अनिवार्य हेलमेट प्रयोगको वकालत गर्न थप जिम्मेवार बनाएर सुरु गर्न सकिन्छ। यस्ता गतिविधिका साथसाथै सरकारले पर्याप्त बजेट विनियोजन गर्ने, अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न जनतालाई विश्वास दिलाउन र व्यवहारमा हेलमेटको प्रयोगलाई कडाइका साथ अनुगमन गर्न आवश्यक छ। 


सडक सुरक्षासम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाईं पद्मकन्या क्याम्पसको जनसंख्या विभागसंग आबद्ध छिन्। त्यस्तै डा पुष्प राज पन्त ब्रिटेनस्थित वेस्ट अफ इङ्गल्याण्ड ब्रिस्टल युनिभर्सिटीसँग आबद्ध अनुसन्धानकर्ता हुन्।


अनुवादः प्रकृति अर्याल

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा
देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा शनिबार, भदौ १३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षाको सम्भावना शनिबार, भदौ १३, २०८३
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्