• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘नो रेमिट्यान्स’ अभियानले अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ? 

64x64
सुमित्रा कार्की शुक्रबार, पुस १५, २०७९  २०:३८
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका छन्।

भन्सार विभागले विमानस्थल भन्सार कार्यालयहरूलाई शुक्रबार (पुस १५) बाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न सरकारले निर्देशन दिएको छ।

कारण हो, विदेशमा रहेका नेपालीले सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाउनु। यसअघि, सरकारले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो। यसैअनुसार विदेशबाट आएका यात्रुले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने र दोस्रोको लागि १८ प्रतिशतसम्म भन्सार तिरेर प्रज्ञापनपत्र लिने व्यवस्था गरिएको थियो।

‘नो रेमिट्यान्स’ अभियान चलाउँदै विभिन्न देशमा रहेका नेपालीले आफ्नो आफ्नो सामाजिक सञ्जालमा स्टाटस राखेर सरकारको खुलेर बिरोध गरेका छन्। मलेसियामा बस्ने नवराज दहालले विदेशमा बस्ने नेपालीहरूलाई कम्तीमा दुई महिना नेपालमा रेमिट्यान्स पठाउन बन्द गरौँ र हुन्डीबाट पैसा पठाउँ भन्दै आह्वान गरेका छन्।

‘विदेशमा बस्ने नेपालीले कम्तीमा दुई महिना नेपालमा पैसा पठाउन ठप्प पारौँ, पठाउनु नै परे हुन्डीबाट पठाऔँ,’ उनले लेखेका छन्, ‘विदेशमा बसेका नेपालीले पठाएको पैसाले देश चलाउने अनि विदेशबाट जाँदा आफूसँग भएको मोबाइल परिवारलाई लगिदिँदा १८ प्रतिशत कर तिर्नु पर्ने? सुन क्विन्टलका क्विन्टल लागुऔषध क्विन्टलका क्विन्टल विमानस्थलबाट छिराउँदा केही नहुने अनि विदेशबाट एउटा मोबाइल बूढी आमा बूढा बालाई लैजाँदा १८ प्रतिशत ट्याक्स तिर्नुपर्ने?’ 

मलेसियामा नै बस्ने गायत्री रेग्मीले पनि नो रेमिट्यान्सबारे आफ्नो सामाजिक सञ्जालमा सरकारको निर्णयको विरोध गरेकी छिन्। उनले लेखेकी छन्, ‘एउटा घरमा चार जनाको परिवार छ, घरमूली विदेशमा छ, आफ्नो परिवारमा नाथे फोन लैजान पनि भन्सार तिर्नु। अब नो रेमिट्यान्स।’

यसैगरी, साउदी अरेबियामा बस्दै आएका बाबुराम कोइरालाले पनि खबरदारीगर्दै सरकारको निर्णयको विरोध गरेका छन्। उनले विदेशमा बस्ने नेपालीले नेपाल फर्कँदा उपहार लगिदिने मोबाइलमा कर थम्याइ पापको भारी नबोक्न उल्लेख गरेका छन्। ‘सक्छौ नेपालमा नै मोबाइल बनाउने कम्पनी खोल्ने ल्याकत राख! सक्दैनौँ रेमिट्यान्सबाट भत्ता हसुर्दै विदेशीले उपहार लगिदिने मोबाइलमा १८ प्रतिशत कर थमाइ पापको भारी नबोक,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

यो अभियानमा अहिले जापानमा रोजगारीका गएका नेपालीहरूले पनि ऐक्यबद्धता जनाएका छन्। विगत दुई वर्षदेखि जापानमा रोजगारीमा रहेका विकास तिम्सिनाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमसेकम दुई महिना विदेश बस्नेले रेमिट्यान्स नपठाउँ अनि बल्ल थाहा हुन्छ देशका भ्रष्टहरूलाई देश कसरी चलेको छ भनेर।’

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक सञ्जालमा यसरी 'नो रेमिट्यान्स' को अभियान नै चल्न थालेपछि प्रधानमन्त्रीले आत्तिएर यसलाई रोक्न निर्देशन दिएको जानकारहरू बताउँछन्। प्रधानमन्त्री आत्तिनुको कारण गत मंसिर ४ मा भएको संघीय र प्रादेशिक चुनावको समयमा 'नो नट अगेन' अभियान सशक्त रूपले सञ्चालन भएको थियो। उक्त अभियान पछिको मत परिणामले पुराना नेतालाई हराउन त सकेन तर नयाँ दल र नयाँ अनुहारलाई भने प्रत्यक्ष फाइदा पुगेको देख्न सकिन्छ।

यसकारण सरकारले यस्तो अभियान संसारभर भएका नेपालीले चलाएर विदेशबाट नेपालमा रेमिट्यान्स आउने क्रममा सामान्य ब्रेक लाग्यो भने पनि मुलुकको अर्थतन्त्रलगायत सम्पूर्ण क्षेत्रमा समस्या आउने छ।

अर्थतन्त्रमा कस्तो समस्या? 

यसरी चलाएको अभियान सफल भयो र केही महिनाको लागि पनि विदेशबाट आउने रेमिट्यान्सको ‘फ्लो’ कम भयो भने मुलुककाे अर्थतन्त्रमा ठूलो समस्या देखिने जानकारहरू बताउँछन्। अझ मुलुक नै दुर्घटनामा जाने अर्थविज्ञहरूको दाबी छ। ‘हिजोको अवस्थालाई हामीले सम्झिने हो भने नौ महिनासम्म रेमिट्यान्स आउनेक्रम घट्दा देशको अर्थतन्त्रमा कस्तो समस्या आएको थियो, त्यो नेपालीले भोगिसकेको कुरा हो। त्यो समस्या नै अहिलेसम्म समाधान भइसकेको छैन। अहिले केही महिना यता रेमिट्यान्स बढेको देखिएको छ। तर, देशको आर्थिक अवस्था सुधार भएको छैन,’ नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चिरन्जीवी नेपाल भन्छन्, ‘यसरी रेमिट्यान्स आउन बन्द भयो भने देशको अर्थतन्त्रमात्र होइन मुलुक नै संकटमा पर्छ। मुलुक नै नरहन सक्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रेमिट्यान्स नआउनेबित्तिकै देशको अर्थतन्त्र धरासायी हुने बताउँछन् पूर्वगर्भनर नेपाल । ‘यसैले हामीले पटक–पटक देशलाई आत्मनिर्भर बनाउँ। देशबाट निर्यात बढाऔँ। विदेशमा रोजगारीमा जाने युवालाई स्वदेशमा नै रोजगारको सिर्जना गराैं भनिरहेका छौं, त्यो हुन सकेको छैन। देशमा आफ्नो हातमुख जोर्न नस्कने अवस्था भएपछि विदेशिएका युवालाई पनि सरकारले यातना दिने काम गर्यो भने यसले देशलाई दुर्घटनामा लाने निश्चित  छ,’ उनी भन्छन्। यसरी सरकारले विदेशमा रहेका सर्वसाधारणलाई सास्ती दिने र रुख्याउने नीति लिँदा यसले सबैलाई हानी हुने उनको बुझाइ छ।

नेपालमा आर्थिक समस्या भएर विदेशिन बाध्य भएका नेपालीलाई उनीहरूका परिवारका लागि ल्याउने उपहारमा सरकारले आँखा लगाउन नहुने उनी बताउँछन्। उनी भन्छन्, ‘सरकारले कतिपय नीति सर्वसाधारणको पहुँचभन्दा बाहिर बनाएको हुन्छ। यसले विदेशबाट  आउने पैसा कानुनीभन्दा बढी गैरकानुनी माध्यमबाट आउनेक्रम बढेको हामीले सुन्दै आएका छौं। यसरी सरकारले सर्वसाधारणलाई मर्कापर्ने नीति ल्याउँदा यस्ता धन्दा झनै फस्टाउने सम्भावना रहन्छ।’

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेल यसरी सामाजिक सञ्जालमा अभियान चलाएर विदेशमा रहेका नेपालीले रेमिट्यान्स नै पठाउन छाडे र केही समयकै लागि भए पनि आउनेक्रम रोकिए मुलुकमा समस्या आउने बताउँछन्। उनी भन्छन्, ‘यसरी अभियान चलाएर रेमिट्यान्स नआउने भन्ने हुँदैन। केही समय कम आउला। तर, रेमिट्यान्स नै आउन बन्द हुने भन्ने हुँदैन। यदि, रेमिट्यान्स आएन भने के हुन्छ? त्यो सबैलाई स्पष्ट छ।’
यसैगरी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा देशको यस्तो संवेदनशील विषयमा अहिलेसम्म सरकार वा कुनै नीतिगत निकाय गम्भीर भएर अर्थतन्त्र जोगाउनतर्फ नलागेको गुनासो गर्छन्।

‘सरकारले रेमिट्यान्स पठाउने सर्वसाधारणलाई हौसला दिनुको सट्टा झन् निरास बनाउने काम गरिरहेको छ। यसबाट आजित भएर सर्वसाधारण आफैँले यस्तो अभियान चलाउन थालेका छन्। यसले देशको अवस्था झन् बिग्रने निश्चित छ,’ उनी भन्छन्। 
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  २०:३८
  • #रेमिट्यान्स

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्