• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राहदानी बनाउन सास्ती उस्तै, महिनौं लाग्ने भएपछि काठमाडौंमा मजदुरी गर्छन् सेवाग्राही

64x64
कल्पना घिमिरे बुधबार, पुस १३, २०७९  १८:५०
1140x725

काठमाडौं– रोल्पाका खर्कबहादुर बुढा राहदानी नवीकरण गर्न मंसिर ३ गते काठमाडौं आए। राहदानी विभागले अनलाइन फर्म भर्ने र अनलाइनबाटै अपोइनमेन्ट लिने व्यवस्था गरेपछि उनले साइबर गएर फर्म भर्नुपर्ने अवस्था आयो।

खर्कका साथीको साइबर थियो। साथीले ६ सय रूपैयाँ लिएर फर्म भरिदिए। फर्म त भरे तर पासपोर्ट बनाउने पालो आउन एक महिना लाग्ने भयो।

‘एक महिनासम्म पासपोर्ट नआउने भएपछि के गरेर काठमाडौं बस्ने भन्ने भयो। त्यसपछि मैले यो अवधिमा केही काम गर्नुपर्छ भन्ने सोचें, ‘खर्कले भने, ‘मेरा साथीहरु कालीमाटी तरकारी बजारमा काम गर्थे। उनीहरुले मलाई पनि त्यहीँ काम गर्ने सल्लाह दिए। अनि भोलिपल्टदेखि नै कालीमाटी तरकारी बजारमा काम गर्न थालें।’

321655368_685616413114641_4738995825189183550_n1672228951.jpg

उनी साथीसँगै रातिको १२/१ बजेदेखि कालीमाटी बजारमा तरकारी लोड-अनलोड गर्न थाले। यसरी नै उनले एक महिना बिताए। त्यहाँ काम गर्दा दैनिक २५ सयादेखि ३५ सयसम्म कमाइ भएको खर्कबहादुर बताउँछन्।

‘पहिला तरकारी पसलेसँग नजिक हुन सक्नुपर्ने रहेछ। काम त जति पनि पाइने रहेछ। चिनजान भएपछि काम दिँदा रहेछन्,’ उनले भने।

पासपोर्ट बनाउन उनी गत शुक्रबार विभाग पुगेका थिए। त्यो दिन सबै प्रक्रिया पूरा गरेर फर्किएका उनी बुधबार बिहान सात बजे पासपोर्ट लिन विभाग पुगे।

‘पासपोर्ट बने/नबनेको आज म्यासेज आउँछ भनेको छ। त्यही भएर म आएको। आउँछ होला। सबै काम भइसकेको छ,’ उनले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

पासपोर्ट लिए पनि आफू कुन देश जाने भन्ने टुङ्गो लागिनसकेको खर्कबहादुरले बताए। यसअघि उनी कतार गएका थिए। कतारमा तीन वर्ष काम गरेपछि स्वदेश फर्किएका थिए।

कोहलपुरका धनबहादुर बिष्ट पनि २० दिन अगाडि पासपोर्ट बनाउन काठमाडौं आए। पटक–पटक राहदानी विभागमा गएर लाइन बसे तर २०औं दिनसम्म पनि राहदानी पाउन नसकेको उनले बताए।

321997109_2484319715064404_5705972865338086205_n1672228952.jpg

वैदेशिक रोजगारीका लागि २ पटक मलेसिया गइसकेका धनबहादुर भन्छन्, ‘पहिलाको पासपोर्ट कहाँ हरायो–हरायो। मेरो कलिङ भिसा झरिसकेको छ। पासपोर्ट बनेको भए म हिजोतिर गइसक्नुपर्ने हो। पासपोर्ट नबनेर अड्किएँ। पहिला १२ हजार तिरेपछि २ दिनमा बनेको पासपोर्ट अहिले २२ हजार बुझाइसक्दा अझै दुई दिन लाग्छ भनेको छ,’ उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कहिले सार्वजनिक बिदा कहिले के भएर आफ्नो राहदानी बन्न निकै लामो समय लागेको उनले बताए। ‘यहाँ लाइन बस्दाबस्दै विभागका कर्मचारीको छुट्टी हुने बेला हुन्छ। दिनभरि लाइन बसेर खाली हात फर्किनु परेको छ। यो २० दिन भित्रमा मेरो ६० देखि ७० हजार रूपैयाँ खर्च भइसक्यो। यो अनलाइनबाट फारम भर्ने सिम्टमले हामी गरिबलाई साह्रो दुःख दिएको छ। पहिला २ दिनमा काम सकिन्थ्यो। अहिले महिनौं लाग्ने भयो,’ उनले भने।

कालीकोटका लालुप्रसाद अधिकारीको पीडा पनि उस्तै छ। उनी पासपोर्ट बनाउन विभाग धाउन थालेको १२ दिन बितिसकेको छ। उनले पनि पासपोर्ट बनाउनका लागि डेट लिन साइबरमा फारम भर्दा ५ हजार बुझाएका थिए।

पहिलो पटक पासपोर्ट बनाउन आएका उनी ३ दिनमा बनिसक्नुपर्ने ७ दिनसम्म नबन्दा चिन्तित थिए। उनीसँगै लाइनमा बसेर फोटो खिचेका एक व्यक्तिले कर्मचारीसँग भनसुन गरेर ३ दिनमै पासपोर्ट लिएर गएको लालुप्रसादले बताए।

‘यहाँ भन्सुन गरेर छिटो काम गराउने पनि रहेछन्। त्यही कारणले ढिला भएको हो कि,’ उनले गुनासो पोखे, ‘बरु जिल्ला सदरमुकाम गएर बनाएको भए यति समय र पैसा खर्च हुने थिएन। भोलि म्यासेज आउँछ अनि विभाग आउनु भनेको छ,’ उनले भने।

321413257_756104149201181_3389774912862417917_n1672228951.jpg

त्यस्तै पोखराकी संगीता गुरुङ वैदेशिक रोजगारीका लागि ब्रुनाई जान पासपोर्ट बनाउन काठमाडौं आएकी हुन्। उनले आफू राहदानी लिन विभाग धाउन थालेको १५ दिन बितेको बताइन्। उनले पोखराकै साइबरमा गएर अनलाइन फारम भरेर पासपोर्ट लिने डेट पाएकी थिइन्। त्यस साइबरले उनलाई ४ हजार रूपैयाँ लिएको बताइन्।

उक्त साइबरले उनलाई ४ दिनमा पासपोर्ट बनाउन काठमाडौं जान भनेको थियो। फारम भरेको ३ दिनपछि उनी काठमाडौं आइन्। अर्को दिन विभाग गइन्। दिनभरि लाइन बसिन्। तर पालो आएन। उनी यत्तिकै ३ दिनसम्म धाइरहिन्। फारम भर्दा प्रक्रिया पूरा नगरेको भनेर पुनः फारम भर्न भनियो। त्यसपछि पोखरा फर्किइन्। र, फेरि फारम भरेर काठमाडौं आइन्।

‘अब आज बल्ल फोटो खिच्ने पालो आएको छ। म्यासेज आएपछि आउनु भनेको छ। लामो समय लाग्ने रहेछ, यहाँ छिटो बन्छ भनेर आएकी तर सोचेजस्तो भएन,’ उनले भनिन्।

राहदानी विभागले पछिल्लो समय अनलाइनबाटै पासपोर्ट लिनका लागि फारम भर्ने र अपोइनमेन्टका लागि समय लिने व्यवस्था गरेको छ। तर सेवाग्राही भने सास्ती पाइरहेका छन्।

टोकन लिएर पासपोर्ट लिने व्यवस्थालाई हटाएसँगै सुरु भएको ई-पासपोर्टको व्यवस्थाका लागि भने सेवाग्राहीहरु थप पीडित भइरहेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले राहदानी र सवारी चालक अनुमतिपत्र लिनेजस्ता कार्यालयमा देखिएका भीड हट्ने गरी सेवा प्रवाहमा सुधार गर्ने निर्णय गरेका छन्। तर यो निर्णय कहिलेदेखि कार्यान्वयन हुने भन्ने अन्योल कायमै छ।

राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले कुनै साइबरले सेवाको नाममा सेवाग्राहीसँग बढी रकम असुलेको पाइएमा कारबाही गरिने बताए।

‘नयाँ पासपोर्ट बनाउन लाग्ने राजस्व भनेको १२ हजार रूपैयाँ हो। पहिलाको पासपोर्ट हरायो, बिग्रियो, नवीकरण गर्न पर्‍यो भने त्यसको राजस्व १७ हजार रूपैयाँ हो। यो भन्दा बढी विभागले लिँदैन,' उनले भने, 'यदि कुनै साइबरले सेवावापत नोमिनल चार्ज लिनु स्वभाविक हो। तर फारम भर्ने बाहनामा बार्गेनिङ गरेर ठूलो रकम असुली गरेको छ भने त्यो साइबरको नामसहित नेपाल प्रहरीमा उजुरी दिन सबैमा आग्रह गरेका छौँ।'

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल... सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान  अघि बढाएको थिय... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्