• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘बिकिनी किलर’ चार्ल्स शोभराजः पटक–पटक अदालत पुगे, बल्ल पाए सफलता

64x64
दुर्गा दुलाल बुधबार, पुस ६, २०७९  २०:०२
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय 'बिकिनी किलर' को नामले समेत चिनिएका कुख्यात अपराधी चार्ल्स गुरुमुख शोभराजलाई रिहाइ गर्न सर्वोच्च अदालतले आदेश गरेको छ। 

सर्वोच्चको फैसलाकै कारण फ्रान्सेली नागरिक शोभराज २०६० असोज २ देखि जेलमा रहेका थिए। ०३२ सालमा अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

यसबीचमा ०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानडेली नागरिकको ०३२ सालकै हत्या अभियोगमा दोषी  ठहर गर्दै उनलाई जन्मकैदको सजाय सुनाएको थियो। यी दुई अभियोगमा उनी थुनामा सजाय काटिरहेका थिए।  

बुधबार सर्वोच्चको संयुक्त इजलासले गरेको आदेशपछि उनी अब करिब २० वर्षपछि फ्रान्स फर्कने बाटो खुलेको छ। 

१९ वर्षदेखि नेपालको जेलमा रहेका शोभराजलाई १५ दिनभित्र अब स्वदेश फर्काउनुपर्ने छ। 

पछिल्लो पटक ०७९ पुस ९ मा उनले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए।  ०८० असोज १ गतेसम्म थुनामा बस्ने सजाय पाएका उनलाई वृद्ध र मुटुको रोगी भएकाले कैद छुट दिएर अदालतले रिहा गर्न भनेको छ। न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।  सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नो देश फर्काउन समेत आदेशमा भनेको छ। सर्वोच्चको यो आदेशपछि उनी गोलघरबाट मुक्तहुँदै फ्रान्स फर्कन पाउनेछन् । 

पटक–पटक सर्वोच्च, यसपटक सफल 

शोभराजले आफू रिहा हुनुपर्ने दाबी गर्दै रिट दायर गरेको पहिलोपटक भने होइन। यसअघि पनि उनी पटक–पटक सर्वोच्च पुग्ने गरेका थिए। उनले कहिले जेष्ठ नागरिकको हक पाउनुपर्ने दाबी गर्ने गरेका थिए भने कहिले कारागार ऐन अनुसारको सुविधा पाउनुपर्ने बताउँदै आएका छन्। कोरोना भाइरस महामारीको समयमा पनि उनले त्यसलाई देखाएर कैदबाट रिहाइ हुुनुपर्ने माग गरेका थिए। तर, तत्कालीन समयमा उनको सपना पूरा भएन। यसपटक अदालतले उनका हरेक माग स्वीकार गर्दै आदेश गरेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको जेलमा रहेका कुख्यात 'विकिनी किलर' शोभराज पछिल्लोपटक ०७८ असोज १८ मा बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका थिए। न्यायाधीश मीरा खड्काको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेर थन्काएको थियो।  यो आदेशलगत्तै देशभरका अदालत दसैंका कारण बिदा भएका थिए।

उनले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दिएको निवेदन सर्वोच्च प्रशासनले नै दरपिठ गरिदिएपछि उनी इजलासमा पुगेका थिए। उक्त निवेदन दर्ता नहुने भएपछि उनले नयाँ निवेदन दिएका थिए। 

कैद छुटको माग गर्दै ०७६ कात्तिक २१ मा पनि शोभराज सर्वोच्च पुगेका थिए। कारागार नियमावलीको प्रावधानमा विदेशी नागरिकले पनि विनाभेदभाव छुट पाउनुपर्ने मागसहित उनी सर्वोच्च पुगेका हुन्। कुनै पनि अपराधका कसुरदार भएपनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावलीको व्यवस्था आफूलाई पनि लागू हुने मागसहित उनले रिट दायर गरेका थिए। 

सरकारको अधिकारमा अदालतले छोड्यो, तर कार्यान्वयन नभएपछि...

०७६ चैतमा पनि शोभराज सर्वोच्च पुगेका थिए। कोराेनाको संक्रमण नेपालमा देखिएपछि त्यसको उच्च जोखिममा कैदीबन्दी रहेको भन्दै सर्वोच्चको ०७६ चैत ७ मा बसेको फुटकोर्ट बैठकले निश्चित मापदण्ड पुगेका कैदीबन्दी रिहा गर्ने भन्दै एउटा निर्णय गरेपछि उनी त्यहाँ पुगेका थिए। केन्द्रीय कारागार सुन्धारामा कैदी जीवन बिताइरहेका ‘विकिनी किलर’ शोभराजले सर्वोच्चको उक्त निर्णय सञ्चारमाध्यममार्फत थाहा पाएपछि कारागार प्रशासनसँग यसबारे जानकारी लिएर सर्वोच्च पुगेका थिए। तर, प्रशासनले सर्वोच्चको उक्त निर्णयमा शोभराज नअटाउने जवाफ फर्काएपछि उनीको निवेदन काम लागेन। 

तत्कालीन समयमा फुलकोर्ट बैठकले गरेको निर्णय शोभराजलाई समेट्ने किसिमको पनि थिएन। मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा १५५ अनुसार कैद वापतको रकम लिई कैदी रिहा गर्न सकिने उल्लेख थियो। दफा १५५ अनुसार एक वर्षसम्मको कैदको हकमा रिहा हुनसक्ने प्रावधान छ। उनी जन्मकैदमा २० वर्ष ठहर भएका थिए।  

कैद छुटको माग गर्दै गत ०७६ कात्तिक २१ गते शोभराज सर्वोच्च पुगेका थिए। कारागार नियमावलीको प्रावधानमा विदेशी नागरिकले पनि बिनाभेदभाव छुट पाउनुपर्ने मागसहित उनी सर्वोच्च पुगेका हुन्। कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावलीको व्यवस्था आफूलाई पनि लागू हुने मागसहित उनको जिकिर थियो। 

शोभराजका तर्फबाट मुद्दामा बहस गर्दै आएकी अधिवक्ता शकुन्तला थापाले दायर गरेको निवेदन उपर ०७६ फागुन १३ गते फैसला गर्दै शोभराजलाई कैद छुट दिने विषय सरकारको अधिकार क्षेत्र भएको निर्णय भएको थियो। यो निर्णयपछि उनको रिहाइ हुने आशा रोकिएको थियो। तर, शोभराजले प्रयास भने जारी राखे। 

‘शोभराजको छवि अन्तर्राष्ट्रिय रूपमा नै कुख्यात अपराधीको छ,’ तत्कालीन आदेशमा भनिएको थियो, ‘यसअघि पनि यस्तै मुद्दामा सर्वोच्चले छुट दिने अधिकार सरकारको भनिसकेको छ।’  

७८ वर्ष भइसकेका शोभराज कानुनी प्रावधानअनुसार नै वृद्ध र ७५ प्रतिशत कैद भुक्तान गरिसकेका व्यक्तिमा परेपछि सर्वोच्चले रिहाइ गर्ने निर्णय लिएको देखिन्छ। 

कैद मिनाहाका लागि शोभराजले पेश गरेको नजिर 

शोभराजले केन्द्रीय कारागारमा निवेदन पनि दिएका थिए। सोही निवेदनलाई लिएर बाँकी रहेको २६ प्रतिशत उनको कैद छुटका लागि ०७५ वैशाख २० मा सिफारिस गरिएको थियो। उक्त सिफारिसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई पठाइए पनि कार्यान्वयन नभएको भन्दै शोभराजका तर्फबाट उच्च अदालत पाटनमा समेत रिट दायर भएको थियो।

त्यसबेला पाटनले कानुनी प्रक्रियामार्फत भेदभाव नराखी टुंग्याउन आदेश दिएको थियो।

निवेदनसँग शोभराजले आफूले कैद मिनाहा पाउनुपर्ने नजिरसमेत पेश गर्दै आएका थिए।  यसअघि उनले अमेरिकी नागरिक फेनिज मेसिनटोसको मुद्दाको नजिरलाई देखाउँदै छुट माग गरेका थिए। आफ्नो निवेदनमा अहिले पनि उक्त कुरा समेटेको स्रोतले जानकारी दियो। मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि छुट दिएको थियो। क्यान्सरको गम्भीर बिरामी भन्दै उनलाई छुट दिइएको थियो।

अहिले पनि शोभराजले आफू मुटुको बिरामी भएको, वृद्ध र ७५ प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै कैद मिनाहा लागि निवेदन दिएका छन्।

उनको अपराध यात्रा

सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। 

उनले अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको एक घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झण्डै एकवर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो। 

जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर आपराधिक क्रियाकलाप गर्न थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेको बताइन्छ।

त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस नै छाडे।
त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। भारतको मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे।

मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी छुटेपछि अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएका उनी इरान, टर्कीहुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि उनी थाइल्यान्ड पुगे। त्यहाँ उनले तीनजना पर्यटकको हत्या गरे।

हत्या गरिएका तीनजना पर्यटकको राहदानी बोकेर उनले नेपालकोको यात्रा तय गरे। उनले यहाँ आएर पनि विदेशी पर्यटकको हत्या गरे।

०३२ पुस ६ मा क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए उनले।

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले ०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो।

अमेरिकी युवती कोन्नीको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए।

यतिसम्म कि उनी नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन्छुसमेत भन्थे।

यद्यपि, ०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। त्यसयता उनको जीवन केन्द्रीय कारागारमा बितिरहेको थियो।  सर्वोच्चको आदेशपछि उनी फेरि एकपटक अन्तरराष्ट्रिय सञ्चारमाध्यमको हेडलाइन बन्ने देखिएको छ। 

यो पनि पढ्नुहोस

बिकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  २०:०२
  • #चार्ल्स शाेभराज

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्