बैतडी– शुक्रबार अध्यापन गराएका शिक्षक शनिबार मृत फेला परेपछि विद्यार्थी आन्दोलित छ। बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा पर्ने कृष्ण माविसहितका विद्यार्थी अन्दोलित भएका हुन्।
जिल्लाको कृष्ण माविमा अध्यापन गराउने ५५ वर्षीय शिक्षक धनबहादुर विष्ट मृत फेला परेपछि यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन्। शिक्षक विष्टको शनिबार दिउँसो १ बजे छात्रावास पछाडीको झाडीमा शव फेला परेको थियो।
विद्यार्थी र उनका आफ्न्तले उनको लडेर मृत्यु नभई हत्या भएको आंशका गर्दै शोमबार शान्तिपूर्ण आन्दोलन गरेका हुन्। ‘धनबहादुर सरलाई न्याय दे, हत्यारालाई कारबाही गर’, लगायतका नारा लगाउँदै कृष्ण माविको गेटबाट इलाका प्रहरी कार्यालय पाटनसम्म कृष्ण मावि, पाटन बहुमुखी क्याम्पस र भीमदत्त प्राविधिक शिक्षालयका विद्यार्थीहरुले र्याली निकालिएको हो।
शिक्षक विष्टले हत्यारा पत्ता नलागेसम्म स्थानीय सरकार र स्थानीय प्रशासनमा धर्ना जारी राख्ने विद्यालर्थीेहरुको दाबी छ। शान्तिपूर्ण आन्दोलन नसुने कडा खालका आन्दोलन गर्ने विद्यार्थी दीप विष्टले चेतावनी दिए।
मृतक शिक्षक विष्टको आइतबार नै पाटन स्वास्थ चौकीमा पोष्टमाटम गरिएको भए पनि परिवारले अझै शव बुझ्न मानेका छैनन्। विष्टको हत्या भएकाले दोषी पत्ता लगाउनुपर्ने आफूहरुको माग रहेको मृतकका आफ्तले बताए।
यता इलाका प्रहरी कार्यालय पाटनले भने शिक्षक विष्ट मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको जनाएको छ । पोष्टमाटमको प्रारम्भिक रिपोर्टमा कुटपिटको घाउँहरु नभेटिएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
१९ जनालाई सोध्पुछ, बस्ने कोठा खान तलास, कलडिटेल तथा शिक्षकहरुसंग सोध्पुछ गरिएको खत्रीले बताए। बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका शिक्षक विष्ट शनिबार दिउँसो कृष्ण मावि छात्रवास पछाडीको भिरालो ठाउँमा मृत अवस्थामा फेला परेका थिए। ३० वर्षदेखि कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक विष्टका २ छोरा १ छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।