काठमाडौं– अर्जेन्टिनाले कतारमा उपाधि जित्दै पछिल्लो समयमा विश्वकप फुटबलमा भइरहेको युरोपियन वर्चश्व तोडेको छ।
गएराति भएको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको तेस्रो उपाधि जितेको। यससँगै २० वर्षपछि विश्वकप फुटबलको उपाधि युरोपबाट दक्षिण अमेरिका फर्किएको हो।
सन् २००२ मा दक्षिण कोरिया र जापानमा भएको विश्वकप ब्राजिलले २–० ले हराउँदै उपाधि जितेको थियो। त्यसयताका लगातार चार विश्वकप युरोपियन टोलीहरू इटाली, स्पेन, जर्मनी र फ्रान्सले जितेका थिए।
२२ औँ संस्करणको विश्वकप सकिँदा युरोपियन टोलीले १२ र दक्षिण अमेरिकाले १० पटक जितेको छ।
गएराति भएको फाइनल रोमाञ्चक बनेको थियो। निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीपछि अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।