• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रहरीमा ३० वर्षे सेवा अवधि हटेपछि यस्तो हुनेछ पदावधि र उमेर हद

64x64
नारायण अधिकारी सोमबार, पुस ४, २०७९  ०६:४५
1140x725

काठमाडौं– प्रहरी कर्मचारीकै वृत्ति विकासका लागि भनेर ३० वर्षे हटाउने तयारी गरिएको ड्राफ्टमा पदावधि र उमेरका सर्तहरु समेत थपघट गर्न लागिएको छ। 

प्रहरी प्रधान कार्यालयको प्रस्तावमा गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेर समेत पारित भएको उक्त ड्राफ्ट अहिले कानुन मन्त्रालयमा पुगेको छ। जसमा ३० वर्षे सेवा अवधि हटाउने मात्रै विषयहरु उल्लेख भएका छैनन्, उमेर र पदावधिहरु समेत थपघट गरिएको छ। ३० वर्षे हटाउने र उमेर हद तथा पदावधिका कारण मात्रै अनिवार्य अवकाशमा जानुपर्ने प्रस्ताव गरिएको छ। 

मंसिर १५ गते प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहद्वारा हस्ताक्षरित पत्र मानव स्रोत एवं प्रशासन विभागबाट गृह मन्त्रालय पुगेको थियो। जहाँ उल्लेख गरिएको छ, ‘प्रहरी नियमावली २०७१ को परिच्छेद ११ को नियम १२७ (अनिवार्य अवकाश) को १ (घ)को ३० वर्षे सेवा अवधि प्रावधान हटाई पदावधि र उमेरहद समेतमा केही हेरफेर गरी प्रहरी कर्मचारीको वृत्ति विकास र वृहत्तर हित एवं नेतृत्व विकास तथा स्थायित्व र संस्थागत सवलीकरण तथा प्रभावकारिता कायम गर्नुपर्ने देखिएको छ।’

योसँगै सर्वोच्चको फैसलालाई समेत आधार कारण देखाउँदै निमायवली संशोधन गरी ३० वर्षे सेवा अवधि हटाउनुपर्ने उल्लेख गरिएको छ। 

पत्रमा उल्लेख गरिएको छ, ‘प्रहरी कर्मचारीको अवकाश सम्बन्धमा सर्वोच्च अदादलको विभिन्न मितिमा भएको फैसला समेत कार्यान्वयन गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी प्रहरी कर्मचारीको अवकास सम्बन्धमा प्रहरी ऐनमा नै व्यवस्था गर्न आवश्यक भएकाले प्रहरी नियमावली २०७१ को परिच्छेद ११ को नियम १२७ (अनिवार्य अवकाश) खारेज गर्न एवं प्रहरी ऐन २०१२ को परिच्छेद ३ को दफा १ (२) मा संशोधन गर्न वाच्छनीय भएकाले निम्न बमोजिम सादार अनुरोध गरिएको छ।’

आईजीको पदावधि ४ बाट ३ मा झार्ने प्रस्ताव
प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार प्रहरी महानिरीक्षक (आईजी)को पदावधि ४ वर्ष उल्लेख गरिएको छ। तर त्यसलाई संशोधन गर्नुपर्ने भन्दै हेडक्वाटरले पठाएको प्रस्तावमा भने आईजीको पदावधि ४ वर्षबाट १ वर्ष घटउँदै ३ वर्ष हुनुपर्ने उल्लेख गरिएको छ।  

त्यस्तै अहिले कामय रहेको आईजीको उमेरहद ५८ वर्ष भने यथावत हुनुपर्ने प्रहरी हेडक्वाटरको प्रस्ताव छ।

एआईजीको उमेर र पदावधि थपघट
हेडक्वाटरको प्रस्तावमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को उमेर र पदावधि थपघट हुनुपर्ने उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2

प्रहरी नियमावली अनुसार अहिले एआईजीको उमेर ५६ र पदावधि ५ वर्षको हुन्छ। तर हेडक्वाटरको प्रस्तावमा एआईजीको उमेर हद १ वर्ष बढाउँदै ५७ वर्ष हुनुपर्ने उल्लेख गरिएको छ। 

५ वर्षे अवधिलाई भने १ वर्ष घटाउँदै ४ वर्षमा झार्नुपर्ने उल्लेख गरिएको छ। प्रहरी नियमावलीले एआईजी र डीआईजीको पदावधि (५ वर्ष) र उमेरहद (५६ वर्ष) एउटै कायम गरेको छ। 

तर, हेडक्वाटरले गरेको प्रस्तावमा भने एआईजी र डीआईजीको पदावधि र उमेरहद फरकफरक राखिएको छ। डीआईजी, एसएसपी र एसपीको उमेरहद ५६ वर्ष र पदावधिमा डीआईजीको ५ वर्ष र एसएसपीको ६ वर्ष राख्ने प्रस्ताव गरिएको छ। एसपीको पदावधि भने १० वर्षलाई नै यथावत राख्ने प्रस्ताव गरिएको छ।

इन्सपेक्टर र डीएसपीको उमेर हद पनि बढाउने प्रस्ताव गरिएको छ। यी दुवैको उमेरहद ५५ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ। अहिले भने डीएसपीको उमेरहद ५४ र इन्स्पेक्टरको ५३ कायम छ। 

राजपत्रअनंकित प्रथम, द्धितिय श्रेणीको उमेरहद ५४
राजपत्रअनंकित (असई, सई र वरिष्ठ सई) को उमेरहद पनि बढाउन प्रस्ताव गरिएको छ। प्रहरी नियमावली अनुसार असईको ५२ वर्ष र सई, वरिष्ठ सईको उमेरहद ५२ वर्ष छ। 

यी तीन वटै पदलाई एकै ठाउँमा राख्दै उमेरहद बढाउन प्रस्ताव गरिएको छ। हेडक्वाटरको प्रस्तावअनुसार यी तीन वटै पदको उमेरहद ५४ वर्ष हुनुपर्ने उल्लेख गरिएको छ। 

कार्यालय सहयोगीको यसअघिको ५५ वर्ष उमेरहदलाई भने जस्ताको त्यस्तै राखिएको छ। 

सिपाही, हवल्दारको अनिवार्य अवकाश ४८ बाट ५१
संशोधनका लागि भन्दै प्रहरी हेडक्वाटरले गरेको प्रस्तावमा सिपाही हवल्दारको उमेर हद पनि बढाउने प्रस्ताव गरिएको छ। प्रहरी नियमावली २०७१ को दफा १२७ (१) (क) को ८ मा वरिष्ठ हवल्दार, हवल्दार, सहायक हवल्दार र जवानको अनिवार्य अवकाशको उमेर ४८ वर्ष तोकिएको छ। 

तर, हेडक्वाटरले संशोधनका लागि भनेर पठाएको विवरणमा सिपाहीदेखि वरिष्ठ हवल्दारको उमेरहद ३ वर्ष बढाउँदै ५१ वर्ष पुर्याइएको छ। हेडक्वाटरको उक्त प्रस्ताव पारित भएको अवस्थामा सिपाहीदेखि वरिष्ठ हवल्दारसम्मले ५१ वर्ष उमेर पूरा हुन्जेलसम्म सेवामा रहन पाउनेछन्। 

प्राविधिकमा समेत हेरफेर 
३० वर्षे सेवा अवधिका कारण प्राविधिकतर्फका प्रहरी कर्मचारी पनि अनिवार्य अकाशमा जाने प्रावधान छ। तर हेडक्वाटरले गरेको प्रस्तावमा प्रावधिक प्रहरी कर्मचारीको समेत ३० वर्षे सेवा अवधि हटाउनेबारे उल्लेख गरिएको छ। 

राजपत्रांकित द्वितीय श्रेणी (डीएसपी) भन्दामाथिको श्रेणी तथा पदमा ५८ वर्ष, राजपत्रांकित तृतीय श्रेणी (इन्स्पेक्टर) ५६ वर्ष र राजपत्रअनंकित प्रथम, द्वितीय, तृतीय (सईभन्दा मुनि) श्रेणीको ५४ वर्ष उमेरहद यथावत हुनुपर्ने प्रस्ताव छ।

प्रहरी नियमावलीमा प्राविधिक कर्मचारीको पदावधिको बारेमा उल्लेख गरिएको छ। तर हेडक्वाटरले गरेको प्रस्तावमा भने पदावधिको बारेमा समेत उल्लेख गरिएको छ। 

जसमा एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपी ७ वर्ष र एसपीको १० वर्ष पदावधि राखिएको छ।

यो पनि पढ्नुहोस

अध्यादेश ल्याएर प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने तयारी

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी... बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुस... बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्