• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रहरीमा ३० वर्षे सेवा अवधि हटेपछि यस्तो हुनेछ पदावधि र उमेर हद

64x64
नारायण अधिकारी सोमबार, पुस ४, २०७९  ०६:४५
1140x725

काठमाडौं– प्रहरी कर्मचारीकै वृत्ति विकासका लागि भनेर ३० वर्षे हटाउने तयारी गरिएको ड्राफ्टमा पदावधि र उमेरका सर्तहरु समेत थपघट गर्न लागिएको छ। 

प्रहरी प्रधान कार्यालयको प्रस्तावमा गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेर समेत पारित भएको उक्त ड्राफ्ट अहिले कानुन मन्त्रालयमा पुगेको छ। जसमा ३० वर्षे सेवा अवधि हटाउने मात्रै विषयहरु उल्लेख भएका छैनन्, उमेर र पदावधिहरु समेत थपघट गरिएको छ। ३० वर्षे हटाउने र उमेर हद तथा पदावधिका कारण मात्रै अनिवार्य अवकाशमा जानुपर्ने प्रस्ताव गरिएको छ। 

मंसिर १५ गते प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहद्वारा हस्ताक्षरित पत्र मानव स्रोत एवं प्रशासन विभागबाट गृह मन्त्रालय पुगेको थियो। जहाँ उल्लेख गरिएको छ, ‘प्रहरी नियमावली २०७१ को परिच्छेद ११ को नियम १२७ (अनिवार्य अवकाश) को १ (घ)को ३० वर्षे सेवा अवधि प्रावधान हटाई पदावधि र उमेरहद समेतमा केही हेरफेर गरी प्रहरी कर्मचारीको वृत्ति विकास र वृहत्तर हित एवं नेतृत्व विकास तथा स्थायित्व र संस्थागत सवलीकरण तथा प्रभावकारिता कायम गर्नुपर्ने देखिएको छ।’

योसँगै सर्वोच्चको फैसलालाई समेत आधार कारण देखाउँदै निमायवली संशोधन गरी ३० वर्षे सेवा अवधि हटाउनुपर्ने उल्लेख गरिएको छ। 

पत्रमा उल्लेख गरिएको छ, ‘प्रहरी कर्मचारीको अवकाश सम्बन्धमा सर्वोच्च अदादलको विभिन्न मितिमा भएको फैसला समेत कार्यान्वयन गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी प्रहरी कर्मचारीको अवकास सम्बन्धमा प्रहरी ऐनमा नै व्यवस्था गर्न आवश्यक भएकाले प्रहरी नियमावली २०७१ को परिच्छेद ११ को नियम १२७ (अनिवार्य अवकाश) खारेज गर्न एवं प्रहरी ऐन २०१२ को परिच्छेद ३ को दफा १ (२) मा संशोधन गर्न वाच्छनीय भएकाले निम्न बमोजिम सादार अनुरोध गरिएको छ।’

आईजीको पदावधि ४ बाट ३ मा झार्ने प्रस्ताव
प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार प्रहरी महानिरीक्षक (आईजी)को पदावधि ४ वर्ष उल्लेख गरिएको छ। तर त्यसलाई संशोधन गर्नुपर्ने भन्दै हेडक्वाटरले पठाएको प्रस्तावमा भने आईजीको पदावधि ४ वर्षबाट १ वर्ष घटउँदै ३ वर्ष हुनुपर्ने उल्लेख गरिएको छ।  

त्यस्तै अहिले कामय रहेको आईजीको उमेरहद ५८ वर्ष भने यथावत हुनुपर्ने प्रहरी हेडक्वाटरको प्रस्ताव छ।

एआईजीको उमेर र पदावधि थपघट
हेडक्वाटरको प्रस्तावमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को उमेर र पदावधि थपघट हुनुपर्ने उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी नियमावली अनुसार अहिले एआईजीको उमेर ५६ र पदावधि ५ वर्षको हुन्छ। तर हेडक्वाटरको प्रस्तावमा एआईजीको उमेर हद १ वर्ष बढाउँदै ५७ वर्ष हुनुपर्ने उल्लेख गरिएको छ। 

५ वर्षे अवधिलाई भने १ वर्ष घटाउँदै ४ वर्षमा झार्नुपर्ने उल्लेख गरिएको छ। प्रहरी नियमावलीले एआईजी र डीआईजीको पदावधि (५ वर्ष) र उमेरहद (५६ वर्ष) एउटै कायम गरेको छ। 

तर, हेडक्वाटरले गरेको प्रस्तावमा भने एआईजी र डीआईजीको पदावधि र उमेरहद फरकफरक राखिएको छ। डीआईजी, एसएसपी र एसपीको उमेरहद ५६ वर्ष र पदावधिमा डीआईजीको ५ वर्ष र एसएसपीको ६ वर्ष राख्ने प्रस्ताव गरिएको छ। एसपीको पदावधि भने १० वर्षलाई नै यथावत राख्ने प्रस्ताव गरिएको छ।

इन्सपेक्टर र डीएसपीको उमेर हद पनि बढाउने प्रस्ताव गरिएको छ। यी दुवैको उमेरहद ५५ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ। अहिले भने डीएसपीको उमेरहद ५४ र इन्स्पेक्टरको ५३ कायम छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजपत्रअनंकित प्रथम, द्धितिय श्रेणीको उमेरहद ५४
राजपत्रअनंकित (असई, सई र वरिष्ठ सई) को उमेरहद पनि बढाउन प्रस्ताव गरिएको छ। प्रहरी नियमावली अनुसार असईको ५२ वर्ष र सई, वरिष्ठ सईको उमेरहद ५२ वर्ष छ। 

यी तीन वटै पदलाई एकै ठाउँमा राख्दै उमेरहद बढाउन प्रस्ताव गरिएको छ। हेडक्वाटरको प्रस्तावअनुसार यी तीन वटै पदको उमेरहद ५४ वर्ष हुनुपर्ने उल्लेख गरिएको छ। 

कार्यालय सहयोगीको यसअघिको ५५ वर्ष उमेरहदलाई भने जस्ताको त्यस्तै राखिएको छ। 

सिपाही, हवल्दारको अनिवार्य अवकाश ४८ बाट ५१
संशोधनका लागि भन्दै प्रहरी हेडक्वाटरले गरेको प्रस्तावमा सिपाही हवल्दारको उमेर हद पनि बढाउने प्रस्ताव गरिएको छ। प्रहरी नियमावली २०७१ को दफा १२७ (१) (क) को ८ मा वरिष्ठ हवल्दार, हवल्दार, सहायक हवल्दार र जवानको अनिवार्य अवकाशको उमेर ४८ वर्ष तोकिएको छ। 

तर, हेडक्वाटरले संशोधनका लागि भनेर पठाएको विवरणमा सिपाहीदेखि वरिष्ठ हवल्दारको उमेरहद ३ वर्ष बढाउँदै ५१ वर्ष पुर्याइएको छ। हेडक्वाटरको उक्त प्रस्ताव पारित भएको अवस्थामा सिपाहीदेखि वरिष्ठ हवल्दारसम्मले ५१ वर्ष उमेर पूरा हुन्जेलसम्म सेवामा रहन पाउनेछन्। 

प्राविधिकमा समेत हेरफेर 
३० वर्षे सेवा अवधिका कारण प्राविधिकतर्फका प्रहरी कर्मचारी पनि अनिवार्य अकाशमा जाने प्रावधान छ। तर हेडक्वाटरले गरेको प्रस्तावमा प्रावधिक प्रहरी कर्मचारीको समेत ३० वर्षे सेवा अवधि हटाउनेबारे उल्लेख गरिएको छ। 

राजपत्रांकित द्वितीय श्रेणी (डीएसपी) भन्दामाथिको श्रेणी तथा पदमा ५८ वर्ष, राजपत्रांकित तृतीय श्रेणी (इन्स्पेक्टर) ५६ वर्ष र राजपत्रअनंकित प्रथम, द्वितीय, तृतीय (सईभन्दा मुनि) श्रेणीको ५४ वर्ष उमेरहद यथावत हुनुपर्ने प्रस्ताव छ।

प्रहरी नियमावलीमा प्राविधिक कर्मचारीको पदावधिको बारेमा उल्लेख गरिएको छ। तर हेडक्वाटरले गरेको प्रस्तावमा भने पदावधिको बारेमा समेत उल्लेख गरिएको छ। 

जसमा एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपी ७ वर्ष र एसपीको १० वर्ष पदावधि राखिएको छ।

यो पनि पढ्नुहोस

अध्यादेश ल्याएर प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने तयारी

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल... सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान  अघि बढाएको थिय... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्