मुम्बइ- भारतीय जनता पार्टीका नेता तथा मध्यप्रदेश विधान सभा अध्यक्ष गिरिश गौतमले शाहरुख खानलाई फिल्म ‘पठान’को गीत ‘बेशर्म रंग’ आफ्नी छोरीसँग बसेर हेर्न चुनौती दिएका छन्।
फिल्म ‘पठान’को उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणको पहिरनलाई लिएर विरोध भइरहेको छ।
यसअघि भाजपा नेता नरोत्तम मिश्राले उक्त गीतमा प्रयोग गरिएको पहिरनको चर्को विरोध गरेका थिए। गौतमले भनेका छन्, ‘म शाहरुखलाई चुनौती दिन्छु- तपाईंकी छोरी २३-२४ वर्षकी भइन् नि, उनीसँग बसेर त्यो गीत हेर्नु। फेरि भन्नु- म मेरी छोरीसँग बसेर हेर्दैछु।’
उनले हिन्दु धर्मसँग जोडिएको पहेंलो वस्त्र कसरी बेशर्म भयो भन्दै प्रश्न गरेका छन्। हिन्दु धर्ममाथि हमला भएपछि चारैतिरबाट नास्तिक आएर उभिने उनले बताए।
फिल्म ‘पठान’ आगामी २५ जनवरीमा रिलिज हुँदैछ। चार वर्षपछि शाहरुख फिल्ममा फर्किएका छन्। फिल्म को गीत ‘बेशर्म रंग’लाई लिएर भारतमा निर्माण पक्षको आलोचना भइरहेको छ।
फिल्म वहिष्कारका साथै चल्न नदिने धम्की समेत आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।