काठमाडौं– श्रम मन्त्रालयले ‘नेपाल माइग्रेसन रिपोर्ट’ जारी गरेको छ। श्रममन्त्री शेरबहादुर कुँवरले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर काठमाडौंमा उक्त रिपोर्ट सार्वजनिक गरेका हुन्।
मन्त्रालयले कोभिडका कारण २०२० देखि रिपोर्ट सार्वजनिक गर्न सकेको थिएन। यो रिपोर्टमा विगत २ वर्षको तथ्यांकसमेत समावेश गरिएको छ।
‘यस रिपोर्टमा नीतिगत कुरा, इ-गभर्नेन्स, सेवा प्रवाहलाई सहज र सरल कसरी बनाउन सकिन्छ बन्ने कुरा उल्लेख गरिएको छ’, मन्त्रालयका सहसचिव राजिव पोखरेलले भने, ‘हामीसँग रिपोर्टमा विगतमा वैदेशिक रोजगारीबाट फर्कनेको तथ्यांक थिएन। अब त्यो तथ्यांक पनि राख्न सुरु गरेका छौं।’
उक्त रिपोर्टमा श्रमिकले वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्स कसरी सदुपयोग गर्ने भनेरसमेत उल्लेख गरिएको पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।