• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २५, २०८३ Wed, Nov 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेवाः सभ्यता र बागमती सफाइमा सहकार्य गर्न काठमाडौं महानगरको ललितपुरलाई प्रस्ताव 

64x64
नेपाल लाइभ शनिबार, पुस २, २०७९  १५:१०
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन्। 

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो प्रस्ताव अघि बढाएका हुन्। 

यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला–एक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो। 

मेयर शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र बागमती सफाइको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासका लागि नै राम्रो सन्देश हुनेसमेत स्पष्ट पारे। 

उनले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाःसम्बन्धी विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणा राखे। 

‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका आफैँमा एउटा एकदमै नजिकको भित्र, छिमेकी दाजुभाइ जसरी बस्दै आएको भएकाले हामीले सहकार्य गर्नुपर्ने धेरै कुरा छन्। देशकै पहिलो नगरपालिका भएको हुनाले हाम्रो संस्कृति, सभ्यता, सम्पदा जोगाउनका लागि ललितपुर महानगरपालिकाले एकदमै अग्रसर भएर आफ्ना भूमिकाहरू देखाएको छ। त्यो एकदमै सराहनीय छ’, मेयर शाहले भने, ‘ललितपुर महानगरबाट आगामी दिनमा हामीले पनि सिक्नुपर्ने धेरै कुरा छन्। सम्पदाको क्षेत्रमा जसरी अहिले ललितपुर महानगरले ढुंगेधारा, पुराना हिटीहरूको संरक्षणमा अग्रसर भएको छ। ती कुराहरूलाई हामीले पनि अब पुल्चोक इन्जिनियरिङ कलेजसँग समझदारी गरेर हाम्रा हिटीहरूको पुनःस्थापनाको काम गर्दैछौं।’ 

ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी  विश्वविद्यालयका लागि पनि पहल गरिदिन उनले आग्रह गरे। 

ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिन उनको आग्रह थियो। ‘यसो भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ। यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्नसक्छौं,’ मेयर शाहले भने, ‘हाम्रा कलाकौशलहरूलाई अन्तर्राष्ट्रियकरण गर्नसक्छौं। हाम्रा बाजाहरूलाई स्नातकोत्तरको पाठ्यक्रममा समावेश गर्नसक्छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेवाः सभ्यताभित्र धेरै पक्ष भएको भन्दै उनले यो सम्पूर्णलाई मानिसले पढ्न आवश्यक भएको र पुस्तान्तरण गर्न पनि जरुरी रहेको बताए। 

‘अब आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ। अर्को कुरा, दुवै महानगरपालिकाले गर्नुपर्ने चिज भनेको बागमतीको स्थायी सरसफाइ नै हो’, उनले भने, ‘अस्थायी सफाइ अभियान त धेरै हुन्छन्। स्थायी रूपमा यसको सरसफाइ गर्नलाई काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ। यो काम काठमाडौं एक्लैले पनि सक्दैन। ललितपुर एक्लैले पनि सक्दैन। हामीले दुईटा महानगरपालिका, बागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर बागमतीको स्थायी सफाइ अभियान चलाउन पर्छ।’

बागमतीको पानीलाई निलो सफा पानी बनाउन दुवैको सहकार्य भए सम्भव रहेको मेयर शाहले बताए।  

‘यी दुईवटा कार्यमा मात्रै हामीले हाम्रो कार्यकालमा सहकार्य गरेर अघि बढ्नसक्यौं भने निकै राम्रो सन्देश जान्छ’, उनले भने, ‘काठमाडौं उपत्यकाको तर्फबाट नै एउटा राम्रो सन्देश जान्छ। र, हाम्रो जुन मित्रवत भावना छ। त्यसलाई अझै मधुरता दिन सकिन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेयर शाहले सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरबाट काठमाडौं महानगरपालिकाले धेरै कुरा सिक्नुपर्ने बताए। उनले प्राचिन ढुंगेधाराहरूको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरूले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारीसमेत दिए। उनले ललितपुर महानगरसँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटक–पटक दोहोर्‍याए।

यो पनि पढ्नुहोस

चिरिबाबु भन्छन्– सरकारको अनुहार हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँ


 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १५:१०
  • #काठमाडौं महानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
झिनो लक्ष्यमा पनि जनकपुरविरुद्ध सुदूरपश्चिम २७ रनले विजयी
सम्बन्धित सामग्री
कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो कलाकारहरूका तिहार मनाउने तरिका र योजना फरक–फरक भए पनि उनीहरूका सम्झनामा बाल्यकालको देउसीभैलो, गाउँघरको रमाइलो र परिवारसँगको भेटघाट ज... मंगलबार, कात्तिक २४, २०८३
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार देउसीभैलोका क्रममा लामिछाने पनि सहभागी भएका थिए। मंगलबार, कात्तिक २४, २०८३
कस्तो छ आजको मौसम आज राति हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा मंगलबार, कात्तिक २४, २०८३
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार मंगलबार, कात्तिक २४, २०८३
झिनो लक्ष्यमा पनि जनकपुरविरुद्ध सुदूरपश्चिम २७ रनले विजयी मंगलबार, कात्तिक २४, २०८३
आइटी कक्षा सञ्चालनका लागि देउसीभैलो कार्यक्रम मंगलबार, कात्तिक २४, २०८३
जनकपुरविरुद्ध सुदूरपश्चिमको १२० रन मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! मंगलबार, कात्तिक २४, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्