• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १५, २०८३ Fri, Jul 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रपतिमा ‘राजनीति’

गैरराजनीतिक व्यक्तिको खोजी गलत अभ्यास,  पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्– कसैले सोधेकै छैन 

64x64
नेपाल लाइभ शुक्रबार, पुस १, २०७९  २१:१९
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अन्तिम नतिजा निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ।

संविधानको धारा ७६ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने भएपछि दलहरू आन्तरिक छलफल र अंकगणित मिलाउन लागिपरेका छन्। सत्ता गठबन्धनका दलहरूसँगै प्रतिपक्षमा रहेका दलहरूले पनि अनौपचारिक छलफल गरिरहेका छन्। सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल अनौपचारिक छलफलमा छन्। त्यस्तै, नयाँ निर्वाचनवाट दोस्रो दल बनेको नेकपा एमाले अहिले केही मौन जस्तो देखिएपनि भित्रभित्रै उनले पनि ‘एक्सर्साइज’ गरिरहेको छ। 

तर, सरकार गठनको विषयभन्दा पहिले राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको प्रवेशले प्राथमिकता पाएको छ। राजनीतिक वृत्तमा यसको चर्चा हुन थालेको छ।

पूर्वप्रधानन्यायाधीश वा गैरराजनीतिक व्यक्तिको सम्भावना कति?
सरकार गठनअघि नै राष्ट्रपतिमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशदेखि अन्य व्यक्तिको नाम चर्चामा छ। यसमा पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ र खिलराज रेग्मी दुवैको नाम आएको छ। तर, उनीहरू दुवैले हालसम्म कसैले पनि यस्तो प्रस्ताव नगरेको दाबी गरेका छन्।

नेपाल लाइभसँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पत्रिकाले अजेण्डा बनाएको भन्दै यसमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए। 

संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार गठन नहुने भएकाले उपधारा २ अनुसार सरकार बनाउनका लागि दुई वा दुई भन्दा धेरै दलहरू मिल्नेपर्ने देखिन्छ। त्यसका लागि औपचारिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छैनन् भने दलहरूले पनि छलफलका लागि बैठक तय गरेको देखिँदैन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमै आफू अब देशको नेतृत्व गर्ने बताउँदै आएका छन्। उनीबाहेक नेपाली कांग्रेसका केही नेताहरूले प्रधानमन्त्रीको दावी गरेका छन्। तर, सत्ता गठबन्धनले सरकार गठन र प्रधानमन्त्रीबारे छलफलका लागि कुनै बैठक राखेको छैन। उनीहरूले राष्ट्रपतिले सरकार गठनका लागि कहिले समय देलिन् भनेर कुरेको देखिन्छ।

सरकार गठनको छलफल नचल्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँच दलभित्र कहीँकतै नउठेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए। उनले यस्तो अभ्यास सोच्न पनि नसकिने भन्दै दलको विकल्प अरु हुनै नसक्ने बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन। पार्टीमा पनि कुरा उठेको छैन’, उनले भने, ‘पाँच दलीय गठबन्धनमा पनि यो कुरा कतैबाट उठेको छैन। तर, पनि हिजोबाट कतिपय मिडियाहरूमार्फत् यो कुरा सुनिराखिएको छ। आइराखेको छ। अब सुनेकै कुरा ठीक हो भने यो सोच, यो भिजन अहिलेको सिस्टम अनुकूलको दृष्टिकोण होइन।’ 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले न्यायालयको नेतृत्व गरेको व्यक्तिलाई राष्ट्रपतिमा लैजान खोज्नु सुन्दा राम्रो सुनिने तर, त्यसले राम्रो नगर्ने बताए। कार्यपालिका र न्यायपालिकाका आ–आफ्नै अधिकार क्षेत्र भएकाले त्यसमा मिसाउने प्रयास नै गलत अभ्यास हुने उनको दाबी छ। 

संविधानले नै सर्वोच्चबाट अवकाश पाएको व्यक्ति मानव अधिकार आयोगबाहेक अन्य निकायमा योग्य नहुने भनि राख्नुको अर्थ उसले राजनीतिक दलहरूले दिने पदमा नजाने भनेको उनको दाबी छ। राष्ट्रपति देशको सम्मानित संस्था भएको तर, त्यहाँ पूर्वन्यायाधीश वा प्रधानन्यायाधीश लगेर न्यायालयलाई थप विवादित र क्षति गराउन नहुने उनको सुझाव छ। 

संवैधानिक कानुनविद एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले पनि गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउने कुरा सहज नभएको बताए। ‘पूर्वप्रधानन्यायाधीश र संवैधानिक निकायका पूर्वप्रमुखहरूलाई राष्ट्रपति बनाउने चर्चा गरेझैं सहज भने देखिँदैन’, उनले भने ‘यसमा पार्टीहरूले आफ्नो विचार गर्लान्। किनभने पार्टीहरूकै सांसदहरू हुन्छन्। त्यसैले पार्टीहरूले जसलाई चाहन्छन्, उसैलाई राष्ट्रपति निर्वाचन गराउने देखिन्छ।’ 

पार्टीहरूले चाहेपछि निर्दलीय व्यक्तिहरूलाई पनि राष्ट्रपति, उपराष्ट्रपति बनाउन सक्ने उनी बताउँछन्। संविधानले पनि यसमा छेकबार नगरेको उनको तर्क छ। तर, मुख्य कुरा त्यो पार्टीहरूले यस्तो चाहन्छन् कि चाहदैनन् भन्ने रहेको उनको भनाइ छ।

‘पार्टीहरूका बीचमा सकभर सबैले सम्मान गर्ने व्यक्ति भयो भने राम्रो हुन्छ भन्ने छलफल भयो होला’, उनले भने, ‘पार्टीबाट नै पनि सम्भव हुन्छ भने आफ्नो दलभित्र पनि छलफल गर्लान्। पार्टीभन्दा बाहिरबाट पनि बनाउन मिल्ने भएपनि अहिले त्यो सम्भावना देखिँदैन।’ 

मसँग कुरा भएको छैन : कल्याण श्रेष्ठ 
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति हुने विषयमा आफूसँग कसैले पनि कुरा नगरेको बताए। उनले यसमा आफूले कुनै क्रिया वा प्रतिक्रिया दिन आवश्यक नहुने ठानेको बताए। उनले कतै खाल्डो भए आफूहरूलाई त्यसको पूर्तिका लागि हल्ला चलाउने गरेको हुनसक्ने टिप्पणी गरे। 

श्रेष्ठले अखबारमा आएपछि आफूले पनि पढेको बताए। आजभोलि सार्वजनिक सञ्चारमाध्यमले लेखेको पढ्ने मात्र भएकाले यसमा कुनै टिप्पणी नभएको उनी बताउँछ्न। श्रेष्ठले राष्ट्रपति नियुक्ति गर्ने पद नभएकाले यसमा जान मिल्ने वा नमिल्ने संविधान बनाउनेहरूले बोल्दा उपयुक्त हुने सुझाए। 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २१:१९
  • #राष्ट्रपति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धनुषामा सामाजिक सद्भावका विषयमा सर्वपक्षीय बैठक सस्दै
धार्मिक सहिष्णुता र सद्भाव जोगाउन रास्वपाको पहल: सभापति लामिछानेद्वारा मुस्लिम र हिन्दु अगुवासँग संयुक्त छलफल
आगो जसले लगाएको भए पनि निभाउने काम हाम्राे हो : गगन थापा
सम्बन्धित सामग्री
धार्मिक सहिष्णुता र सद्भाव जोगाउन रास्वपाको पहल: सभापति लामिछानेद्वारा मुस्लिम र हिन्दु अगुवासँग संयुक्त छलफल शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजित बैठकमा सभापति लामिछानेले मुस्लिम समुदायका धर्मगुरुहरू मौलाना नरुल हुसे... शुक्रबार, साउन १५, २०८३
आगो जसले लगाएको भए पनि निभाउने काम हाम्राे हो : गगन थापा शुक्रबार मधेश र कोशी प्रदेशका स्थानीय तहका प्रतनिधिसँग जुम बैठकमार्फत छलफल गर्दै सभापति थापाले बजारमा आएका सबै कुरा पत्याइहाल्ने, टि... शुक्रबार, साउन १५, २०८३
कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका पार्टी नेतृत्व, जिल... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
धनुषामा सामाजिक सद्भावका विषयमा सर्वपक्षीय बैठक सस्दै शुक्रबार, साउन १५, २०८३
धार्मिक सहिष्णुता र सद्भाव जोगाउन रास्वपाको पहल: सभापति लामिछानेद्वारा मुस्लिम र हिन्दु अगुवासँग संयुक्त छलफल शुक्रबार, साउन १५, २०८३
आगो जसले लगाएको भए पनि निभाउने काम हाम्राे हो : गगन थापा शुक्रबार, साउन १५, २०८३
कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
देवानगन्ज गोलीकाण्ड: अर्का घाइतेको पनि मृत्यु, दुई घाइतेको अवस्था अझै गम्भीर बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्