• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारत–चीन विवाद: सीमामा किन भइरहन्छ झडप?

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १२:०३
1140x725

काठमाडौं– भारतको अरुणाञ्चल प्रदेशस्थित सीमा क्षेत्रमा भारत र चिनियाँ सेनाबीच झडप भएको छ। जसलाई दुवै देशले स्वीकार गरिसकेका छन्। भारत र चीन दुवैले एकले अर्कोलाई आ–आफ्नो क्षेत्रमा हस्तपक्षेप गरेको आरोप लगाएका छन्। 

भारतका रक्षामन्त्रीले संसद्‌मा चिनियाँ सैनिकले तवाङको याङ्त्से क्षेत्रको वास्तविक नियन्त्रण रेखामा अतिक्रमण गरेर यथास्थितिलाई एकतर्फी बदल्ने प्रयास गरेको जानकारी गराएका छन्। तर भारतीय सैनिकले उक्त प्रयासलाई विफल बनाएको रक्षामन्त्रीले बताए। 

भारतीय रक्षामन्त्रीका अनुसार यस झडपमा कुनै पनि भारतीय सैनिकको मृत्यु भएको छैन र कोही गम्भीर रुपमा घाइते पनि भएको छैन। 

राजनाथ सिंहले भने, ‘यस झडपमा दुवै देशका सैनिक घायल भए। तर कसैको मृत्यु भएको छैन।’ अरुणाञ्चल प्रदेशमा भारत र चीनबीच सीमा स्पष्ट छैन। दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन्। उक्त प्रदेशको ९० हजार वर्ग किलोमिटर क्षेत्र आफ्नो भएको चीनले दाबी गर्दै आएको छ। तर चीनले पश्चिम अक्साइको ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा कब्जा गरेको भारतले आरोप लगाउँदै आएको छ। 

पछिल्लो झडप ९ डिसेम्बरमा भएको हो। भारतीय मिडियामा यस घटनाबारे १२ डिसेम्बरमा मात्र खबर आएको थियो। पछि मंगलबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसद्‌मा जानकारी गराएका थिए। 

भारतको बयानपछि चीनको विदेश मन्त्रालयले अवस्था नियन्त्रणमा रहेको र दुवै देशबीच सीमाबारे भएको सम्झौता कार्यान्वयनका लागि भातरसँग अनुरोध गरेको बताएको छ। 

यता चिनियाँ सेनाका प्रवक्ताले पीएलएका पश्चिम थिएटर कमाण्ड वास्तविक नियन्त्रण रेाखमा चिनियाँ भू–भभागमा रुटीन पेट्रोलिङ गरिरहेका बेला भारतीय सैनिक चीनको क्षेत्रमा आएको र उनीहरुलाई चिनियाँ सैनिकले रोकेको बताए।

अर्थात् भारत र चीन दुवैले एक अर्कामाथि आफ्नो क्षेत्रमा घुसपैठ गरेको आरोप लगाएका छन्। चीनका तर्फबाट घटनाको चौथो दिनमा प्रतिक्रिया आएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि गलवानमा दुवै देशका सैनिकबीच भएको झडपमा पनि भारतले बयान जारी नगर्दासम्म चिनियाँ प्रतिक्रिया आएको थिएन। 

चीनका तर्फबाट घटनाबारे बयान आउन ढिलाइ हुनेबारे बताउँदै लण्डनको यूनिभर्सिटी अफ वेस्टमिन्स्टरका प्रोफेसर, चीन मामलाका जानकार दिब्यस आनन्द भन्छन्, ‘चीनमा कम्युनिस्ट पार्टीको मिडियामा नियन्त्रण छ। उनीहरु संवेदनशील लागेको मुद्दामा तत्काल रिपोर्ट गर्दैनन्। जब कुनै मुद्दामा पार्टीको लाइन स्पष्ट हुन्छ र सहमति बन्छ। तब मात्र मिडियामा रिपोर्ट गर्छन्। चीनका अधिकांश मिडिया एकै प्रकारको कुरा गर्छन्।’

भारतमा यस झडपलाई लिएर संसद्‌मा चर्चा भयो। विपक्षीले प्रश्न उठाइरहेको छ। मिडियामा पनि खबरहरु आइरहेका छन्। तर चीनमा त्यस्तो प्रतिक्रिया छैन। चीनका मिडियाले यो खबरलाई प्राथमिकता दिएका छैनन्। चीनमा विपक्षी नभएको र कसैले पनि प्रश्न नउठाएको उनी बताउँछन्। 

उनी भन्छन्, ‘चीनको भू–राजनीतिक समीकरण‍मा भारत धेरै महत्त्वपूर्ण छैन, जति भारतका लागि चीन हो। यही कारण यस्ता प्रकारका घटनामा जुन तरिकाले भारतमा प्रतिक्रिया आउँछन् चीनमा आउँदैनन्।’

Xtrem

Xtrem

भारतका रक्षा विशेषज्ञका अनुसार चीनले जानाजान भारतसँग सीमा तनावलाई बढावा दिइरहेको छ। भारतका पूर्व सेना प्रमुख जनरल बीपी मल्लिक भन्छन्, ‘याङ्त्से तवाङभन्दा २५ किलोमिटर उत्तरमा ११–१२ हजार फिटको उचाइमा छ। यो पुरानो विवादित इलाका हो। सन् १९९० को दशकमा जब भारत र चीनका अधिकारीबीच कुराकानी सुरु भयो, त्यसबेलादेखि नै यसलाई विवादित क्षेत्र मानिएको छ।’

उनले आफू सेना प्रमुख हुँदा जुलाई १९९९ मा चीनले भारतमा आएर बैठक गर्ने कोसिस गरेको र आफूहरुले चीनको सामना गरेपछि उनीहरु फिर्ता गएको बताए। उनी भन्छन्,  ‘तर अब गलवानको घटनाको अढाई वर्षपछि यो झडप भएको छ। त्यो पनि दुवै देशबीच कुटनितिक तरिकाले सैन्यस्तरमा कुराकानी भइरहेका बेला।’

उनले चीनको ‘रवैथा’ यथावत् रहेको बताए। सीमामा चीनको चातुर्यता जारी रहेको आरोप लगाए। चीनले अहिले आफ्नो मान्दै आएको इलाकामा कब्जा गर्न चाहेको उनको भनाइ छ।  ‘गलवानपछि भारत र चीन दुवैले सीमामा तैनाथी बढाएका छन्। यसले पनि तनाव बढेको हो’, उनले भने।  

जनरल मलिकका अनुसार चीनले भारतमाथि दबाब बढाउने कोसिस गरिरहेको छ। टेक्निकल स्तरमा भारत र चीन आमनेसामने बसेको र चीनले भातरमाथि लगातार दबाब बढाइरहेको उनको भनाइ छ। 

स–साना घटनाले पनि ठूलो रुप लिँदै गएको र त्यसका लागि भारत तयार हुनुपर्ने मलिकको भनाइ छ। यस्तै, भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरल शंकर प्रसाद भन्छन्, ‘भारतले चीनसँग २ खास सम्झौता गरेको छ। जसको उद्देश्य सीमामा शान्ति स्थापना गर्नु हो। यसका बावजुद शान्ति स्थापना भइरहेको छैन। गलवानको घटना भयो। त्यसअघि डोकलाम र अहिले तवाङमा भयो।’

यस्तो हुनुका पछाडि चीनले भारतलाई कमजोर सोचिरहेको उनी बताउँछन्। यता अन्तर्राष्ट्रिय मामिलाका जानकार वरिष्ठ पत्रकार तथा पुस्तक ‘ड्रयागन अन आवर डोरस्टेप: म्यानेजिङ चाइना थ्रु मिलिट्री पावर’ की सह–लेखिका गजाला बहाव भन्छिन्, ‘भारत र चीन दुवै देश आपसमा एक दोस्रोका प्रतिद्वन्द्वी मान्छन्। चीनले भारतलाई आफ्नो प्रतिस्पर्धी मान्दैन। भारतले चीनसँग प्रतिस्पर्धा गर्न सक्दैन भन्ने उसलाई लाग्छ। तर भारतको दृष्टिकोण हामी शक्तिशाली हौं र दक्षिण एसियाकै प्रमुख शक्तिशाली मानियोस् भन्ने छ।’

चीनले यस स्थितिलाई स्वीकार नगर्ने र विश्वकै शक्तिशाली अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। ‘यस्तोमा भारत र चीनबीच प्रतिस्पर्धा कसरी हुनसक्छ?’ उनी भन्छिन्, ‘यही कारण चीनले आफूलाई भारतभन्दा श्रेष्ठ प्रमाणित गर्ने कोसिस गरिरहेको छ।’ बीबीसी हिन्दीको सहयोगमा 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्