• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रमा ४२ सय दरबन्दी थप्ने प्रस्ताव, ७ महिनादेखि ४ डीआईजी पद रिक्त हुँदा हुन सकेन बढुवा

64x64
नारायण अधिकारी बुधबार, मंसिर २८, २०७९  ०६:५३
1140x725

काठमाडौं- जनशक्ति अभाव देखाउँदै सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ। वर्षेनी बोर्डर आउट पोस्ट (बीओपी) र विभिन्न युनिटहरु थपिँदै जाने तर जनशक्ति भने थप नहुँदा समस्या हुने गरेको भन्दै सशस्त्रले दरबन्दी थपको प्रस्ताव अघि बढाएको हो। 

सशस्त्र हेडक्वाटर हल्चोकले सशस्त्रका युनिटहरु र त्यहाँ हुनुपर्ने जनशक्तिबारे अध्ययन गरेको थियो। सो क्रममा अहिलेकै युनिटहरुका लागि ६ हजार ५ सयभन्दा बढी दरबन्दी आवश्यक रहेको औंल्याइएको थियो। आवश्यक रहेको सबै दरबन्दी एकै पटक थप गर्न गाह्रो हुने भन्दै ४ हजार २ सय दरबन्दी तत्काल थप गर्न सशस्त्र हेडक्वाटरले प्रक्रिया अघि बढाएको छ। 

सशस्त्र हेडक्वाटर स्रोतका अनुसार करिब एक महिनाअघि नै ४ हजार २ सय दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गृहमा पठाइसकिएको छ। गृहले उक्त प्रस्तावमा सहमति जनाउँदै प्रक्रिया समेत अघि बढाएको छ। गृहबाट दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको गृह स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

दरबन्दी थपको विषयलाई सशस्त्र हेडक्वाटरले वृत्ति विकासको रुपमा समेत लिएको छ। सशस्त्र प्रहरी निरीक्षकमा ठूलो संख्यामा भर्ना हुने तर माथिल्लो पदको दरबन्दी भने न्यून हुँदा वृत्ति विकासमै असर परेकाले माथिल्लो पदहरुको दरबन्दी पनि थप गर्नुपर्ने सशस्त्र प्रहरीको राय छ।

माथिल्लो पदको दरबन्दी कम हुँदा प्रहरी निरीक्षकमा भर्ना भएको १८ वर्ष पुग्दा बल्ल डीएसपी हुनुपर्ने अवस्था सशस्त्र प्रहरीमा छ। गत असार १६ गते ५६ जना इन्स्पेक्टरहरु सेवा प्रवेश गरेको १६ वर्षसम्म बल्ल डीएसपीमा बढुवा भएका थिए। तर उनीहरुसँगै भर्ना भएकाहरु अझै बढुवा हुन सकेका छैनन्।

माथिल्ला पदहरुमा हुने बढुवाको जाम र आवश्यक जनशक्तिलाई मध्यनजर गरेर दरबन्दी थपको प्रस्ताव गरिएको सशस्त्रका एक उच्च अधिकारीले नेपाल लाइभलाई बताए। 

सात महिनादेखि हुन सकेन डीआईजी बढुवा
गत वैशाख १८ गते राजु अर्याल सशस्त्र प्रहरी प्रमुख (आईजी) मा बढुवा भएपछि डीआईजी पद रिक्त हुन सुरु गरेको थियो। उनीसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम एआईजीमा बढुवा भएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भयो। 

त्यसपछि एआईजीको दरबन्दी थप गर्दै गत भदौ ६ गते वंशीराज दाहाललाई एआईजीमा बढुवा गरेपछि चार डीआईजीको दरबन्दी सशस्त्रमा रिक्त भएको थियो। तर अहिलेसम्म डीआईजी बढुवाको प्रक्रिया अघि बढ्न सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यसबारे जिज्ञासा राख्दा सशस्त्र हेडक्वाटरले भने प्रस्ताव गरेर पठाइएको दरबन्दी स्वीकृत भएर आएपछि बढुवा प्रक्रिया अघि बढाइने बतायो। 

सिं सं. १ दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारीलगायत डीआईजी बढुवाका प्रतिस्पर्धी छन्। उनीहरुलाई समेत उछिनेर सि सं. २ का दीपेन्द्र कुँवर समेत डीआईजी बढुवाको दाउमा छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार कुँवर बढुवाका लागि अयोग्य भएपछि सरकारले नियमावली नै संशोधन गरेर बढुवा गरेको थियो। एसपी भएको ४ वर्ष पूरा भएपछि बल्ल एसएसपी हुने प्रावधानलाई संशोधन गरेर ३ वर्षमा झार्दै कुँवरसहित १४ जनालाई गत साउन ६ गते कामु एसएसपीबाट कन्फर्म एसएसपी बनाइएको थियो। ११औं नम्बरमा रहेका कुँवर बढुवामा छलाङ मार्दै पहिलो नम्बरमा आएका थिए। उनै कुँवरलाई बढुवा गर्नका लागि डीआईजी बढुवा रोकिएको स्रोतको दावी छ। 

सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ। तर कुँवर भने स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए। उनै कुँवरलाई स्टाफ कलेज पास गर्नका लागि गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपस्थितिविना नै परीक्षा लिएर पास गराइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोचक त के भने एसपीकै कार्यसम्पादन मूल्यांकन (कासमू)ले कुँवर डीआईजी हुने अवस्था आउँछ। हरेक वर्ष साउन ६ गतेदेखि असोज २२ गतेसम्म प्रहरीको कासमू विवरण भर्ने र संकलन गर्ने गरिन्छ। 

बढुवाका लागि पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने प्रावधान छ। साउनमा कन्फर्म एसएसपी भएका कुँवरको भने पछिल्लो तीन वर्षको कार्य सम्पादन मूल्यांकन हेर्दा उनको एसएसपीको कार्य सम्पादन मूल्यांकन हुँदैन।

असारमै कन्फर्म एसएसपीमा बढुवा भएको भए उनको पछिल्लो वर्षको कार्य सम्पादन मूल्यांकन एसएसपीको हुन्थ्यो। जसकारण रिक्त रहेको डीआईजी पदमा कुँवर बढुवा भएको अवस्थामा सशस्त्र प्रहरीको इतिहासमै पहिलो पटक एसपीको कासमूले डीआईजी बढुवा हुने उनी भाग्यमानी ठहरिनेछन्।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्