• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रमा ४२ सय दरबन्दी थप्ने प्रस्ताव, ७ महिनादेखि ४ डीआईजी पद रिक्त हुँदा हुन सकेन बढुवा

64x64
नारायण अधिकारी बुधबार, मंसिर २८, २०७९  ०६:५३
1140x725

काठमाडौं- जनशक्ति अभाव देखाउँदै सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ। वर्षेनी बोर्डर आउट पोस्ट (बीओपी) र विभिन्न युनिटहरु थपिँदै जाने तर जनशक्ति भने थप नहुँदा समस्या हुने गरेको भन्दै सशस्त्रले दरबन्दी थपको प्रस्ताव अघि बढाएको हो। 

सशस्त्र हेडक्वाटर हल्चोकले सशस्त्रका युनिटहरु र त्यहाँ हुनुपर्ने जनशक्तिबारे अध्ययन गरेको थियो। सो क्रममा अहिलेकै युनिटहरुका लागि ६ हजार ५ सयभन्दा बढी दरबन्दी आवश्यक रहेको औंल्याइएको थियो। आवश्यक रहेको सबै दरबन्दी एकै पटक थप गर्न गाह्रो हुने भन्दै ४ हजार २ सय दरबन्दी तत्काल थप गर्न सशस्त्र हेडक्वाटरले प्रक्रिया अघि बढाएको छ। 

सशस्त्र हेडक्वाटर स्रोतका अनुसार करिब एक महिनाअघि नै ४ हजार २ सय दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गृहमा पठाइसकिएको छ। गृहले उक्त प्रस्तावमा सहमति जनाउँदै प्रक्रिया समेत अघि बढाएको छ। गृहबाट दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको गृह स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

दरबन्दी थपको विषयलाई सशस्त्र हेडक्वाटरले वृत्ति विकासको रुपमा समेत लिएको छ। सशस्त्र प्रहरी निरीक्षकमा ठूलो संख्यामा भर्ना हुने तर माथिल्लो पदको दरबन्दी भने न्यून हुँदा वृत्ति विकासमै असर परेकाले माथिल्लो पदहरुको दरबन्दी पनि थप गर्नुपर्ने सशस्त्र प्रहरीको राय छ।

माथिल्लो पदको दरबन्दी कम हुँदा प्रहरी निरीक्षकमा भर्ना भएको १८ वर्ष पुग्दा बल्ल डीएसपी हुनुपर्ने अवस्था सशस्त्र प्रहरीमा छ। गत असार १६ गते ५६ जना इन्स्पेक्टरहरु सेवा प्रवेश गरेको १६ वर्षसम्म बल्ल डीएसपीमा बढुवा भएका थिए। तर उनीहरुसँगै भर्ना भएकाहरु अझै बढुवा हुन सकेका छैनन्।

माथिल्ला पदहरुमा हुने बढुवाको जाम र आवश्यक जनशक्तिलाई मध्यनजर गरेर दरबन्दी थपको प्रस्ताव गरिएको सशस्त्रका एक उच्च अधिकारीले नेपाल लाइभलाई बताए। 

सात महिनादेखि हुन सकेन डीआईजी बढुवा
गत वैशाख १८ गते राजु अर्याल सशस्त्र प्रहरी प्रमुख (आईजी) मा बढुवा भएपछि डीआईजी पद रिक्त हुन सुरु गरेको थियो। उनीसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम एआईजीमा बढुवा भएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भयो। 

त्यसपछि एआईजीको दरबन्दी थप गर्दै गत भदौ ६ गते वंशीराज दाहाललाई एआईजीमा बढुवा गरेपछि चार डीआईजीको दरबन्दी सशस्त्रमा रिक्त भएको थियो। तर अहिलेसम्म डीआईजी बढुवाको प्रक्रिया अघि बढ्न सकेको छैन।

Ncell 2
Ncell 2

यसबारे जिज्ञासा राख्दा सशस्त्र हेडक्वाटरले भने प्रस्ताव गरेर पठाइएको दरबन्दी स्वीकृत भएर आएपछि बढुवा प्रक्रिया अघि बढाइने बतायो। 

सिं सं. १ दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारीलगायत डीआईजी बढुवाका प्रतिस्पर्धी छन्। उनीहरुलाई समेत उछिनेर सि सं. २ का दीपेन्द्र कुँवर समेत डीआईजी बढुवाको दाउमा छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार कुँवर बढुवाका लागि अयोग्य भएपछि सरकारले नियमावली नै संशोधन गरेर बढुवा गरेको थियो। एसपी भएको ४ वर्ष पूरा भएपछि बल्ल एसएसपी हुने प्रावधानलाई संशोधन गरेर ३ वर्षमा झार्दै कुँवरसहित १४ जनालाई गत साउन ६ गते कामु एसएसपीबाट कन्फर्म एसएसपी बनाइएको थियो। ११औं नम्बरमा रहेका कुँवर बढुवामा छलाङ मार्दै पहिलो नम्बरमा आएका थिए। उनै कुँवरलाई बढुवा गर्नका लागि डीआईजी बढुवा रोकिएको स्रोतको दावी छ। 

सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ। तर कुँवर भने स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए। उनै कुँवरलाई स्टाफ कलेज पास गर्नका लागि गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपस्थितिविना नै परीक्षा लिएर पास गराइएको थियो।

रोचक त के भने एसपीकै कार्यसम्पादन मूल्यांकन (कासमू)ले कुँवर डीआईजी हुने अवस्था आउँछ। हरेक वर्ष साउन ६ गतेदेखि असोज २२ गतेसम्म प्रहरीको कासमू विवरण भर्ने र संकलन गर्ने गरिन्छ। 

बढुवाका लागि पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने प्रावधान छ। साउनमा कन्फर्म एसएसपी भएका कुँवरको भने पछिल्लो तीन वर्षको कार्य सम्पादन मूल्यांकन हेर्दा उनको एसएसपीको कार्य सम्पादन मूल्यांकन हुँदैन।

असारमै कन्फर्म एसएसपीमा बढुवा भएको भए उनको पछिल्लो वर्षको कार्य सम्पादन मूल्यांकन एसएसपीको हुन्थ्यो। जसकारण रिक्त रहेको डीआईजी पदमा कुँवर बढुवा भएको अवस्थामा सशस्त्र प्रहरीको इतिहासमै पहिलो पटक एसपीको कासमूले डीआईजी बढुवा हुने उनी भाग्यमानी ठहरिनेछन्।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्