• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

सत्ताका लागि ‘सबथोक’ नगर

64x64
नेपाल लाइभ सोमबार, मंसिर २६, २०७९  १६:४०
1140x725

निर्वाचनमा जानुअघि आफूहरुकै बलियो बहुमत आउने र सत्ताको हालिमुहाली आफैंसँग राख्ने सोच सत्ता गठबन्धन आबद्ध दलका नेताहरुको थियो। तर, मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजा उनीहरुले सोचेअनुरुप भएन। बहुमतनजिक पुगे पनि सरकार गठनको लागि पर्याप्त जनमत पाएनन्। योसँगै उनीहरुलाई थप केही साना दल गठबन्धनमा भित्र्याउनुपर्ने बाध्यता आइलागेको छ। त्यसका लागि सत्ता गठबन्धनका नेताहरु तीव्र भेटघाटमा छन्। सरकार गठनको लागि अहिलेका सत्ताधारी दलहरुलाई साना दल फकाउनुपर्ने बाध्यता जति छ, साना दलहरुलाई बार्गेनिङ गर्ने र आफ्ना माग-मुद्दा सम्बोधन गराउने अवसर पनि उत्तिकै प्राप्त भएको छ।

गठबन्धनले आँखा लगाएको दलमध्ये एक हो, नागरिक उन्मुक्ति पार्टी। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीको अग्रसरतामा खुलेको र उनकै श्रीमती रञ्जिता श्रेष्ठले औपचारिक नेतृत्व गरिरहेको दल नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयत्न चलिरहेको छ। चौधरीलाई गठबन्धनका नेताहरुले जेलमै पनि भेटिसकेका छन्। तर, उनी लगायतको रिहाइलाई मुख्य माग बनाइएका कारण सत्ता गठबन्धन अप्ठ्यारोमा परिरहेको छ।

प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीकै नाममा विजयी भएका ३ जना र स्वतन्त्र उम्मेदवारका रुपमा रेशमका पिता लालवीर चौधरी (बर्दिया- २ बाट) विजयी भएका छन्। चौधरी सोही पार्टी प्रवेश गर्ने निश्चित प्रायः भएकाले सो पार्टीसँग ४ सांसद हुनेछन्। प्रतिनिधि सभामा मात्रै होइन, मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व छ। यो पार्टीलाई साथमा लिनसक्दा संघीय सरकारदेखि प्रदेश सरकारसम्मै सत्ता गठबन्धनलाई सरकार बनाउन सहयोग पुग्नसक्छ।

यही पृष्ठभूमिमा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌मा सहभागी एक मन्त्रीका अनुसार, अध्यादेशको मुख्य अभिप्राय कतिपय राजनीतिक दलमा संलग्न रहेर गरिएका आपराधिक गतिविधिका कारण जेल सजाय भोगिरहेका कैदीबन्दीलाई रिहाइ गर्ने हो। यद्यपि, अध्यादेशको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। मन्त्रिपरिषद्को निर्णय राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुनै बाँकी छ। त्यसपछि मात्रै अध्यादेशका विस्तृत लक्ष्यहरु थप प्रष्ट हुनेछन्।

रेशम चौधरीको कसुर कति राजनीतिक विद्रोहको स्वाभाविक घटना हो, कति आपराधिक कसुर हो भन्ने विषयमा मत विभाजित छ। त्यसमा बेलाबखत बहस पनि हुने गरेका छन्। चौधरी स्वयम्, नागरिक उन्मुक्ति पार्टी र कतिपय अन्य सरोकारवालाहरुले सो घटनालाई राजनीतिक भन्ने गरेका छन्। तर अहिलेसम्मको विवरण अनुसार, सात वर्ष पुरानो टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक सहित नेपाल प्रहरीका ५, सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो। त्यसविरुद्ध सरकारले खोजेको कानुनी उपचारका क्रममा रेशम चौधरी लगायतले कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलबाट दोषी ठहर भइ जेल सजाय भोगिरहेका छन्। यसमध्ये रेशमले पुनरावेदन गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

Ncell 2
Ncell 2
nimb
nimb

निश्चित प्रकृतिका अपराधमा दोषी ठहर भएकाहरुलाई कुनै पनि कानुनद्वारा माफी दिन सकिँदैन। सोही कारण विगतका सरकारले गरेका कतिपय सहमति पनि कार्यान्वयन गर्न सकेको थिएन। जसकारण रेशम चौधरी लगायतका नेताहरु रिहाइ हुन सकेका थिएनन्। यही पृष्ठभूमिमा सरकारले अध्यादेशको जुक्ति लगाएको देखिन्छ। अब रेशम चौधरी लगायतका टीकापुर घटनामा संलग्न भनिएकाहरु मात्रै होइनन्,  सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता पनि रिहाइ हुन सक्छन्। अध्यादेशको संशोधनले थप व्यक्तिलाई पनि लाभ पुग्न सक्ला, जसबारे पछि पनि बहस हुने नै छ। नागरिक उन्मुक्ति पार्टी जस्तै जनमत पार्टीलाई पनि सत्ता गठबन्धनको अंग बनाउने प्रयत्न गठबन्धन आबद्ध दलहरुको छ।

सरकारले ल्याएको यो अध्यादेश प्रक्रियाको हिसाबले पनि गलत छ। नियतको हिसाबले पनि गलत छ। निर्वाचन सम्पन्न भइसकेको परिप्रेक्ष्यमा सिद्धान्ततः अर्को सरकारलाई सत्ता हस्तान्तरण गर्ने दिन कुरिरहेको सरकार हो, यो। त्यसैले यो सरकारको गतिविधि र निर्णय एकदमै सीमित हुन जरुरी हुन्छ। कानुनका जानकारहरुले पनि यस्तो सरकारले दूरगामी असर पार्ने गरी अध्यादेश ल्याएर मौजुदा कानुन संशोधन गर्न नसक्ने टिप्पणी गरेका छन्। त्यसमाथि कानुन बनाउनकै लागि नयाँ संसद् आउँदै गरेको अवस्थामा सरकारले नै कानुन ल्याउने कुरा बलमिच्याइँ हो। आपत्कालीन स्थितिमा अध्यादेश ल्याउन पाउने अधिकारको दुरुपयोगको आलोचना हुनु स्वाभाविक हुनजान्छ। निश्चित स्वार्थ केन्द्रित र निश्चित व्यक्तिलाई लाभ पुर्‍याउने सोच केन्द्रित अध्यादेश आउनु त संवैधानिक परिकल्पनाकै विरुद्धमा छ।

बृहत् बहस र आम स्वीकारोक्तिका कारण सरकारले राजनीतिक पार्टी आबद्ध कैदीबन्दी रिहाइ हुने गरी अध्यादेश ल्याउने निर्णय गरेको भए विवाद कम हुन्थ्यो होला। जेल सजाय भोगिरहेकाहरुमाथि अन्याय नै भइरहेको र उनीहरु संलग्न घटना राजनीतिक नै हो भन्ने पत्यारपूर्ण परिस्थिति निर्माण भएको भए पनि परिस्थिति भिन्न हुनसक्थ्यो। त्यति हुँदाहुँदै पनि कानुनी व्यवस्था गर्ने जिम्मेवारी संसद्‌को हो। नयाँ संसद्‌मा त्यस किसिमको विधेयक लैजाने र नवनिर्वाचित संसद्/सांसदले त्यसको अपनत्व लिने परिस्थिति बनेको भए यो प्रक्रिया सुल्टो बाटोमा हिँडेको ठहर हुन जान्थ्यो। तर त्यस्तो भएको छैन। बरु सरकारको हतारमा गरेको यो निर्णय अल्पकालीन स्वार्थकेन्द्रित छ। गलत नियतले अभिप्रेरित छ। यसको एउटै स्वार्थ छ, आगामी सरकार पनि सत्ता गठबन्धनकै बनोस्, देउवाकै नेतृत्वमा बनोस् र बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहयोगी बनून्। अध्यादेशको केन्द्रीय उद्देश्य यति मात्रै देखिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा जान र टिकिरहन अपनाएका कैयौँ शैलीले २०५२ सालदेखि नै विवाद निम्त्याएका छन्। यसबीचमा उनी पाँचपटक प्रधानमन्त्री भइसके र छैटौँ पटकका लागि प्रयत्न गरिरहेका छन्। तर, आफ्नो शैलीमा थोरै पनि सुधार गर्न चाहेको जस्तो देखिँदैन। विवाद भैरहोस्, तर प्रधानमन्त्रीको कुर्सीमा आफैं पुग्नुपर्छ, टिक्नुपर्छ भन्ने सिद्धान्त छाडेका छैनन्। यो अध्यादेश प्रकरण थप एउटा सन्दर्भ मात्रै हो। कानुन बनाउने संसद् र न्याय निरुपण गर्ने अदालतको कार्यभार कामचलाउ सरकारले मिच्न खोज्नु विधिको शासनका निम्ति दुर्भाग्यपूर्ण परिस्थिति हो।

देउवाले जवाफदेही हुनुपर्ने थप विषय पनि छन्। विगत केही दशकदेखि राजनीति र अपराधको मिसमास हुँदा राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले प्रोत्साहन पाइरहेको थियो। उसै पनि जति अपराध गरे पनि कुनै पार्टीको छहारी पाएपछि सजाय हुँदैन भन्ने मान्यता स्थापित छ। त्यो देखिएकै पनि छ। सत्ता-यात्रालाई सुगम बनाउने कुत्सित उद्देश्य पूर्तिका लागि अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेकाहरुलाई रिहाइ गर्ने अध्यादेश ल्याउने निर्णयले सोही प्रवृत्तिलाई मद्दत त पुर्‍याउँदैन? कानुनी शासनको जग त भत्काउँदैन?

मानौँ, अध्यादेशबाट लाभ पाएर रेशम चौधरी लगायतका नेताहरु छुट्लान्। अनि देउवाकै नेतृत्वमा सरकार पनि बन्ला। तर गठन हुने बेलामै बाटो बिराएको सरकारबाट भविष्यमा कसरी सुशासनको अपेक्षा गर्ने? सुशासनमै ढुक्क हुन नसकिने सरकारबाट बाँकी सुधार र प्रतिफलको अपेक्षा कसरी गर्ने? त्यसैले फेरि पनि प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री देउवाले गरिरहेको मनोमानी खारेजयोग्य छ। अध्यादेश फिर्ता गरेर मात्रै यो मनोमानी सच्याउन सकिन्छ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १६:४०
  • #अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्