बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक डडेलधुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय तेजबहादुर साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
शुक्रबार बिहान ४:३० बजे से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डङ्सेली भन्ने स्थानमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप सडकबाट करिब १५० मिटर तल खसेको छ।
जिपमा चालक बाहेक अरु कोही पनि नभएको प्रहरीले जनाइएको छ। डडेलधुराको अनारखोलीबाट बैतडीको डङ्सेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।