काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। निर्वाचन समीक्षा लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले प्रतिनिधि तथा प्रदेश सभाका समानुपातिक सदस्यको टुंगो पनि लगाउने छ। राप्रपाले प्रतिनिधि सभामा समानुपातिकतर्फ ७ सिट पाएको छ। यस्तै, सातै प्रदेशमा गरेर प्रदेश सभातर्फ १७ सिट पाएको छ।
बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए।
निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै समानुपातिकतर्फका सांसदको नाम पठाउन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।