काठमाडौं– स्पेनिस फुटबल संघले स्पेन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा लुइस फुइन्टेलाई नियक्त गरेको छ।
लुइस एनरिकेले बिहीबार राजीनामा दिएपछि उनको स्थानमा केही समयपछि नै नयाँ प्रशिक्षकको रूपमा फुइन्टेलाई नियुक्त गरिएको हो।
कतारमा जारी विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि एनरिकेले नैतिकताका आधारमा राजीनामा हुन्।
नयाँ प्रशिक्षक फुइन्टेले यसअघि स्नेको यू–१९, २१ र २३ गरी तीनवटा युवा राष्ट्रिय टोली सम्हालिसकेका छन्।
साथै, उनले एथ्लेटिक बिल्बाओ, सेभिल्ला, डेपोर्टिभो अल्भेजजस्ता ला–लिगाका क्लबमा प्रशिक्षण दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।